श्री गढीमाई संवाददाता
वीरगंज, २७ पुस ।
वीरगञ्ज स्कुल आफ लको आयोजनामा हिजो देखि जारी नमुना संसद २०७९ कार्यक्रम एक समारोहका बिच सम्मपन्न भएको छ । नयाँ युवा नयाँ सोच नेपालको संयोजनमा भएको सो दई दिवसीय कार्यक्रममा क्लेजका ४० जना बिध्यार्थीहरूलाई नेपालको संघिय संसदीय अभ्यास वारे प्रशिक्षण पनि दिईएको प्र.अ चन्द्रीका पटेलले जानकारी दिनु भयो । वीरगंज स्कुल अफ ल का चेयरमेन तथा नेपाल वार एसोसिएसन केन्द्रिय कमिटी का उपाध्यक्ष अधिवक्ता सुधिर कुमार कर्णको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेश उच्च अदालत वीरगंज वार का अध्यक्ष अधिवक्ता विशाल चौधरी, अतिथिहरूमा राजधानी दैनिकका मधेश व्युरो प्रमुख पत्रकार तुल्सी भंडारी, एन्युज टि.भीका कार्यक्रम संयोजक राजेन्द्र सिंह, पब्लिक एफ.एमका राज कुमार सरार्पm,नयाँ युवा नयाँ सोच नेपालका संयोजक बिनोद खत्रीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम अन्तर्गत पुष २५ गते बिहान १० बजे देखि साँझ ५ बजेसम्म प्रशिक्षण त्यसै पुष २६ गते सहभागी विद्यार्थीहरूलाई सत्तापक्ष एवं प्रतिपक्षमा विभाजन गरी सांसद, मन्त्री, प्रधानमन्त्री, प्रमुख सचेतक लगायत विभिन्न जिम्मेवारी प्रदान गरि संसद अधिवेशन आहवान हुँदै शून्य समय, विषेश समय तथा नेपाल नागरिकता (संसोधन विधेयक),२०७९ पेश गरि त्यस उपर सैद्धान्तिक छलफल, दफावार छलफल, संसोधन पेश गर्दै अभ्यास गराईएको थियो ।
सो अभ्यासमा ३ वटा विधाहरू छनौट भएका बिध्यार्थीहरूलाई पुरस्कृत पनि गरिएको छ । उत्कृष्ट बहसकर्ता पुजा राम, उत्कृष्ट अनुसन्धानकर्ता आरती मिश्रा तथा उत्कृष्ट नेतृत्वकर्ता मुकेश शाहलाई निर्णायक मण्डलले छनौट गर्दै पुरस्कार समेत प्रदान गरिएको प्र.अ चन्द्रीका पटेलले जानकारी दिनु भयो ।

प्रतिक्रिया