Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

‘आन्दोलन बिथोल्न भाडाका टट्टु प्रयोग गरियो’

२८ कात्तिक, काठमाडौं । न्यायालय शुद्धीकरणका लागि भन्दै आन्दोलनरत कानुन व्यवसायीहरूले आन्दोलन बिथोल्न ‘भाडाका टट्टु’ प्रयोग गरिएको बताएका छन्...

२८ कात्तिक, काठमाडौं । न्यायालय शुद्धीकरणका लागि भन्दै आन्दोलनरत कानुन व्यवसायीहरूले आन्दोलन बिथोल्न ‘भाडाका टट्टु’ प्रयोग गरिएको बताएका छन् । आन्दोलन बिथोल्ने उद्देश्यले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नै आफ्ना समर्थकहरूलाई प्रदर्शनमा उतारेको उनीहरूको भनाइ छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतभित्र प्रदर्शन गरिरहेको बेला जबराका समर्थकहरूले बाहिर सडकमा भेला भएर विरोध जनाएका थिए ।

राष्ट्रिय झण्डासहित मोटरसाइकलमा आएको समूहले ‘न्याय रोक्न पाइँदैन’ भन्दै नारा लगाएको थियो । त्यसपछि सर्वोच्च परिसरभित्र रहेका कानुन व्यवसायीहरूले झन् चर्को आवाजमा प्रधान्यायाधीशको राजीनामा माग्दै नारा लगाएका थिए । उनीहरूले बिचौलियाहरू होस् गर भन्दै नारा पनि लगाएका थिए । दुई समूह आपसमा बाझाबाझ गर्न थालेपछि प्रहरी टोलीले रोकेको थियो ।

आइतबारको धर्नालाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबरा प्रधानन्यायाधीशका रूपमा रहेसम्म बारको आन्दोलन र धर्ना जारी रहने बताए । जबराका समर्थकहरूलाई ‘तिमीहरूको केही लाग्दैन’ भन्दै उनले घर जान आग्रह गरेका थिए ।

नेपाल बारका महासचिव लीलामणि पौड्यालले जबराका समर्थकहरूलाई ‘भाडाका टट्टु’ भन्दै ‘थानकोट कटाइदिने’ चेतावनी दिए । महासचिव पौड्यालले भने, ‘भाडाका टट्टुहरू, घुसका पैसा खानेहरू खबरदार ! तिमीहरूलाई माइतीघरबाट मात्र होइन थानकोटबाट पनि हटाउन सकिन्छ, ख्याल गर ।’

नेपाल बारका उपाध्यक्ष ईश्वरी भट्टराईले राष्ट्रिय झण्डाको दुरुपयोग गर्दै दैनिक दुई हजार रुपैयाँ दिएर भाडाका मानिस परिचालित गरिएको दाबी गरे ।

यसैगरी नेपाल मानव अधिकार आयोगकी पूर्वसदस्य एवम् अधिवक्ता मोहना अन्सारीले प्रधानन्यायाधीश जबराले हुल्याहाहरू पठाएर भड्काउन खोजेको बताइन् । ‘शान्तिपूर्ण आन्दोलनलाई जसरी प्रधानन्यायाधीशले विभिन्न माध्यमबाट बदनाम गर्ने गतिविधि गर्दै हुनुहुन्छ नेपाल बार कदापी विचलित हुनेछैन,’ उनले भनिन् ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content