१९ पुस, काठमाडौं ।अनलाइनखबरकर्मी शैलेन्द्र महतोलाई ज्यान मार्ने धम्की दिने मेयर बेचन दासलाई कारबाही गर्न नेपाली कांग्रेस मधेश प्रदेशले माग ग...
१९ पुस, काठमाडौं ।अनलाइनखबरकर्मी शैलेन्द्र महतोलाई ज्यान मार्ने धम्की दिने मेयर बेचन दासलाई कारबाही गर्न नेपाली कांग्रेस मधेश प्रदेशले माग गरेको छ ।
प्रदेश सभा सांसदले शपथ लिने कार्यक्रमको समाचार संकलन गर्न जनकपुर पुगेका पत्रकार महतोलाई विदेह नगरपालिकाका मेयर बेचनले ज्यान मार्ने धम्की दिएका थिए ।
प्रदेश सभा प्राङ्गणमै दर्जनौ व्यक्तिहरुकोबीचमा मेयर बेचनले पत्रकार शैलेन्द्रसहितका पत्रकारलाई धम्की दिएका थिए ।
सार्वजनिक स्थलमै ज्यान मार्नेसम्मको धम्की दिइनु दुर्भाग्यपूर्ण र अपराध भएको भन्दै कांग्रेस मधेश प्रदेशका तर्फबाट प्रचारप्रसार समितिका प्रमुख नितेशकुमार गुप्ताले कानुनी कारबाहीको माग गरेका हुन् ।
COMMENTS