स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

धनुषा– ४ मा त्रिपक्षीय प्रतिस्पर्धा 

SHARE:

धनुषा । धनुषा निर्वाचन क्षेत्र नं ४ प्रतिनिधिसभामा २०७४ कै प्रतिस्पर्धी उम्मेदवार पुनः चुनावी मैदानमा उत्रिनुभएको छ । सत्ता गठबन्धन काँग्रेसबाट महेन्द्र यादव, नेकपा एमालेबाट रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा)बाट महाजन यादवबीच नै यस पटक पनि त्रिपक्षीय भिडन्त देखिएको छ । हुन त यस क्षेत्रमा जनमत पार्टीका किसुन यादव, राप्रपाका अनिरुद्ध यादव, स्वतन्त्रबाट विजय याद, हास्य कलाकार कृष्णकुमार महतोसहित ३१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस, एमाले र जसपाका उम्मेदवारबीच नै हुने देखिएको छ ।
यसअघि धनुषा निर्वाचन क्षेत्र नं ४ बाट तीन पटक निर्वाचित भएका नेकपा एमालेका सचिव रघुवीर महासेठ अहिले पनि प्रतिस्पर्धामा हुनुहुन्छ । एमाले र जसपाबीच गठबन्धन भएपनि दुवै दलको आ–आफ्नै उम्मेदवार छन् भने यता सत्ता गठबन्धनको एकल उम्मेदवार उठाएको छ । विसं २०७४ को निर्वाचनमा पनि तीन उम्मेदवारबीच चर्को प्रतिस्पर्धा रहेको थियो । तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार महासेठ २२ हजार ५३२ मतका साथ विजयी हुँदा कांग्रेसका महेन्द्रले १९ हजार ९९१ र मधेसी गठबन्धनका उम्मेदवार महाजनले १९ हजार ६६२ मत प्राप्त गर्नुभएको थियो ।
महासेठ र महाजन दुवैले अघिल्लो चुनावका सहयात्री गुमाइसक्नुभएको छ । त्यो बेला रघुवीरको साथमा रहेको माओवादी र महाजनको साथमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (तत्कालीन राजपा) दुवै यो पटक कांग्रेसका उम्मेदवार महेन्द्रको साथमा छन् । एमालेबाट फुटेको एकीकृत समाजवादी पनि सत्ता गठबन्धनमै छ ।
त्यसैगरी एमाले र जसपाबीच चुनावी गठबन्धन भए पनि दुवैको आ–आफ्नै उम्मेदवार भएपछि सत्तागठबन्धनलाई फाइदा पुग्ने अवस्था देखिएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
एमालेले (क) मा कांग्रेस परित्याग गरी आएका सन्तोष यादव र (ख) मा मिथिला नगरपालिकाका पूर्वमेयर हरिनारायण महतोलाई उम्मेदवार बनाएको छ । जसपाले (क) मा प्रदेश सरकारका पूर्वमन्त्री ज्ञानेन्द्र यादव र (ख) मा चन्देश्वर महतोलाई उठाएको छ । एमाले र जसपाका सहमति अनुसार धनुषा–४ को प्रतिनिधिसभासँगै प्रदेशसभा (क) एमालेले लिने र (ख) जसपाले लिने उल्लेख छ । अर्कातर्फ नेकपा एकीकृत समाजवादीका धनुषा उपाध्यक्ष सोमप्रसाद शर्मालाई धनुषा (ख) बाट टिकट दिने गरी एमाले प्रवेश गराइएकोमा टिकट भने दिइएको छैन ।
सत्ता गठबन्धन प्यानलसहित एकातिर छ ।  सत्ता गठबन्धनबाट प्रदेश सभा (क) मा भर्खर जसपा छाडेर आएका शेषनारायण यादव र (ख)मा एकीकृत समाजवादीका सत्रुघन महतो उम्मेदवार छन् । वन उद्योग पर्यटन प्रदेश मन्त्री समेत रहेका सत्रुधन यस क्षेत्रका प्रत्यक्ष निर्वाचित वर्तमान प्रदेश सांसद हुनुहुन्छ । त्यसैगरी चुनावको मुखमा केही स्थानीय प्रभावशाली नेताले गरेको पार्टी फेरबदलले पनि असर पार्ने सम्भावना प्रबल छ । जसपाले टिकट नदिएपछि विद्रोह गरेर काँग्रेसबाट प्रदेश सभा (क) मा उम्मेदवारी दर्ता गराएका शेषनारायण यादवका कारण जसपालाई क्षति र काँग्रेसलाई फाइदा पुग्नसक्ने विश्लेषण भइरहेको छ । उता कांग्रेसका सन्तोष यादव एमालेमा प्रवेश गरेको क्षति काँग्रेसलाई पनि पुग्न सक्ने अर्को अनुमान छ ।
यसका साथै ३० वैशाखमा भएको स्थानीय निर्वाचनको मत परिणाम हेर्दा पनि सत्ता गठबन्धन दलका उम्मेदवारको अवस्था बलियो देखिएको छ । धनुषा क्षेत्र नं ४ अन्तर्गत पर्ने पाँचवटा पालिकामध्ये मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र मिथिला विहारी नगरपालिका काँग्रेसले जितेको छ । उसले क्षिरेश्वरनाथ नगरपालिकाका बहुसङ्ख्यक वडा पनि जितेको छ । एमालेले क्षिरेश्वर नगरपालिका र मिथिला नगरपालिकाको उपमेयरसहित बहुमत वडा जितेको छ । यस क्षेत्रमा मिथिला नगरपालिकाको वडा नं ४, क्षिरेश्वरको वडा नं ८ र ९, मिथिला विहारी नगरपालिकाको १, ३, ४ र ५ वडा पर्दैन । जनकपुरधाम उपमहानगरपालिकाको वडा नं ९, १३, १४, १९, २१ र २२ गरी पाँचवटा भने यसै क्षेत्रमा पर्दछ ।
यो क्षेत्रमा पर्ने पार्टीका वडाध्यक्षहरूले पाएको मतको आधारमा कांग्रेस पहिलो र एमाले दोश्रोमा छन् । तेश्रोमा जसपा र चौथोमा एकीकृत समाजवादी रहेका छन् । सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार महेन्द्र यादवले  स्थानीय तहमा काँग्रेसको पहिलो मत र त्यसमाथि गठबन्धन दलको साथलाई आफू जित्ने बलियो आधार रहेको बताउनुहुन्छ । महेन्द्रले गत चुनाव आफू झिनो मतले पराजित भएको सहानुभूतिका कारण आफूले निर्वाचन जित्ने दाबी गर्नुहुन्छ । उहाँले यस बीचको ५ वर्षमा आफू सबै जनता बीच पुगेको र धेरै कामहरू गरेको हुनाले आफ्नो लोकप्रियता जनतामा बढी रहेको तर्क गर्नुभयो ।
उता महासेठले पनि आफू मन्त्री हुँदा यस क्षेत्रमा थुप्रै सडक कालोपत्र गरेको, खोलाहरूमा पुल निर्माण गराएको लगायतको विकास निर्माणका काम गरेकाले यहाँका नागरिकले आफूलाई पुनः जिताउने दाबी गर्नुहुन्छ ।  यता जसपाका उम्मेदवार महाजन यादवले स्थानीय चुनावी नतिजाले यो चुनावमा असर नगर्ने दाबी गर्नुहुन्छ । आफू लामो समयदेखि जनतासँगै जिल्लामै रहेकाले जनताप्रति आफ्नो विश्वास रहेको उहाँको दाबी छ । रासस

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: धनुषा– ४ मा त्रिपक्षीय प्रतिस्पर्धा 
धनुषा– ४ मा त्रिपक्षीय प्रतिस्पर्धा 
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/10/blog-post_854.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/10/blog-post_854.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content