स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

बारा दुर्घटनाका बालक भन्छन्– बुबाको हात देखेर चिनेँ र मान्छेको थुप्रोबाट निकालेँ

SHARE:

हेटौंडा, जितपुर सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने चालक सहित ३६ जना घाइते छन् । उक्त बसमा सवार केही यात्रुमात्र सामान्य रहेका र धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यही बसमा सवार १५ वर्षीय बालक हुन् बिरोज पाख्रिन ।

बारा घर भएर मकवानपुरगढी बस्ने बिरोज मूलघरको टीका सकेर बिहानै बाराको अमलेखगञ्जमा रहेको घरमा पुग्न बिहान ५ बजे नै हेटौंडा बसपार्क पुगेका थिए । आफ्ना ४५ वर्षीय बुबा ललित पाख्रिनका साथ उनी बस कुर्दै थिए । दसैँका कारण थोरै सवारी र त्यसमा पनि खचाखच भरिएर आएका सवारी साधनहरुका कारण ३÷४ घण्टा बसपार्कमा नै कुर्नुपर्यो । धेरैपछि नारायणगढबाट बीरगञ्जका लागि छुटेको बा ०६–००१ ख ०११० नं को बस बसपार्कमा आइपुग्यो र पाख्रिनका बुबा छोरा चढे । बस बीचबीचमा यात्रुहरु चढाउँदै चुरियामाई मन्दिरनजिक पुगेर रोकियो । त्यहाँ पनि चार जना यात्रु बस चढे । त्यसको केहीबेरमा नै अगाडिबाट ब्रेक फेल भयो भन्ने आवाज आएको उनले सुने । बस चढेका चार यात्रु बस्न नपाउँदै अगाडिबाट बसको ब्रेक फेल भयो भन्ने आवाज सुनिएको उनले बताए ।

टाउको र घुँडामा चोट लागेका बिरोज भन्छन् “ब्रेक फेल भयो भन्ने सुनँे, गाडी यताउता गर्दै गुड्यो, त्यसपछि म त बगरमा पुगेको रहेछु ।” गाडी पल्टेको थाहा नै नभएको बताउदै उनी भन्छन् “झसङ्ग भएर बुबालाई हेरेको देखिन । उहाँलाई मानिसहरुको चेपमा देखेँ । चार जना मान्छे हटाएर बुबालाई तानेर निकालेँ । बुबालाई थिचेका वरपरका अरु यात्रु भने चलमल गर्नुभएको थिएन । उहाँहरुको बीचबाट बुबाको हात बाहिर निस्केको देखेर चिनेँ ।”

बाहिर निकालेपछि प्रहरी आयो । प्रहरीको बसमा बुबासहित अरुलाई पनि हेटौंडाको अस्पतालमा ल्याएको बिरोज बताउछन् । तर दुर्घटनाको कतिबेरपछि प्रहरी घटनास्थलमा पुग्यो भन्ने पत्तो नपाएको उनको भनाई छ । गम्भिर घाइते भएका कारण बिरोजका बुबा ललित पाख्रिनलाई भरतपुर लैजान एम्बुलेन्सको ब्यबस्थापन गरिएको अस्पतालले जनाएको छ । उनका आफन्तहरु पनि सम्पर्कमा आएको उनले बताए ।

त्यसैगरी अर्का घाइते ३५ बर्षीय बस चालक दिप्तनारायण ढकाल बसको ब्रेक फेल भएको थाहा पाएपछि बचाउने प्रयास गर्दागर्दै नसकेको बताउनुहुन्छ । उहाँले आफूले भने हामफालेर ज्यान जोगाएको बताउनुहुन्छ । नारायणगढबाट हेटौंडा हुँदै बीरगञ्जतर्फ गइरहेको बसमा यात्रु चढ्ने र झर्ने क्रम जारी रहेसँगै चुरियामाई मन्दिरमा पुग्दा मुसलधारे पानी परेको र त्यसलगत्तै बसको ब्रेक फेल भएको उहाँ बताउनुहुन्छ । ब्रेक फेल भएको गाडीलाई भित्तामा ठोक्काएर रोक्ने प्रयास गर्दागर्दै टाटासुमो, अटोरिक्सा र मोटरसाइकललाई छल्दै अघि बढ्दा भित्ता नभेटिएर दुर्घटना भएको उहाँको भनाई छ । उक्त क्रममा पुल नजिकै पुग्दा बसलाई नियन्त्रण गर्न सक्ने अवस्था नभएपछि आफु हामफाल्न बाध्य भएको उहाँको भनाई छ ।

बाराका १८ वर्षीय युवक आर्यन भोम्जनले पनि एक्कासी बस तीब्र गतिमा गुडेको थाहा पाएपछि डर लागेको र अगाडिबाट झाडीतिर हाल, भित्तातिर हाल भनेको आवाज सुनेको बताउँछन् । पछाडिको सीटमा रहेका उनी होसमा छँदा चिच्याएको आवाज सुनेको र पछि भने आफैले होस नपाएको बताए । उनको हेटौंडास्थित चुरहिल अस्पतालमा उपचार भइरहेको छ । उहाँको हातको शल्यक्रियाको तयारी हुदैछ ।

बसको ब्रेक फेल भएको प्रारम्भिक अनुसन्धान
आज बिहान करिब १० बजे जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मुनेन्द्र थापाले बताउनुभयो ।

चालकसँग गरिएको अनुसन्धानका आधारमा बसलाई चालकले जोगाउन खोज्दाखोज्दै दुर्घटना भएको देखिएको उहाँको भनाई छ । बस चुरेमन्दिरबाट केही तल पुगेपछि ब्रेक फेल भएको र विभिन्न सवारीसाधन सडकमा गुडिरहेकोले उक्त सवारीसाधनहरुलाई जोगाउँदै गुड्दै गर्दा दुर्घटनामा परेको बुझिएको थापाको भनाई छ ।

अहिलेसम्म हेटौंडा अस्पतालमा १२, चुरेहिल अस्पतालमा दुई, मकवानपुर सहकारी अस्पतालमा दुई र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो ।
हेटौंडामा एम्बुलेन्सको कमी भएका कारण केही घाइतेहरुलाई भने निजी सवारी साधनमा थप उपचारका लागि पठाइएको बताइएको छ । रासस


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: बारा दुर्घटनाका बालक भन्छन्– बुबाको हात देखेर चिनेँ र मान्छेको थुप्रोबाट निकालेँ
बारा दुर्घटनाका बालक भन्छन्– बुबाको हात देखेर चिनेँ र मान्छेको थुप्रोबाट निकालेँ
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/10/BARA-accident-1024x568.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/10/blog-post_61.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/10/blog-post_61.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content