अजय यादव वियोगी
कलैया ,बारा ।
बाराको सुवर्ण गाउँपालिकामा केही दिन देखि खाली रहेको प्रमुख प्रशासकीय अधिकृतको पदमा ईमानदार छविका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाल (अधिवक्ता )हाजिर हुनु भएको छ ।
कलैया ,बारा ।
बाराको सुवर्ण गाउँपालिकामा केही दिन देखि खाली रहेको प्रमुख प्रशासकीय अधिकृतको पदमा ईमानदार छविका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाल (अधिवक्ता )हाजिर हुनु भएको छ ।
सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादवले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरी हाजिरी गराउनु भएको हो ।केही दिनदेखि खाली रहेको प्रमुख प्रशासकीय अधिकृतमा पाल हाजिर हुनु भएको छ।
प्रमुख प्रशासकीय अधिकृतको स्वागत कार्यक्रममा सुवर्ण गाउँपालिकाका उपाध्यक्ष पुनम देवी यादव ,वडा नम्बर -१ का वडाध्यक्ष राम विध्या प्रसाद यादव ,वडा नम्बर -२ का वडाध्यक्ष रंजीत प्रसाद यादव ,वडा नम्बर -३ का वडाध्यक्ष रामक्षेत्री प्रसाद यादव ,वडा नम्बर -४ का वडाध्यक्ष झकड प्रसाद यादव ,वडा नम्बर -५ का वडाध्यक्ष रामएकबाल प्रसाद यादव ,वडा नम्बर -६ का वडाध्यक्ष शिवधारी प्रसाद तत्वा ,वडा नम्बर -७ का वडाध्यक्ष जितेन्द्र प्रसाद यादव र वडा नम्बर -८ का वडाध्यक्ष सैबुल्लाह मियाँको विशेष उपस्थिति रहेको थियो ।कार्यक्रममा नेपाली काँग्रेसका यूवा नेता सतेन्द्र यादव ,जनप्रतिनिधि ,कर्मचारी वर्ग ,पत्रकार ,नागरिक समाजका अगुवा तथा सर्वसाधारण जनताको विशेष उपस्थिति रहेको थियो ।
कसैको दवाबमा नपरि काम गर्न सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादवले निर्देशन दिनुभयो ।पहिला भन्दा अहिले सुवर्ण गाउँपालिकामा पारदर्शिता तथा जवाफदेहिताको भित्र रहि सबैलाई काम गर्न निर्देशन दिनुभयो।प्रमुख प्रमुख प्रशासकीय अधिकृतको सफल कार्यकालको शुभकामना समेत पालिका अध्यक्ष यादवले दिनुभयो।बाराको सुवर्ण गाउँपालिकामा हाजिर हुदै ईमानदार छविका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाल (अधिवक्ता )ले कानुनले दिएको अधिकार प्रयोग गरि जनप्रतिनिधि र जनताको तालमेल कायम राख्न अाफुले अहम् खेलि रचनात्मक भूमिमा निभाउन बताउनुभयो।
कानुन बाहेक कुनै काम नगर्ने पनि प्रमुख प्रशासकीय अधिकृत पालले बताउनुभयो।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चलानी नम्बर १७६७को पत्र अनुसार सुवर्ण गाउँपालिकामा हाजिर भएको सुवर्ण गाउँपालिकाका प्रशासन शाखाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन्।
पहिला बाराकै देवताल गाउँपालिकामा कार्यरत रहेका प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालको हाजिरीले सुवर्ण गाउँपालिका जनता हर्षित भएको लोकतान्त्रिक समाजवादी पार्टीका (लोसपाका) का यूवा नेता एवम् सुवर्ण गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी अशोककुमार यादवले बताउनुभयो।बाराको सुवर्ण गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन् ।
प्रतिक्रिया