स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

बाराको महागढीमाई नगरपालिका -७ बेनौलीमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय पिप्राढी ,बेनौलीको प्रधानाध्यापक युवा ज्ञानप्रकाश रौनियारले विधालयको अवस्था राम्रो बनाउने गरे प्रतिबद्धता "

SHARE:

अजय यादव वियोगी 
कलैया ,बारा ।
"बाराको महागढीमाई नगरपालिका -७ बेनौलीमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय पिप्राढी ,बेनौलीको प्रधानाध्यापकमा युवा ज्ञानप्रकाश रौनियारले विधालयको अवस्था राम्रो बनाउने गरे प्रतिबद्धता "
शिक्षा नै जीवन हो ,जीवनको तयारी होईन ,प्रसिद्ध शिक्षाविद् जोन डिवेले भनेका थिए।विधालयको अवस्था कस्तो छ ,कस्तो हुनुपर्ने सबै विधालयको हातामा गएपछि प्रष्ट हुने गर्दछ ।नेपालको शिक्षामा सुधार गर्न अनेकौं पटक सुधार गरेपनि स्थिति जेवतेव नै रहेको हो।विशेष गरि स्थानीय तहमा अाएपछि शिक्षाको अवस्था झन् नाजुक बन्न पुगेका छन्।भविष्यको तयारी नै शिक्षा हो भन्ने भनाइ प्रसिद्ध शिक्षाविद्  कान्टको हो ।तर अहिले यी यस्तै भनाई केवल उखानमा मात्र बन्न पुगेका छन्।कार्यान्वयन पक्ष फितलो बन्दै गएका छन्।तर अाशा  चाँहि रहिरहन्छ।यस्तै काँडाका बिच फुल फुलाउँछ अनि दुनियाँलाई बास्नायुक्त तुल्याउँछ।बाराको महागढीमाई नगरपालिका -७ बेनौलीमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय पिप्राढी ,बेनौलीको अवस्था बाहिरी भन्दा भित्र एकदमै बिगडेको हालै सार्वजनिक भएको छ।पुरानो विधालयको अवस्था यति नाजुक रहेको छ कि भन्न र लेख्न पनि असजिलो पनि जोसुकैले गर्न  सक्ने स्थिति बनेको हो ।महागढीमाई नगरपालिकामा ४० वटा सामुदायिक विधालय भएपनि ६ वटा माध्यमिक विधालय रहेका छन् ।विगत अरु मावि भन्दा पिप्राढी ,बेनौली माविको पढाई गुणस्तरयुक्त रहेको छ ।श्री गढीमाई राष्ट्रिय दैनिकको टिम विधालयमा पुग्दा विधालयमा खानेपानीको अभाव ,शौचालयको अभाव ,भएको शौचालय प्रयोगविहीन ,भौतिक भवन अभाव र बिधार्थीहरुको समस्या धेरै रहेको भएपनि विगतमा भएका टालटुल पार्ने मात्र भएको भएपनि कसैले चाँसो लिएका थिएन ।मावि विधालयको अवस्था यति  सम्म कसले पुर्याए भन्ने अावाज उठन थालेको स्थानीय अभिभावकहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताएका छन् ।यहीँ श्रावण १६ गते नयाँ प्रधानाध्यापकको रुपमा युवा शिक्षक ,सामाजिक अभियन्ता ,शिक्षाप्रति सधैं वफादार ,ईमानदार छविका ,चर्चित ज्ञानप्रकाश रौनियारलाई महागढीमाई नगरपालिकाले नियुक्त गरेका थिए।श्रावण २४ गते देखि नियमित पढाई सुरु भएको हो।नयाँ  प्रधानाध्यापक नियुक्त भएका यूवा  रौनियारको काँधमम सयौं काम गर्ने चुनौती थपि पनि उहाँले मुस्कुराहट  सहित सुधार्ने प्रतिबद्धता गरेका छन्।विधालयको अवस्था यति सम्म पुग्दा अाफै सुरुमा अात्म ग्लानी हुने गरेको भएपनि अाफू नेतृत्वदायी भूमिका नहुँदा भित्रभित्रै जल्न भएपनि अहिले प्रधानाध्यापक भएपछि केही गर्ने लक्ष्य बनाएको र केही महिनामा सबै सुधार गर्न लागि परेको समेत प्रधानाध्यापक ज्ञानप्रकाश रौनियारले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।प्रधानाध्यापक रौनियार वि.सं.२०७१ सालमा बाग्लुङ जिल्लाबाट शिक्षक पेशामा प्रवेश गरि करिब २ बर्ष सेवा गरेको, पहाडी जिल्ला लगायतको अनुभव बटुलेको समेत वहाँले बताउनुभयो ।बागलुङमा जति मैले देखेको छु ,त्यसको अाधा पनि अहिले मधेसतिरको विधालयमा नहुनुले कहि शंका उत्पन्न गरेको पनि प्रधानाध्यापक रौनियारले बताउनुभयो।अात्मानुभूति नै शिक्षा हो ,शंङ्कराचार्यले भनेको सोही अनुरुप अाफू सेवामा प्रवेश गरेदेखि ईमानदारीताका साथ अध्यापन गराउँदै अाएको अविच्चिन्न रुपले विधालयमा कार्यरत रहे सम्म गर्ने पनि प्रधानाध्यापक रौनियारले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।यति मात्र नभई सोनालाई जसरी अागोमा पोलेर गहना बनाएझै संघर्ष गर्दै बाग्लुङ्गपछि बारामा अाई पुगेको बताउनुभयो ।वि.सं.२०७३ सालमा बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -२ कवही गोठमा अध्यापन गराएको अनुभव समेत बटुलेको समेत वहाँले बताउनुभयो ।कवही गोठमा कार्यरत रहँदा उत्कृष्ट शिक्षकको रुपमा रहेर काम गरेको विभिन्न संघ ,संस्थाबाट सम्मानित भएको पनि प्रधानाध्यापक ज्ञानप्रकाश रौनियारले बताउनुभयो।मिलनसार स्वभावका प्रधानाध्यापक रौनियारको प्रभाव बिधार्थी अभिभावकमा मात्र नभई समाजमा पनि अलग ढंगले भएको सुवर्ण गाउँपालिकाबासीले बताएका छन् । अहिले महागढीमाई -७ पिप्राढी बेनौलीका प्रधानाध्यापक बनेका ज्ञानप्रकाश रौनियार अाफू जलि प्रकाश दिने शिक्षकको रुपमा रहेको जिल्लामा नै  नाम कमाएको युवा शिक्षकको रुपमा परिचित भएको बाराको सुवर्ण गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी एवम् यूवा नेता अशोककुमार यादवले बताउनुभयो। यता पिप्राढी ,बेनौली विधालयको अवस्था हेरेर कैयौंपटक अात्म ग्लानी गरेर बसेका ,मौका मिले एकदिने गरेर देखाउने सपना सजाएर बसेका ,समाजका भएका विकृति ,विसंगतिलाई शिक्षाको माध्यमबाट हटाउन सकिने ,शिक्षा  नै ठुलो हतियार भएको सधैं भन्ने युवा शिक्षक एवम् पिप्राढी बेनौली माध्यमिक विधालयका प्रधानाध्यापक ज्ञानप्रकाश रौनियारसँग बागलुङ र बारा जिल्लाको ज्ञान मात्र नभई रौतहटको प्रसिद्ध  शंकर गुदर माध्यमिक विधालयमा वि.सं.२०७५ सालमम गएको र करिब ३ बर्ष लामो अनुभव रहेका छन् ।२०७१ साल देखि २०७३ सम्म बागलुङ ,२०७३ देखि २०७५ सम्म बारा र २०७५ देखि २०७८ साल सम्म रौतहटमा कार्यरत रहेका प्रधानाध्यापक रौनियार २०७८ साल देखि बाराकै महागढीमाई नगरपालिका -७ पिप्राढी बेनौलीमा कार्यरत रहेका छन् ।रौतहटमा कार्यरत रहँदा समेत प्रधानाध्यापक रौनियारको चर्चा अधिक नै रहेको थियो।महागढीमाई नगरपालिका -२ बरियारपुर घर भएका प्रधानाध्यापक ज्ञान प्रकाश रौनियार कामले प्रख्यात रहेका छन्।भाग्य जे लेखेको त्यो कसैले टार नसक्ने पनि श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय पिप्राढी ,बेनौलीका प्रधानाध्यापक ज्ञानप्रकाश रौनियारले बताउनुभयो।अाफु डाक्टर बन्नेर सेवा दिने लक्ष्य राखे भएपनि विभिन्न परिस्थितिले शिक्षामा प्रवेश गरे अब शिक्षा क्षेत्रमा सुधार गरेर बारामा अधिकाँश प्रधानाध्यापक भएपनि अाफू अरु भन्दा पृथक ढंगले काम गरेर देखाउने लक्ष्य बनाएको समेत वहाँले बताउनुभयो।पिप्राढी ,बेनौली माध्यमिक पुराना विधालय मध्ये पर्छ।२०८० श्रावण १६ गतेबाट नयाँ  जिम्मेवारी मिलेको त्यो ईमानदारीताका साथ निभाउने प्रतिबद्धता  समेत  गरेको प्रधानाध्यापक ज्ञानप्रकाश रौनियारले बताउनुभयो।पिप्राढी ,बेनौली माध्यमिक विधालयमा २० जना शिक्षक ,शिक्षिका कार्यरत रहेका छन्।पिप्राढी बेनौली विधालय जिल्लामै उत्कृष्ट  विधालयको रुपमा रहेका छन्। विधालयमा १ हजार ६ सय बिधार्थी अध्ययनरत रहेको विधालय प्रशासनले जानकारी दिएका छन्।आफू स्वेच्छाले राजिनामा दिएको पुर्व प्रधानाध्यापक जितेन्द्र प्रसाद यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।यता  विधालयका पुर्व विधालय व्यवस्थापन समितिका अध्यक्ष राजदेव प्रसाद साहले विधालयमा अाफूले कक्षा १-३ सम्म अँग्रेजी माध्यम चलाएर बसालेको प्रणाली अन्त्य भएको खिन्न भएको बताउनुभयो ।चिन्तित हुँदै पुर्व व्यवस्थापन समिति अध्यक्ष साहले भने हामीले विधालयलाई चिटिक्क बनाएका थियौँ ,नियमित शौचालय सफा हुन्थ्यो ,विधालयको स्थिति राम्रो थियोे तर अाफु हटेपछि विधालयमा पंखाको अभाव सुनेर दुख लागेको बताउनुभयो ।विधालयमा पंखा अभावको  ,शौचालय प्रयोगविहिन ,छात्रामैत्री नभएको सार्वजनिक भएपछि पुर्व व्यवस्थापन समितिका साहले भने साह्रै दुखद कुरा हो हाम्रै पालामा जनजागरण यूवा क्लबबाट शौचालय र सयौं थान बेन्च दिएको पनि पुर्व व्यवस्थापन समितिका अध्यक्ष एवम् समाजसेवी साहले बताउनुभयो।चारकोठे भवन पनि अाफ्नो पालामा नै बनेको ,मठ र बजारको सम्पत्ति पनि  विधालयमा अाउने पनि निर्णय गरिएको भएपनि अहिले अोझेलमा परेको पनि समाजसेवी एवम् पुर्व अध्यक्ष राजदेव साहले बताउनुभयो ।विधालयको अाफ्नै २२ वटा   कोठा भाडा रहेको  सो रकम पनि विधालयमा अाउने गरेको  पनि पुर्व अध्यक्ष साहले बताउनुभयो।वडा नम्बर -७ का वडाध्यक्ष  शिवेन्द्र प्रताप सिँहले पनि विधालय स्थिति गम्भीर रहेको त्यसप्रति अाफू पनि गम्भीर रहेको बताउनुभयो ।विधालय सुधार गर्न अाफ्नो योजना समेत रहेको वडाध्यक सिँहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो  महागढीमाई नगरपालिकाकम शिक्षा शाखा रामविश्वास चौरसियाले सबै  विधालयको अवस्था पहिला भन्दा राम्रो बन्दै गएको पनि बताउनुभयो ।महागढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले विधालय प्रति अाफू अति संवेदनशील भएको चाँडै  नै ४० वटा विधालयमा अनुगमन गरेर सुधार गर्ने पनि श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।विधालय सुधार गर्न महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादव र उप मेयर तारा देवी कानुको ध्यानाकर्षण हुनु जरुरी रहेको पनि सरोकारवालाहरुले बताएका छन्। 


  


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: बाराको महागढीमाई नगरपालिका -७ बेनौलीमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय पिप्राढी ,बेनौलीको प्रधानाध्यापक युवा ज्ञानप्रकाश रौनियारले विधालयको अवस्था राम्रो बनाउने गरे प्रतिबद्धता "
बाराको महागढीमाई नगरपालिका -७ बेनौलीमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय पिप्राढी ,बेनौलीको प्रधानाध्यापक युवा ज्ञानप्रकाश रौनियारले विधालयको अवस्था राम्रो बनाउने गरे प्रतिबद्धता "
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj938XSvtW2Tg9jgpduj24RvePN4JlMwUAwCte-DY1iiuLvI5NMsLXcgt1Pa8KzTzWZ1_lKb0oBv1Y7yNkJtYws3GawUJnfu4LCj9R9y55A9XXHAK78_UYP-YgEmITLpBEPXQEGZnGCnt4S/s1600/IMG_ORG_1692423985483.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj938XSvtW2Tg9jgpduj24RvePN4JlMwUAwCte-DY1iiuLvI5NMsLXcgt1Pa8KzTzWZ1_lKb0oBv1Y7yNkJtYws3GawUJnfu4LCj9R9y55A9XXHAK78_UYP-YgEmITLpBEPXQEGZnGCnt4S/s72-c/IMG_ORG_1692423985483.jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2023/08/blog-post_39.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2023/08/blog-post_39.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content