श्री गढीमाई संवाददाता
कलैया ,बारा ।
बाराको सुवर्ण गाउँपालिकामा बिधार्थीहरुको शान्तिपूर्ण आन्दोलन माथि प्रहरीले हस्तक्षेप गर्दा लाखौं क्षति हुनुको साथै कैयौं घाईते भएका छन् ।सुवर्ण -४ हर्दियामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय हर्दिया ,अौरैयामा प्रधानाध्यापकको बिषयलाई लिएर बिधार्थीहरु केही दिन देखि अान्दोलन रहेका थिए ।तर एक्कासि सुवर्ण गाउँपालिकाले हर्दिया माध्यमिकमा रहेका प्रधानाध्यापक रामएकबाल साहलाई अाईतबार पत्र पठाएको झोकमा अाज बिहानैदेखि बिधार्थीहरु विधालयको हाता बाहिर अान्दोलन गर्दा सुनवाइ नभएपछि गाउँपालिकाको कार्यालय कवही गोठ पुगेका थिए ।तर प्रहरी र बिधार्थी बिच दोहोर झडप भएको बिधार्थी माथि प्रहरीले दमन गर्न थालेपछि बिधार्थीहरु सुवर्ण गाउँपालिकामा क्षति पुर्याएका हुन।सबै बिधार्थीहरु हर्दिया विधालयमा अाएपछि प्रहरीले विधालयमा दमन गर्न पुग्दा स्थानीयबासीको सहयोगमा प्रहरीलाई धपाईएको हर्दियाको स्थानीयबासीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन्।यता प्रहरी र बिधार्थी दुवै पक्षबिच घाइते भएको तर एकिन विवरण नअाएको पनि बताईएको छ ।अहिले घाइतेहरुको कलैयाको प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ।थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन्
प्रतिक्रिया