अजय यादव वियोगी
कलैया ,बारा ।
"जिल्ला प्रशासन कार्यालय बारामा नागरिकता बनाउनेको भिड ,राष्ट्रिय परिचयपत्र तथा अन्य कामले गर्दा भिड भएको सहायक प्रजिअ सेढाईको भनाइ "
बारा जिल्लामा नागरिकता बनाउनको भिडभाड हुने गरेको छ ।जिल्ला प्रशासन कार्यालय बारामा दिनहुँ सय देखि दुई सय जना सम्म नागरिकता बनाउन अाउन थालेका छन् ।बाराको १६ पालिकाबाट अधिकाँश मानिसहरु जिल्ला प्रशासन कार्यालय बारामा नै नागरिकता बनाउन अाउन थालेपछि भिड भएको छ ।जिल्ला प्रशासन कार्यालय बाराले जनतालाई सहज होस् भनेर जिल्लाको ४ ठाउँमा ईलाका प्रशासन मार्फत सेवा दिदै अाएका छन् ।निजगढ ,सिमरा ,कोल्हबी र सिम्रौनगढ ईलाका प्रशासन कार्यालय मार्फत सेवा दिदै अाएको भएपनि जिल्ला प्रशासन कार्यालय बारामा पनि सेवाग्राहीको चाप कम हुने गरेका छैनन् ।दिनप्रतिदिन जनसंख्या बढदै गएको तथा कार्यालयको त्यतिमै सिमित भएकाले अहिले जिल्ला प्रशासन कार्यालयमा भिड भएको हो ।निर्वाचन अायोगले नागरिकता नभए मतदाता नामावली नाम समावेश हुन नसक्ने भनेपछि अहिले गाउँ गाउँबाट नागरिकता बनाउन महिला देखि वृद्ध सम्म तत्परता देखाएका छन् ।जिल्ला प्रशासन कार्यालय बाराले अाफ्नो नियमित काम गरिरहेको भएपनि अहिले सेवाग्राहीको चापले गर्दा काम गराउन अप्ठ्यारो समेत भएको सेवाग्राहीहरुले बताएका छन् ।व्यवस्थित लाईन नहुँदा घण्टौ लाईनमा बस्न बाध्यता रहेको नागरिकता बनाउन अाएका सुवर्ण गाउँपालिका -२ का पप्पुकुमार यादवले बताउनुभयो ।लाईनमा घण्टौ बसेको भएपनि काम हुन सकेको छैन ,सेवाग्राही यादवले बताउनुभयो ।यसलाई व्यवस्थित गर्न जिल्ला प्रशासन कार्यालय बाराले ध्यान दिनुपर्ने अावश्यकता भएको नागरिक बनाउन अाएकि सुनिता देवीले बताईन ।यति भिड छ कि काममा अलि ढिलाई भएको सुनिता देवीले बताईन ।जिल्ला प्रशासन कार्यालय भित्र नागरिकता ,मतदाता नामावली तथा राष्ट्रिय परिचयपत्र बनाउने काम भईरहेकोले जिल्ला प्रशासन कार्यालयमा एकैचोटि भिड हुन गएको जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले बताउनुभयो।अहिले फुर्सदको बेला र त्यसमा पनि मतदाता नामावलीमा नाम नछुटोस भनेर सबैमा चेतना भएकाले नागरिकता बनाउनेको चाप बढेको सहायक प्रजिअ सेढाईले बताउनुभयो।यसको व्यवस्थापन लागि जिल्ला प्रशासन कार्यालय बाराले काम गरिरहेको सहायक प्रजिअ सेढाईले बताउनुभयो ।जिल्ला प्रशासन कार्यालय बारामा ३८ जनाको दरबन्दी रहेका छन् ।त्यसमध्ये ४ जना प्रशासकीय अधिकृतहरुको भएकोमा जिल्ला प्रशासन कार्यालय बारामा ३ जना मात्र अधिकृतहरु र १ जना नभएको सहायक प्रजिअ शिवराज सेढाईले बताउनुभयो ।जिल्ला प्रशासन कार्यालय बाराको विभिन्न शाखामा कर्मचारीहरुको अभाव रहेको तथा त्यसको लागि गृह मन्त्रालयसँग माँग समेत गरिएको सहायक प्रजिअ सेढाईले बताउनुभयो।जनताको काम छिटो ,छरितो ,सहज र सरल ढंगले होस् भनेर अाफूहरु सधैं चनाखो भएर होस लागि परेको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले बताउनुभयो।
प्रतिक्रिया