स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

देउवाको टिममा प्रदीपले इन्ट्री गर्दा विश्वप्रकाश आउट

SHARE:

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहमा सबभन्दा ठूलो रस्साकस्सी महामन्त्रीमा थियो । दुई महामन्त्रीका लागि बालकृण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत, विश्वप्रकाश शर्मा र एनपी साउद दावेदार थिए ।

प्रधानमन्त्रीसमेत रहेका सभापतिका उम्मेदवार देउवाले आफ्नो महामन्त्रीको उम्मेदवारका रुपमा महत र प्रदीप पौडेललाई छनोट गरे । पौडेल, कृष्णप्रसाद सिटौला समूहका हुन् । सिटौलाले सभापतिमा उम्मेदवारी नदिई आफूलाई समर्थन गरेपछि देउवाले पौडेललाई महामन्त्रीका रुपमा अघि सारे ।

प्रदीपको इन्ट्रीसँगै देउवालाई महामन्त्रीको बाँकी एक उम्मेदवार छनोट गर्नु निकै कठिन थियो । देउवा, गृहमन्त्री खाँण, सञ्चारमन्त्री कार्की र नेता साउदलाई केन्द्रीय सदस्यमा मात्र मनाउन सफल भए, तर विश्वप्रकाशलाई टिममा राख्न सकेनन् ।

२०७४ को चुनावमा नराम्रो हार व्यहोरपछि युवा नेताहरुले एकैठाउँमा उभिएर नेतृत्व परिर्वतनको लबिइङ थालेका थिए । यो समूहमा धनराज गुरुङ, चन्द्र भण्डारी, गुरु घिमिरे, विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल र बद्री पाण्डे थिए ।

सभापति देउवाले त्यही समूहको शर्मालाई पुस २०७४ मा पार्टीको प्रवक्ता बनाए । शर्मालाई अघि सारेर आफूविरुद्ध जनमत बनाइरहेका युवाहरुलाई काउन्टर दिए । झण्डै चार वर्ष देउवाको टिममा बसेर काम गरेकाले विश्वप्रकाश १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार हुन चाहेका थिए ।

नेताहरुका अनुसार देउवा, शर्मालाई सहमहामन्त्री बनाएर आफ्नै टिममा राख्न चाहन्थे । तर शर्माले आरक्षित पदमा नबस्ने भन्दै देउवाको प्रस्ताव स्वीकार गरेनन् । त्यसमाथि कृष्ण सिटौला समूहको इन्ट्रीसँगै उनी थप संकटमा परे । सिटौला र शर्मा दुबै झापाका हुन् । सिटौलाका कारण जिल्लामा पेलिएका शर्मा केन्द्रमा पनि त्यही अवस्था आउने भएपनि बस्न चाहेनन् ।

त्यसैले शर्माले देउवा टिमबाट विद्रोह गरे । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले उनलाई अर्का युवा नेता गगनकुमार थापासँगै महामन्त्री बनाउन चाहेका थिए । तर आफ्नो टिम व्यवस्थापन गर्न सकेनन् र, गगनसँगै डा. मिनेन्द्र रिजाललाई महामन्त्रीको उम्मेदवार बनाए ।

शर्मालाई सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधिले पनि महामन्त्रीको उम्मेदवार बनाउन चाहेका थिए । तर युवा नेता शर्माको रोजाइमा प्रकाशमान सिंह परे, जसले रामचन्द्र पौडेल समूहबाट विद्रोह गरेर सभापतिमा उम्मेदवार दिएका छन् ।



प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: देउवाको टिममा प्रदीपले इन्ट्री गर्दा विश्वप्रकाश आउट
देउवाको टिममा प्रदीपले इन्ट्री गर्दा विश्वप्रकाश आउट
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2021/12/blog-post_720.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2021/12/blog-post_720.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content