स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

यातायात व्यवस्था सवारी कार्यालय बिरगंजको अाफ्नै भवन नहुँदा काम गर्न कठिन भएको कार्यालय प्रमुख उमेश रेग्मीको भनाइ

SHARE:

अजय यादव वियोगी 
 बिरगंज ,पर्सा ।
भौतिक पुर्वाधार मध्ये सबैभन्दा धेरै चर्चा हुने गरेको यातायातको व्यवस्था ठिक नभए सम्म राज्यको अवस्था राम्रो हुन सक्दैन ।यातायातलाई सुधार गर्न विभिन्न रणनीतिहरु अपनाउने गरिएको हो ।सवारी दुर्घटनाको रोकथाम गर्न दुर्घटनाबाट वचन ,पिडितलाई क्षतिपूर्ति दिलाउन ,बिमा व्यवस्था गर्न र सर्वसाधारण जनतालाई सरल र सुलभ ढंगबाट यातायात दिने उद्देश्यले यातायात सम्बन्धि विभिन्न निति ,नियम बन्दै आएको हो।मधेस प्रदेशको मातहतमा अाएको यातायात व्यवस्था सवारी कार्यालय ,भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गत पर्छ।यातायात व्यवस्था सवारी कार्यालय बिरगंजले राम्रो काम गर्दे गएको कार्यालय प्रमुख उमेश रेग्मीले बताउनुभयो।कार्यालय प्रमुख रेग्मीले भने कार्यालय सञ्चालन गर्न अाफ्नै भवन नहुँदा धेरै समस्या भएको बताउनुभयो।

बर्षातको समयमा घरबाट पानी चुहने गरेकोले कागजात नष्ट हुने गरेको र जेनतेन गरेर जोगाएर राखेको कार्यालय प्रमुख रेग्मीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।कार्यालय प्रमुख रेग्मीले भने भाडाको भवन हो ,धेरै रेकर्ड नै भिज्ने गरेकोले व्यवस्था नहुनजेल सम्म समस्या हुनेपनि वहाँले बताउनुभयो।कार्यालयमा खानेपानी ,शौचालय ,बस्ने ठाउँको अभाव तथा भौतिक पुर्वाधारको कमि भएपनि अब केही दिनमै सुधार हुनेमा अाफू विश्वस्त भएको वहाँले बताउनुभयो।बिरगंज महानगरपालिकाले नेशलन मेडिकलको भेडियाहीमा १ बिगाहा ४ कठ्ठा जग्गा उपलब्ध गराएको हो ।त्यहाँ कार्यालय बन्ने सबै काम पूरा हुन लागेको कार्यालय प्रमुख रेग्मीले बताउनुभयो।यातायात व्यवस्था  सवारी कार्यालय बिरगंजमा ४५ जनाको दरबन्दी भएपनि जेनतेनकै भरमा २८ जनाले अहिले काम गर्दै अाउनु भएको वहाँले बताउनुभयो।खास समस्या अहिले लेखापालको भएको कार्यालय प्रमुख रेग्मीले बताउनुभयो।प्रदेशकै सबैभन्दा बढी राजश्व उपलब्ध गराउने कार्यालयमा लेखा अधिकृतहरु सरुवाहरु केही कामकाजमा समेत प्रवाह पर्ने गरेको कार्यालय प्रमुख रेग्मीले बताउनुभयो।विगतमा ६ महिनामा ५६ करोड राजश्व संकलन भएको भएपनि सवारी आयतमा कमि भएपछि ४८ करोड राजश्व  भएको कार्यालय प्रमुख रेग्मीले बताउनुभयो।

पहिला बिरगंज नाकाबाट अधिक सवारी आयत हुने गरेको भएपनि अब भैरहवा नाकाबाट जाने गरेकोले राजश्व संकलनमा समस्या भएको वहाँले बताउनुभयो।६ महिनाको कार्यकालमा वहाँले धेरै सुधार गरेका छन् ।बिचौलिया पहुँच  रोक्न अाफू सधैं तयार रहेको वहाँले बताउनुभयो ।सार्वजनिक सवारी ,निजी सवारी ,पर्यटक सवारी ,संस्थानको सवारी ,मालवाहक सवारी लगायतको सवारी नियमन गर्न कार्यालय ठोस नितिमै काम गर्ने गरेको कार्यालय उमेश रेग्मीले बताउनुभयो।सबैभन्दा बढी दुई पाङ्ग्रे गाडी नै अाउने गरेको वहाँले बताउनुभयो।आर्थिक मन्दीको अवसर यातायात व्यवस्था सवारी कार्यालयमा समेत परेको वहाँले बताउनुभयो।पहिला भन्दा अहिले धेरै सुधार भएको सेवाग्राही रमेश कुमार सिँहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।पहिला भन्दा यातायात व्यवस्थाको काम संतोषजनक भएको हो सेवाग्राही सिँहले बताउनुभयो।सवारी यातायात व्यवस्था ऐन ,२०४९,सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ बमोजिम सञ्चालन भएको भएपनि २०४९ सालको ऐन ४५ २०६५ साल जेठ १५ गते र फेरि २०७५ भाद्र १ गते केही संशोधन गरेका थिए ।तर प्रदेश मातहतमा आएपछि सबै प्रदेशले अाफ्नै ढंगको नीति ,र नियमावली बनाउन थालेका छन् ।तर मधेस प्रदेशले अहिले सम्म कुनै ठोस निति ,नियम ल्याउन सकेका छैन।

Virus-free.www.avast.com

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: यातायात व्यवस्था सवारी कार्यालय बिरगंजको अाफ्नै भवन नहुँदा काम गर्न कठिन भएको कार्यालय प्रमुख उमेश रेग्मीको भनाइ
यातायात व्यवस्था सवारी कार्यालय बिरगंजको अाफ्नै भवन नहुँदा काम गर्न कठिन भएको कार्यालय प्रमुख उमेश रेग्मीको भनाइ
https://blogger.googleusercontent.com/img/a/AVvXsEj8RNFi5V7BGqdPgubtZxvSP2xgpNYC6CvNnFgPlW85B3mmd9GiApThuuz6bKr1hapDUlILV_xO4zph-KjF2pt4nghW7F6ZRVMBUNqf1smWO38j9pMl3FGFRnxXkvPfvajY9Rje3eO_D2J4Msuy4VnEzW9nWZS2i56UWlzOon9WSsvEwifgjGmO88iwmA=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEj8RNFi5V7BGqdPgubtZxvSP2xgpNYC6CvNnFgPlW85B3mmd9GiApThuuz6bKr1hapDUlILV_xO4zph-KjF2pt4nghW7F6ZRVMBUNqf1smWO38j9pMl3FGFRnxXkvPfvajY9Rje3eO_D2J4Msuy4VnEzW9nWZS2i56UWlzOon9WSsvEwifgjGmO88iwmA=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2023/03/blog-post_737.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2023/03/blog-post_737.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content