श्री गढीमाई राष्ट्रिय दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

neelambads

यमनमा थप दुई महिना युद्धविराम, विश्व समुदायद्वारा स्वागत

955 SHARE:

एडेन, यमन। यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र हुथी लडाकू (मिलिसिया) ले युद्धग्रस्त अरब देशमा जारी राष्ट्रव्यापी युद्धविरामको समय थप गरिएकोमा विश्व समुदायले स्वागत गरेको छ ।

यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुण्डबर्गले मंगलबार यमनमा युद्धविरामको समय थप दुई महिना लम्बाइएको घोषणा गर्नुभएको थियो ।

“यमनी युद्धरत पक्षहरूले अगष्ट २ देखि अक्टोवर २ सम्म थप दुई महिनाका लागि सोही शर्तअनुसार यो सहमति जनाएका छन्,” मंगलबा ग्रुण्डबर्र्गले जारी गरेको वक्तब्यमा भनिएको छ ।

उक्त घोषणापछि, एडेनमा रहेको यमन सरकारले युद्धविराम सम्झौता विस्तारलाई स्वागत गरेको थियो । “यस युद्धको प्रमुख उद्देश्य हुथी मिलिशियाद्वारा सुरु भएको युद्धका कारण भएको रक्तपात रोक्नु, नागरिकहरूको स्वतन्त्रता कायम गर्नु र यमनभरि सामान तथा मानवीय सेवाहरू ओसारपसार गर्नु हो,” यमन सरकारले मंगलबार विदेश मन्त्रालयको वेबसाइटमा पोस्ट गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले सम्झौताको पूर्ण कार्यान्वयनलाई ध्यान दिने बताएको छ ।

त्यसैगरी, हुथी वार्ता प्रतिनिधिमण्डलका प्रमुख मोहम्मद अब्दुल–सलामले आफ्नो ट्वीटर अकाउन्टमा लख्नुभएको छ, “ओमानको सुल्तानेटमा लामो प्रयासपछि सम्झौता नवीकरण गरिएको छ ।”

उहाँले थप्नुभयो, “संयुक्त राष्ट्रसंघले पारिश्रमिक दिने, विमानस्थल र बन्दरगाह खोल्ने र नाकाबन्दीको अन्त्य गर्ने विषयमा संयुक्त राष्ट्रसंघको सघन कार्यको महत्वलाई हामी दोहो¥याएका छौँ, किनकि मानवीय मुद्दाहरु यमनी जनताको प्राकृतिक अधिकार हो ।”

संयुक्त राष्ट्रसंघले मध्यस्थता भएको यो युद्धविराम सम्झौता गत अप्रिल २ मा लागू भएको थियो भने मङ्गलबार सकिँदै थियो ।सिन्ह्वा


COMMENTS

 


thedesigners7
Name

news,1019,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,8,समाचार,7,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: यमनमा थप दुई महिना युद्धविराम, विश्व समुदायद्वारा स्वागत
यमनमा थप दुई महिना युद्धविराम, विश्व समुदायद्वारा स्वागत
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/08/blog-post_90.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/08/blog-post_90.html
true
8891381760893256154
UTF-8
अन्य अपडेटसहरु केही भेटिएन सबै हेर्नुहोस् विस्तृतमा पढ्नुहोस उत्तर Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy