श्री गढीमाई राष्ट्रिय दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

neelambads

जनस्वास्थ्यको मापदण्ड पालना गरेर विद्यालय खोल्न अनुमति

955 SHARE:

५ माघ २०७८, बुधबार

महोत्तरी– महोत्तरीका स्थानीय सरकारले पूर्ण जिम्मेवारी लिएर सुरक्षित वातावरणमा पठनपाठन गराउन सके विद्यालय बन्द गर्न जरुरी नभएको निष्कर्ष निकालेका छन् । जिल्लाका सिमाना नजिकका पालिकाहरू सम्सी, जलेश्वर, मट्टीहानीजस्ता पालिकाहरूमा जोखिमका हिसाबले संवेदनशील भए पनि अन्य पालिकामा त्यति धेरै जोखिम नभएको स्थानीय सरकारहरूको दाबी छ ।

स्वास्थ्य मन्त्रालयवाट १५ माघसम्म पठनपाठन बन्द गर्नै पर्ने निर्देशन जारी भए पनि जिल्लाका कतिपय पालिकाहरूले त्यसलाई टेरेका छैनन् । गौशला नगरपालिकाले त कुनै पनि सिक्षण संस्था बन्द नगरी पठनपाठनलाई जारी राख्न निर्देशन दिइसकेको छ ।


'भने जति पाठयक्रम पनि नसकिएको र पटक–पटक बन्दले बालबालिकाको भविष्यमा नै प्रश्न चिन्ह खडा भइरहेकाले विद्यालय पठनपाठन सुचारु राख्ने निर्णय गरेका हौँ,' नगरपालिकाका नगरप्रमुख सिवनाथ महतोले भने ।

यता बर्दिबास नगरपालिकाले पनि कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै जनस्वास्थ्यको मापदण्ड पालना गरेर पठनपाठन सुचारु गर्न सक्ने निजी तथा सामुदायिक विध्यालयलाइ सल्लाह दिएको छ ।

'कतिपय ठाउँमा अझै विद्यालय सञ्चालन भइरहेको जानकारी आएको छ । तर, हामीले किन खोलिरहनुभएको भनेर सोधेका छैनौँ । उहाँहरूले जोखिमलाई ध्यानमा राखी सोहीअनुसार पठनपाठन गराउन सक्नुहुन्छ,' नगरप्रमुख बिदुर कार्कीले भने ।

सम्सी, सोनामा, मट्टीहानी, बल्वा, महोत्तरी, जलेश्वर, एकडारा, मनरासिस्वा, लोहारपट्टीजस्ता पालिकाका कतिपय ठाउँमा अहिले पनि पठनपाठन भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

विद्यालयमा नै पुगेर जिल्लाको सबै पालिकामा करिब ८३ प्रतिशत विद्यार्थीमा खोप लगाइसकिएको हुनाले पनि त्यति धेरै जोखिम नभएको शिक्षकहरूले दावी गरेका छन् ।

COMMENTS

 


thedesigners7
Name

news,1049,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,8,समाचार,7,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: जनस्वास्थ्यको मापदण्ड पालना गरेर विद्यालय खोल्न अनुमति
जनस्वास्थ्यको मापदण्ड पालना गरेर विद्यालय खोल्न अनुमति
http://4.bp.blogspot.com/-GCO83DmXKZ0/YefTFVWFaTI/AAAAAAAACgo/p7Zl_O1i_nAFtOvVSEYL-Q_516mqa4wZwCK4BGAYYCw/s320/bidhyalay-704033.jpg
http://4.bp.blogspot.com/-GCO83DmXKZ0/YefTFVWFaTI/AAAAAAAACgo/p7Zl_O1i_nAFtOvVSEYL-Q_516mqa4wZwCK4BGAYYCw/s72-c/bidhyalay-704033.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/01/blog-post_22.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/01/blog-post_22.html
true
8891381760893256154
UTF-8
अन्य अपडेटसहरु केही भेटिएन सबै हेर्नुहोस् विस्तृतमा पढ्नुहोस उत्तर Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy