Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

ओमिक्रोन भेरियन्ट : नेपालले पूर्व तयारीमा खर्चिनुपर्ने समय

१६ मंसिर, काठमाडौं । पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन एकसाताको अवधिमै २४ मुलुकमा पुगेको ...

१६ मंसिर, काठमाडौं । पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन एकसाताको अवधिमै २४ मुलुकमा पुगेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नयाँ भेरियन्ट बी.१.१.५२९ लाई ‘भेरियन्ट अफ कन्सर्न’मा राखेको छ । यद्यपि कति घातक छ ? खोपको प्रभावकारिता कति रहन्छ भन्ने अझै अध्ययनकै क्रममा छ । तर झण्डै ५० वटा म्यूटेसन देखिएकाले अरु भेरियन्टभन्दा घातक हुनसक्ने आशंका अध्ययनकर्ताहरुको छ । त्यसमध्ये झण्डै ४२ वटा म्यूटेसन चाहिँ स्पाइक प्रोटिनमा देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुकी निर्देशक डा. रुना झाले जानकारी दिइन् ।

स्पाइक प्रोटिन भनेको भाइरसको माथिल्लो सतहमा हुने काँडा जस्तो बनोट हुन्छ, जसको सहायताले कोरोना हाम्रो शरीमा प्रवेश गर्छ । भ्याक्सिन पनि यही स्पाइक प्रोटिनलाई लक्षित गरी बनाइएको हुन्छ । स्पाइक प्राटिनमा धेरै बदलाव आएर मानव शरीरमा सहजै प्रवेश गर्ने त होइन भन्ने चिन्ता देखिएको उनले बताइन् ।

त्यही कारण थ्रुपै देशले यात्रा प्रतिबन्ध लगायतका नियन्त्रणमुखी कदम चालेका छन् ।

नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अनुरोध गरेको छ । दक्षिण अफ्रिकी नागरिकलाई प्रवेशमा रोक लगाएको छ भने अरु देशका नागरिकको हकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल–भारत सीमा नाकाहरुमा परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

जनस्वास्थ्यविद्हरु भने संक्रमण नआएको यो समयलाई पूर्व तयारीमा खर्चिनुपर्ने बताउँछन् । हाल प्रयोगमा आएका कोरोनाविरुद्धका खोपहरु तथा संक्रमणका कारण मानव शरीरमा विकास भएको इम्युनिटी पावरलाई बाइपास गर्ने क्षमता देखिए ओमिक्रोन तेस्रो लहरको कारक बन्नसक्ने उनीहरुको चिन्ता छ ।

जनस्वास्थ्यविद् डा. शरद वन्त ।

जनस्वास्थ्यविद् डा. शरद वन्त नयाँ भेरियन्ट भित्रिनसकेको यो समयलाई सरकारले सतर्कता, रोकथाम तथा नियन्त्रणका लागि आवश्यक तयारीमा सदुपयोग गर्नुपर्ने बताउँछन् । आयातित रुपमा मात्रै नभई नेपालमै सक्रिय रहेको भाइरस म्यूटेसन भएको हुनसक्ने भन्दै उनले भने, ‘नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै जिन सिक्वेन्सिङ गरी हाल्नुपर्छ । सबै भेरियन्ट आयातित नै हुन्छन् भन्न सकिँदैन । स्थानीय रुपमै म्यूटेट भएको पनि हुनसक्छ ।’

यद्यपि म्यूटेसन सबै भेरियन्ट घातक देखिन्छन् भन्ने होइन । ‘कतिपय कमजोर भएर म्यूटेसन भएको हुनसक्छ र केही बढी घातक देखिन पनि सक्छ,’ उनले भने ।

डा. शेरबहादुर पुन ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. शेरबहादुर पुन पनि ओमिक्रोन, डेल्टा भेरियन्टभन्दा बढी संक्रामक भए जोखिम हुनसक्ने बताउँछन् । बढी संक्रामक हुँदा संक्रमण तीव्र रुपमा फैलिने र उपचार प्रणालीमा समस्या ल्याउने उनको भनाइ छ । साथै ओमिक्रोन भेरियन्टले हाल प्रयोगमा आएका खोपलाई छल्ने क्षमता देखिएमा अर्को ठूलो समस्या ल्याउने उनले बताए ।

जनस्वास्थ्यविद् डा. वन्त पनि हाल प्रयोगमा आएका कोरोना खोप र संक्रमणका कारण विकसित भएको इम्युनिटी/एन्टीबडीलाई बाइपास गर्ने क्षमता ओमिक्रोनमा देखिए नेपालमा कोरोनाको तेस्रो लहरको कारक बन्न सक्ने बताउँछन् ।

खोप वा संक्रमणका कारण विकास भएको इम्यूनिटी/एन्टीबडीलाई छल्ने नयाँ भेरियन्ट नभेटिएको अवस्थामा भने तेस्रो लहर आउने सम्भावना कम हुने उनले बताए । अघि भने, ‘खोपको प्रभावकारिता कति समय हुन्छ भन्ने अनुसन्धानमै छ ।’

पूर्व तयारीमा जोड

चैत–वैशाख–जेठमा नेपालमा देखिएको डेल्टा भेरियन्टका कारण दोस्रो लहर घातक बन्दा नेपालको स्वास्थ्य प्रणालीमै समस्या देखा परेको थियो । अस्पतालहरुले संक्रमितको चाप धान्न सकेन भने अक्सिजन समेत नपाएर थुप्रै संक्रमितले ज्यान गुमाउन पुगे । यद्यपि विदेशी सहयोग र सरकारको लागतमा अक्सिजन प्लान्ट, भेल्टिलेटर लगायतका स्वास्थ्य पूर्वाधार थपिएका छन् ।

तर तेस्रो लहर फैलिएमा अहिले भएको पूर्वाधार पर्याप्त नहुन सक्ने भएकाले पहिलो र दोस्रो लहरबाट पाठ सिकेर पूर्वतयारीमा जुट्नुपर्ने जनस्वास्थ्य विदहरुको सुझाव छ । डा. वन्त भन्छन्, ‘सरकारले स्वास्थ्य पूर्वाधारतर्फ केही सुधार गरेको छ, तर त्यो पर्याप्त छैन । दोस्रो लहर जतिकै घातक र तीव्र गतिमा संक्रमण फैलिएको अवस्थामा अहिलेको संरचना, स्रोत र साधनले धान्न नसक्ला । त्यसैले पहिलो र दोस्रो लहरबाट पाठ सिकेर त्यसको रोकथाम तथा नियन्त्रणका लागि प्रणालीगत रुपमा तयारी गर्नु जरुरी छ ।’

के गर्दैछ सरकार ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निगरानी बढाएको बताउँछन् । विशेष गरी ओमिक्रोन भेरियन्ट भेटिएका मुलुकबाट आउने नागरिकमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल–भारत सीमा नाकाहरुमा कडाइ गरिएको उनले बताए ।

परीक्षणको दायरा फराकिलो बनाउँदै संक्रमण पुष्टि भएका व्यक्तिहरुको नमुना संकलन गरी जिन सिक्वेन्सिङ गर्ने कामलाई अझ बढाएको उनको भनाइ छ । डा. अधिकारीले भने, ‘कुन भेरियन्ट सक्रिय छ भनेर पहिचान गर्नका लागि संक्रमितको स्याम्पल लिएर जिन सिक्वेन्सिङ गरिरहेका छौं । अहिलेसम्म नयाँ भेरियन्ट देखिएको छैन । पछिल्लो समय सिक्वेन्सिङ गर्ने कामलाई अझ बढाएका छौं ।’

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा २०२१ अप्रिलदेखि हरेक महिना जिन सिक्वेन्सिङ गर्ने गरिएको छ । अहिलेसम्म भएका सिक्वेन्सिङमा ओमिक्रोन भेरियन्ट फेला नपरेको प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताइन् । उनले भनिन्, ‘नोभेम्बरमा लिइएका नमुनाको जिन सिक्वेन्सिङ नतिजा आउन बाँकी छ ।’

नेपाल–भारत सीमा नाका र विमानस्थलमा एन्टीजिन परीक्षण गर्दा पोजेटिभ देखिएका नमुना प्रयोगशाला पठाउन भनिएको छ । डा. झा भन्छिन्, ‘त्यस्तो नमुनाको एस जिन परीक्षण गर्ने र एस जिन नेगेटिभ आए उक्त नमुनाको जिन सिक्वेन्सिङ गरिने छ ।’ उनकाअनुसार एस जिन परीक्षण हरेक हप्ता हुनेछ, जसमा नेगेटिभ आएका नमुनाको तत्काल जिन सिक्वेन्सिङ गरिनेछ ।

धुलिखेल अस्पतालको जेनेटिक सिक्वेसिङ प्रयोगशालामा पनि जिन सिक्वेन्सिङ हुने गर्छ । अस्पतालका डा. राजीव श्रेष्ठका अनुसार कोभिड–१९ विरुद्धको दुवै डोज खोप लगाएर पनि संक्रमित भएका ६ जना संक्रमितको नमुना लिएर जिन सिक्वेन्सिङ गरिएको छ । उनले भने, ‘एकहप्ताभित्र नतिजा आउनसक्छ ।’ जिन सिक्वेन्सिङको रिजल्ट पछि मात्रै संक्रमित व्यक्तिमा पुरानै डेल्टा भेरियन्ट हो कि नयाँ भेरियन्ट हो भन्नेबारे पुष्टि हुने उनले बताए ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content