अजय यादव वियोगी
कलैया, बारा
"बाराको कलैया उपमहानगरपालिका -१६ मनहर्वामा कृषि बजारको उद्घघाटन समारोह सम्पन्न "
कृषि उत्पादन बढाअौँ अात्म निर्भर बनौं भन्ने मूल नाराका साथ कलैया उपमहानगरपालिका -१६ मनहर्वामा विधानगर कृषि बजार श्रीपुर चिनीमिलमा समुदघाटन समारोह सम्पन्न भएको छ ।रिलायन्स सुगर चिनीमिलका उखु शाखाका महाप्रबन्धक एवम् विधानगर कृषि बजार श्रीपुर चिनीमिल व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल प्रसाद कुशवाहा अध्यक्ष्ातामा भएको उद्घघाटन समारोहका प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका मेयर विनोद साह रहनु भएको थियो ।विशिष्ट अतिथिमा जसपा बाराका नेता शिवनाथ पटेल रहनु भएको थियो ।कृषि उत्पादन बढाउन किसानलाई प्रोत्साहन बढाउनको लागि विधानगर कृषि बजार श्रीपुर चिनिमिल व्यवस्थापन समिति कलैया -१६ को अायोजनामा उक्त बजार लगाईएको अायोजक संस्थाका वडा जनप्रतिनिधि हरिनारायण प्रसाद कुशवाहाले बताउनुभयो ।उद्घघाटन समारोहमा बाराका अधिकाँशको किसानहरुको सहभागिता रहेको हो ।समाजसेवी, बुद्धिजीवी ,पत्रकार ,जनप्रतिनिधि अन्य सर्वसाधारण जनता उल्लेख मात्रामा सहभागिता रहेको थियो ।कलैया उपमहानगरपालिकाका मेयर एवम् प्रमुख अतिथि विनोद साहले बारालाई कृषिमा अात्म निर्भर बनाउनको लागि ठाउँ -ठाउँमा यस्तो मेला लगाउन जरुर रहेको बताउनुभयो ।कृषि मेलाले किसान मनोबल बढनुको साथै कृषि उत्पादन प्रचारप्रसार समेत हुने भएको यस्तो सराहनीय कार्य जारी राख्नुपर्ने अावश्यकता भएको बताउनुभयो ।यस्तै विशिष्ट अतिथि जसपाका नेता शिवनाथ पटेल पनि कृषि मेला अासपासका जनता हर्षित भएको जनता हरेक काम हामीहरुले साथ दिदै अाएको सम्झना गर्दै चिनिमिल एरियामा मात्र नभई बाराको कलैया उपमहानगरपालिकामा किसानको पहँुच सहज र सरल होस भनेर यस्तो प्रचारात्मक कार्यक्रम भएको पनि वहाँले बताउनुभयो ।कार्यक्रममा अन्य वक्ताहरुले किसानको मुद्दाको बारेमा चर्चा गरेका थिए ।कार्यक्रमलाई झन् राम्रो बनाउनको लागि कलाकार प्रिति पासवानलाई पनि बोलाईएको अायोजकले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन् ।प्रिति पासवानको कार्यक्रम हेर्ने धेरै संख्यामा दर्शकको उपस्थिति भएको हाम्रा सिम्रौनगढ संवाददाता कृष्णा गुप्ताले बताउनुभयो ।कृषि मेलामा सयौंको संख्यामा किसानले अाफ्ना सामान लिएर स्टलमा राखेको सबैको रेखदेख मेला समितिले गरिरहेको रिलायन्स चिनीमिल उखु महाशाखा प्रबन्धक एवम् विधानगर कृषि श्रीपुर चिनिमिल व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल प्रसाद कुशवाहाले बताउनुभयो ।किसानको घरदैलोमा संदेश पुगाउनको निम्ति यस्तो कृषि मेलाको अायोजना गरिएको र सकारात्मक संदेशको अपेक्षा गरिएको पनि मेला अध्यक्ष कुशवाहाले बताउनुभयो ।सामाजिक कार्यमा उल्लेखनीय योगदान दिनु भएको कुशवाहाको चर्चा जिल्लामा हुँदै अाएको छ ।यस्तो अथक मेहनत गरेर कृषि झन् नाम कमाउन सफल भएको विधानगरका स्थानीयबासीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।कृषि मेला बारा ,पर्सा र रौतहटको किसान समेत पुगेका छन् ।किसानको समस्या बुझ्न प्राविधिक ,जेटिए तथा कृषिविज्ञ पनि बजार खटाईएको र स्टल मार्फत किसानलाई उत्पादन कसरी बढाउने भन्ने विषयमा व्रिफ्रिङ्ग पनि दिईरहेको अायोजकले बताएका छन् ।
प्रतिक्रिया