Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

"२९ दिनको लामो आन्दोलनपछि शिक्षकको बृहत् आन्दोलन रोकियो ,नगदमा हुने कारोबार ,उधारोमा सकियो "

अजय यादव वियोगी  कलैया ,बारा । "२९  दिनको लामो आन्दोलनपछि शिक्षकको बृहत् आन्दोलन रोकियो ,नगदमा हुने कारोबार ,उधारोमा सकियो " जितिन...
अजय यादव वियोगी 
कलैया ,बारा ।
"२९  दिनको लामो आन्दोलनपछि शिक्षकको बृहत् आन्दोलन रोकियो ,नगदमा हुने कारोबार ,उधारोमा सकियो "


जितिन्छ कि बितिन्छ भन्ने मुल नाराका साथ २०८१ चैत २० गतेबाट नेपाल शिक्षक महासंघले गरेको बृहत् शैक्षिक सडक आन्दोलन २९ दिनपछि समाप्त भएको छ । सरकार र महासंघबिच सहमति भई आन्दोलन समाप्त भएको हो।लाखौं शिक्षकहरुले दिनहुँ माईतीघर मण्डलामा दिदै आएको धर्ना र आन्दोलन समाप्त भएको छ।७७ जिल्लाको सबै सामुदायिक विधालयहरु २९ दिन देखि ठप्प बनाएर ,लाखौं शिक्षक,विधालय कर्मचारीलाई आन्दोलन सरिक बनाएका नेपाल शिक्षक महासंघले के -को आधारमा उधारोमा सहमति गरेको हो शंकाको बिषय बनेको अान्दोलनमा सहभागी भएका अधिकाँश मधेस प्रदेशका शिक्षकहरु टिप्पणी गर्न थालेका छन् ।पटकपटक सहमति गर्ने तर कार्यान्वयन नगर्ने सरकार प्रति यति अान्दोलन गरेर पुनः माकुराको जालमा फसेकोमा शिक्षक ,विधालय कर्मचारीहरु निराश मात्र नभई महासंघको नेतृत्व प्रति असंतुष्टी पोख्न थालेका छन् ।नेपाल शिक्षक महासंघसँग नेपालका १५ शिक्षक घटकहरु  सम्मिलित रहेका छन् ।आन्दोलनले शिक्षामन्त्री विधा भट्टराईको राजिनामा आएका थिए ।त्यतिबेला सम्म नगदमा अर्थात हातमा शिक्षा ऐन लिएर जाने नेपाल शिक्षक महासंघ उधारोमा नै अर्थात रित्तो हात नै फर्कनु परिरहेको हो ।आन्दोलनमा सहभागि भएर घर फर्कने क्रममा मनाङका एक प्रधानाध्यापकको मृत्युु भएको थियो ।कैयौं देशभरिका शिक्षक ,विधालय कर्मचारी घाईते भएका थिए।मौन जुलुस ,कलम अान्दोलन ,मेरो आन्दोलन ,मेरो सहभागिता,२ घण्टाको प्रदर्शनले अन्तिममा उधारो सहमतिले देशकै ७७ जिल्लाका शिक्षकहरु अहिले विधालय जानुपर्ने बाध्यता भएको छ ।२०८२ आषाढ १५ सम्म नयाँ शिक्षा ऐन २०८२ आउने सहमति भएको बताईएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content