वीरगंज, ५ माघ ।
जनता समाजवादी पार्टी, पर्साको एउटा समूहले वीरगंजको घण्टाघरस्थित शहीद स्मारकमा र अर्को समूहले पोखरियामा बलिदानी दिवस मनाएको छ ।
वीरगंजमा आयोजित कार्यक्रममा सांसद प्रदीप यादवले राजधानी जनकपुर कायम गर्न ठूलठूला नेताहरूको हात रहेको बताए । उनले मुख्यमन्त्रीको घर फोडेर वीरगंज राजधानी नहुने बताए ।
यसैगरी जसपाका अर्को समूह पोखरियास्थित शहीद चन्दन पटेलको शालिकमा माल्यार्पण गरी बलिदानी दिवस मनाएको छ ।
प्रतिक्रिया