अजय यादव वियोगी
कलैया ,बारा ।
"कलैया उपमहानगरपालिका -१२ धर्मनगरमा भव्यरुपमा भागवत कथावाचन हुदै "
श्रीमद्भागवत गीतामा ३ सय १८ अधयायहरु रहेका छन् ।यति धेरै मात्रामा रहेको अध्यायमा श्री कृष्णले बोलेका र गरेका अधिकाँश कामको चर्चा गरिएको छ।हिन्दुहरुको महान धार्मिक ग्रन्थ मध्ये श्रीमद्भागवत गीतालाई लिईन्छ ।बारा जिल्ला एेतिहासिक एवम् पुरातात्त्विक जिल्ला हो त्यसलै सधैंभरि बारामा केही न केही धार्मिक अनुष्ठान भईरह रहन्छ ।बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -१२ धर्मनगरका स्थानीयबासीको सहयोगमा यहीँ मंसिर १८ गतेदेखि भव्यरुपले श्रीमद्भागवत गीताको कथावाचन कार्यक्रम हुँदै अाएको छ ।स्थानीयबासीहरुको अार्थिक सहयोगमा धर्मनगरका स्थानीयले धार्मिक कथावाचन गराउन लागेको कथावाचनका मूल कमिटीले जानकारी दिएका छन् ।प्रत्येक साँझ ६:०० बजेदेखि राति १०:०० बजे सम्म भारतका ख्यातिप्राप्त कथावाचकद्वारा कथावाचन भईरहेको स्थानीयबासी सुनिल यादवले बताउनुभयो ।श्रीमद्भागवत कथावाचनका प्रमुख नेतृत्व अाचार्य पं.उमेश त्रिपाठीले गरेका छन् ।श्रीमद्भागवत गीताको पाठ श्रवण गरेपछि कसैले अकालमा मृत्युवरण गर्न नसक्ने र मोक्ष प्राप्त हुने अाचार्य पं.उमेश त्रिपाठीले बताउनुभयो ।बारामा मात्र नभई बिरगंज ,जनकपुर ,सर्लाही ,गौर लगायतको ठाउँमा कथावाचन गरिसकेको यसबाट हिन्दु धर्म अर्थात सनातन धर्म बचाउनमा सहयोग पुग्ने अाचार्य त्रिपाठीले बताउनुभयो ।सबेरै महिलाहरुको पूजापाठ गर्नका लागि घुईचो हुने गरेको सुन्दर कलिया देवी केशरीले बताईन ।हिन्दु महिलाको अास्था नै पूजापाठ हुने भएकाले यसलाई उत्सवको रुपमा लिएको स्थानीय महिला सुन्दर कलिया देवी केशरीले बताईन ।भजन सहित कथावाचनले सबै अान्नदित हुने गरेको धर्मनगरका स्थानीयबासीले बताएका छन् ।जननी जन्मभूमिश्च स्वर्गदपि गरियसी भन्ने भावना सबैमा प्रेरित भई रहोस् ।
प्रतिक्रिया