स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

वैशाखदेखि मासिक रुपमा ‘बक्स अफिस’ विवरण

SHARE:

काठमाडौँ, २ वैशाख (रासस) :
नेपालभर चलचित्र प्रदर्शन भएवापत गरेको व्यापारको तथ्याङ्क नेपाल सरकारसँग बक्स अफिस प्रणाली (ई–टिकेटिङ सिस्टम) मार्फत प्राप्त हुने गर्छ ।

विसं २०७६ देखि नेपालमा लागू गरिएको यो प्रणाली सुरू नहुँदा निर्माता वितरककै तथ्याङ्कमा भर परिरहेका थिए । चलचित्रको वास्तविक कमाइको विवरण देखाउने प्रणालीमार्फत कुन चलचित्र भवनमा कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क निर्माता तथा वितरकले थाहा पाउँछन् ।

यो प्रणाली जडान भएको तीन वर्ष पूरा भइसक्दा पनि यसको विश्वसनीयतामा प्रश्न उठ्ने गरेको छ । बोर्डले २०७९ सालमा प्रदर्शन भएको एक सय ३५ मध्ये एक सय ३२ चलचित्रको कूल व्यापार सार्वजनिक गरेपछि प्रदर्शनरत चलचित्र 'छक्का पञ्जा ४' को सार्वजनिक भएको विवरणलाई लिएर निर्माण समूहले आपत्ति जनाएको छ ।

गत फागुन १९ देखि प्रदर्शनरत चलचित्र 'छक्का पञ्जा ४' ले बोर्डको विवरणअनुसार छ लाख आठ हजार चार सय दुई टिकेट बिक्री भएवापत रु १६ करोड ९४ लाख ३४ हजार छ सय ३४ कूल व्यापार गरेको छ ।

प्रदर्शनरत भएकाले यसको व्यापार अझै बढ्ने देखिन्छ । चलचित्रका लेखक तथा निर्मातासँगै कलाकार रहनुभएका दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत नै सार्वजनिक भएको विवरण ठीक नभएको प्रतिक्रिया दिनुभयो । चलचित्रका अर्का निर्माता निर्मल शर्माले पनि बोर्डको सार्वजनिक विवरण कम देखिएको जानकारी दिनुभयो । "हामी छलफल गरेर यसबारे जानकारी दिने तयारीमा छौँ । यद्यपि बोर्डले सार्वजनिक गरेको विवरणमा निकै फरक परेको छ । यसबारे आधिकारिक धारणा नै सार्वजनिक गर्छौँ", निर्माता शर्माले भन्नुभयो ।

बोर्डले सार्वजनिक गरेको तथ्याङ्कमा सामान्य फरक भने पर्न सक्ने बक्स अफिस अधिकृत प्रवीण पाण्डेले जानकारी दिनुभयो । "सबै चलचित्र भवनमा बक्स अफिस प्रणाली जडान भए पनि अनुगमनको अभावमा केही हेरफेर हुनसक्छ । केहीले नियतबस पनि गरिरहेका हुन्छन् । तर बोर्डले यसमा अनुमगन बढाएको छ", अधिकृत पाण्डेले भन्नुभयो, "हामीसँग रहेको आधिकारिक तथ्याङ्क सार्वजनिक गरेका हौँ ।"

यसैबीच बोर्डका अध्यक्ष भुवन केसीले व्यापारबारे फैलिने भ्रम हटाउन वैशाखदेखि मासिक रुपमा बक्स अफिस विवरण सार्वजनिक गर्ने जानकारी दिनुभयो । "सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाटै निर्देशन भएपछि वार्षिक विवरण बाहिर ल्याएका हौँ । अब मासिक रुपमा ल्याउने छौँ",अध्यक्ष केसीले भन्नुभयो । मासिक रूपमै विवरण सार्वजनिक हुँदा व्यापारलाई लिएर भ्रम सिर्जना नहुने उहाँको विश्वास छ ।---

Virus-free.www.avast.com

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: वैशाखदेखि मासिक रुपमा ‘बक्स अफिस’ विवरण
वैशाखदेखि मासिक रुपमा ‘बक्स अफिस’ विवरण
https://blogger.googleusercontent.com/img/a/AVvXsEhGRWXg50esh8__oeXgP-PMVcHnFXXjHv4oAPeHbVMkjz48kLzgy_woaA5yRFdmHhgp6xghlIGypMWg2Y9bCueyMxDvqMCK_FMWgy23G_Z3dg7og8pIdLLNbu4j3Ut6AHkMMH4c2Uf9NNdyMMQ054Q3buc3_Oa_TG6YDuY3bpt3v3aCEaIDfgDXrHT61g=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEhGRWXg50esh8__oeXgP-PMVcHnFXXjHv4oAPeHbVMkjz48kLzgy_woaA5yRFdmHhgp6xghlIGypMWg2Y9bCueyMxDvqMCK_FMWgy23G_Z3dg7og8pIdLLNbu4j3Ut6AHkMMH4c2Uf9NNdyMMQ054Q3buc3_Oa_TG6YDuY3bpt3v3aCEaIDfgDXrHT61g=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2023/04/blog-post_17.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2023/04/blog-post_17.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content