श्री गढीमाई संवाददाता
सिम्रौनगढ
"बाराको पचरौता नगरपालिका -४ ईनर्वाबाट ५ केजी गाँजा सशस्त्र प्रहरीले गरे बरामद "
बाराको पचरौता नगरपालिका -४ ईनर्वा गाउँबाट सशस्त्र प्रहरी बिअोपी बेलदारीले ५ केजी गाँजा बरामद गरेका छन् ।बिअोपी बेलदारीमा कार्यरत रहेका सई रामएकबाल प्रसाद यादवको नेतृत्वको टोलीले उक्त गाँजा बरामद गरेका छन् ।भारतीय मोटरसाइकलमा अाएका ती व्यक्तिले प्रहरीलाई गाँजा फाली फरार भएको र सो गाँजा गस्ती क्रममा पाईएको बिअोपी बेलादारीले जानकारी दिएका छन्।बरामद गाँजा ईलाका प्रहरी कार्यालय सिम्रौनगढलाई बुझाईएको सशस्त्र प्रहरीका सई रामएकबाल प्रसाद यादवले बताउनुभयो ।गाँजा बोक्ने गाडी लिई फरार भएको त्यसको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएका छन्।
प्रतिक्रिया