सन्दिप प्रसाद यादव
कलैया ,बारा ।
१३ किलो अवैध लागू अौषध सहित मानिस प्रकाउ
बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर -३ धन्सारपुल नजिकै २०७९ /०३/०९ गते अन्दाजी ४:०० बजेको समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको ट्राफिक प्रहरीको टोलीले पुर्व पश्चिम राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गरि रहेको अवस्थामा पश्चिम तर्फबाट अाएको प्रदेश ३-२-०१० प ३४९३ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्न लाग्दा उक्त मोटरसाइकलमा सवार नाम थर ,वतन नखुलेको अन्दाजी बर्ष २८/३० कि महिला पिठ्युँमा बोकेको झोला सोही स्थानमा फाली जंगल तर्फ भागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।मोटरसाइकल चालक जिल्ला मकवानपुर बकैया गाउँपालिका वडा नम्बर -३ बस्ने धनबहादुर घिसिङका छोरा बर्ष ३१ को लालकाजी घिसिङले काँधमा भिरेको रातो रंगको कपडाको झोल तथा महिलाले फालेको झोला खोली हेर्दा दुवैमा १३ किलो बराबर अवैध लागू अौषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।प्रकाउ परेका लालकाजी घिसिङलाई अौषध गाँजा मुद्दामा सम्मानित बारा जिल्ला अदालत कलैयाबाट ५ दिनको म्यादको अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले बताउनुभयो ।
प्रतिक्रिया