बर्दिया। मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको जब्दीघाटमा निर्मित पक्की पुल बाढीले बगाएको छ । सो पक्की पुल बाढीले बगाउँदा दुई पालिका बीचको आवागमन अवरुद्ध भएको छ ।
पाँच वर्षअघि बबई नदीको बाढीले क्षति पु¥याएको पुल क्षतिग्रस्त र जोखिमयुक्त भए पनि दुई पालिकालाई छोटो दूरीका रुपमा साइकल, मोटरसाइकललगायत सवारीसाधन तथा मानवीय आवागमनमा सहजता पु¥याइरहेको थियो ।
विपद् व्यवस्थापन समितिको बैठक बसी सडक विभागलाई पुल मर्मत गरी सञ्चालनमा ल्याइदिन अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो । पुल पूर्णरुपमा क्षति भएपछि दुई पालिकाको दूरी बढेको छ । नदीमा पुनः डुङ्गा सञ्चालन गर्नुपर्ने अवस्था आएको छ । पुल बगेपछि स्थानीय चिन्तित भएका छन् ।
प्रतिक्रिया