Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

सन् २१०० सम्ममा उष्णकटिबन्धीय क्षेत्रमा वर्षमा आधा अवधिसम्म ‘खतरनाक’ गर्मी हुने : अध्ययन

पेरिस। मानव जातिले जलवायु परिवर्तनको लक्ष्य हासिल गर्न सफल भए पनि सन् २१०० सम्ममा उष्णकटिबन्धीय क्षेत्रका लाखौँ मानिस आधा वर्षसम्म खतरनाक ग...

पेरिस। मानव जातिले जलवायु परिवर्तनको लक्ष्य हासिल गर्न सफल भए पनि सन् २१०० सम्ममा उष्णकटिबन्धीय क्षेत्रका लाखौँ मानिस आधा वर्षसम्म खतरनाक गर्मीको चपेटामा पर्नसक्ने अनुसन्धानकर्ताहरूले बिहीबार चेतावनी दिएका छन् ।

सम्भवतः विश्वले ती लक्ष्यहरू गुमाउनेछ र यस शताब्दीको अन्त्यसम्ममा उष्णकटिबनधीय क्षेत्रका मानिसहरूलाई प्रत्येक सामान्य वर्षको अधिकांश दिन हानिकारक तापक्रमको अधिनमा राखिनेछ, अध्ययन रिपोर्टमा भनिएको छ ।

यदि उत्सर्जन नियन्त्रण गरिएन भने, यी क्षेत्रहरूमा ठूलो सङ्ख्यामा मानिसहरूले अत्यधिक गर्मीको सम्भावित ‘भयानक’ अवधिको सामना गर्न सक्छन् ।

हार्वर्ड युनिभर्सिटीका प्रमुख लेखक लुकास भार्गास जेपेटेलोले भन्नुभयो, “यदि हामीले एकसाथ काम गर्न सकेनौँ भने अर्बौँ मानिस वास्तवमै यी अत्यन्तै खतरनाक तापक्रमको चपेटामा पर्नेछन् जुन हामीले आधारभूत रूपमा देखेका छैनौँ ।

जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी हुने गरेको र यसले मानव स्वास्थ्य, वन्यजन्तु र बालीनालीको उत्पादनलाई खतरामा पारिरहेको छ ।

अधिकांश जलवायु अनुमानहरूले विभिन्न नीति परिदृश्यहरूअन्तर्गत तापमान वृद्धिको भविष्यवाणी गर्दछ, तर ती मार्गहरूमध्ये कुन बढी सम्भावना छ भनेर बताउँदैन ।

‘कम्युनिकेशन अर्थ एन्ड इन्भाइरोमेन्ट जर्नल’मा प्रकाशित यस अध्ययनमा अनुसन्धानकर्ताहरूले खतरनाक गर्मी र आर्द्रताको सम्भावित जोखिमको अनुमान गरेका छन् ।

उनीहरूले मानव गतिविधिबाट कार्बन डाइअक्साइड उत्सर्जनको स्तर र विश्वव्यापी तापक्रम वृद्धिको परिणामीस्तरको भविष्यवाणी गर्न साङ्ख्यिकीय अनुमानहरू प्रयोग गरेका छन् ।

अध्ययनअनुसार उष्णकटिबन्धीय क्षेत्रका धेरै मानिसहरूले शताब्दीको अन्तसम्म आधा वर्षका लागि खतरनाक गर्मीको स्तरको सामना गर्न सक्दछन्, यद्यपि विश्वले पेरिस जलवायु सम्झौताको लक्ष्यमा तापमान वृद्धिलाई दुई डिग्री सेल्सियसभन्दा कमको पूर्व औद्योगिक स्तरभन्दा माथि बढाउँदछ ।

उष्ण कटिबन्धीय क्षेत्रबाहिर घातक गर्मीको प्रकोप वार्षिक रूपमा हुने उनीहरूले बताएका छन् ।

अनुसन्धानकर्ताहरूले ३९ दशमलब ४ डिग्री सेल्सियस तापक्रमलाई ‘खतरा’ भनेका छन् भने ५१ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमलाई ‘अत्यन्तै खतरनाक’ र मानिसका लागि पूर्ण रूपमा असुरक्षित मानिएको बताएका छन् ।

जेपेटेलोले भन्नुभयो, “यो चरम गर्मीलाई मूल रूपमा पानीजहाजको बोइलर कोठा जस्तै तातोमा कोठाभित्र काम गर्ने मानिसहरूका लागि विकसित गरिएको थियो । यो बाहिरी कामका लागि विरलै अवलोकन गरिएको थियो ।”

अनुसन्धानकर्ताले जबसम्म उत्सर्जनमा गम्भीर कटौती हुँदैन, उप–सहारा अफ्रिका र भारत विशेष गरी जोखिममा रहेको जनाएका छन् शताब्दीको अन्त्यसम्ममा यो अवस्था आउने ठोकुवा गर्दै उष्णकटिबन्धीय क्षेत्रका केही भागहरूमा मानिसहरूले प्रत्येक वर्ष गर्मीको यो स्तरको अनुभव गर्ने बताएका छन् ।

“यो निकै डरलाग्दो कुरा हो,” उहाँले एएफपीसँग भन्नुभयो, “यस्तो अवस्थामा बाहिर हिँड्नु पनि खतरनाक हुन्छ ।”एएफपी


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content