स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा मुख्य प्रतिस्पर्धा यादव र साह बीच

SHARE:

 बारा जिल्लाको निर्वाचन  क्षेत्र नम्बर ३ मा मुख्य प्रतिस्पर्धा  यादव र साह बीच 

 कलैया , बारा

 असोज ३१ गते ।



 बाराको निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यमा १८ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा जनता समाजवादी पार्टी (जसपा) का रामबाबु कुमार यादव र  नेपाल कम्युनिष्ट पार्टी  (एमाले ) का उम्मेदवार ज्वाला कुमारी साह बिच हुने देखिएको छ ।

बारा जिल्लाको निर्वाचन क्षेत्र न.३ मा जसपा पार्टी नेपाल र एमाले पार्टी बीच  कुनै पनि तालमेल भएको छैन ।

यादव जसपा - साह एमाले पार्टीका उम्मेदवार हुन् । उनी मधेस प्रदेश अध्यक्ष  एवम् जसपाका केन्द्रिय सदस्य समेत हुन् । पांच दलिय सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी बाट लालबाबु सिंह भुइहार उम्मेदवार छन् । रामबाबू कुमार यादव यस अघिको निर्वाचनमा बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।



यता हाम्रो नेपाली पार्टी बाट उम्मेदवार चन्द्र प्रकाश सुवेदी  हुन् ।


त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र प्रसाद जैसवार , बिवेकशिल साझा पार्टीबाट अमिरी साह तेली, नेपाल मजदुर किशान पार्टीबाट महमुदिन मिया अन्सारी , नेपाल लोकतान्त्रिक पार्टीबाट महम्मद शानी ठकुराइ , नेपाल जनताबाट गोपाल दास , एकीकृत शक्ति नेपाल पार्टी  बाट नरेश कुमार चौलागाईं , मंगोल नेशनल अर्गनाइजेसन बाट नुर महमद हवारी धोबी , नागरिक उन्मुक्ति पार्टी बाट भिखारी राउत थारु , जनमत पार्टी बाट राधिका देवी साह , राष्ट्रिय प्रजातन्त्र पार्टी बाट  रुपनारायण ठाकुर लोहार , राष्ट्रिय स्वतन्त्र पार्टी बाट सुरेन्द्र शर्मा  लगायतका उम्मेदवार छन् ।



यो क्षेत्रको प्रतिधिनि सभामा विभिन्न दलबाट १५ जना उम्मेदवार छन् भने स्वतन्त्र उम्मेदवार ३ जना छन् । उम्मेदवारी दर्तापछि सुरु भएको चुनावी चर्चाको क्रममा अधिकांशले बारा क्षेत्र नम्बर ३ को प्रतिनिधि सभामा रामबाबु कुमार यादव  र ज्वाला कुमारी साह बिच नै रहेको बताउने  गरेका छन् ।


 रामबाबु कुमार यादव यसअघिको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् लोकप्रिय उम्मेदवार भएकोले जो सुकैको उनीसंगै प्रतिनिस्पर्धा हुने स्थानियहरुको भनाई छ । 


ज्वाला कुमारी साह  यसअघिको निर्वाचनमा यसै क्षेत्र न.३ " क" बाट निर्वाचित प्रदेश सभा सदस्य थिइन  । उनी २०७४ सालमा भएको प्रदेश सभा सदस्य मा निर्वाचित भएकी थिइन । तर गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई आ- आफ्नो बाटो हिड्न फैसला गरेपछि साह एमालेमा लागेकी थिइन । माओवादी छडेर एमालेमा लागेपछि उनको प्रदेश सभा सदस्य पद गएको थियो । तर त्यसको केही समय पछि उनले संघीय सरकारको  ( कृषि तथा पशुपन्छि) मन्त्री बन्ने मौका पाएकी थिइन ।  ज्वाला कुमारी साह नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएकी छिन् ।





यस क्षेत्रमा कांग्रेसको पकड पनि बलियो रहेको र कांग्रेसबाट कोई उम्मेदवार नभएका कारण कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, लोसपा सहितको पांच दलिय गठबन्धन बाट लालबाबु सिंह भुइहार  प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।



प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा मुख्य प्रतिस्पर्धा यादव र साह बीच
बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा मुख्य प्रतिस्पर्धा यादव र साह बीच
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjsyJN23pLg_WxzHuY_vlzey-E6Obq3N7n5UkipH4Q33CQBK1iV2-o8FT4YlMhiM3Zi1icBx5e9RZPx3D4eXbvWANapf_tnv6LMzSXY88txYGYTIyP3LKaYJwGBKQDLA09Lp1Rvf8EZEDkyxNjRrVzPgGPXKMJXpyKkqsC59Xyl8efr7O99d_lj52Olvg/s320/image8__02.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjsyJN23pLg_WxzHuY_vlzey-E6Obq3N7n5UkipH4Q33CQBK1iV2-o8FT4YlMhiM3Zi1icBx5e9RZPx3D4eXbvWANapf_tnv6LMzSXY88txYGYTIyP3LKaYJwGBKQDLA09Lp1Rvf8EZEDkyxNjRrVzPgGPXKMJXpyKkqsC59Xyl8efr7O99d_lj52Olvg/s72-c/image8__02.png
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/10/blog-post_85.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/10/blog-post_85.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content