अजय यादव वियोगी
कलैया ,बारा ।
"श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिको ८ अौँ बार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न "
विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिरको प्रचारप्रसार दुनियाँमा नै छ ।मन्दिरको रेखदेखका लागि बनेको समितिले बर्सेनि अाफ्ना गतिविधि सार्वजनिक गर्दै अाएका छन् ।पञ्च बर्षिय मेलाले प्रसिद्ध गढीमाई मन्दिरमा भएका सबै गतिविधिको निगरानी समितिले गर्दै अाएका छन् ।बाराको महागढीमाई नगरपालिका वडा नम्बर -१ मा रहेको श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिको ८ अौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ।श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिको अध्यक्ष एवम् समाजसेवी रामचन्द्र प्रसाद साह तेलीको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि लोसपाकका मधेस प्रदेश अध्यक्ष एवम् मधेस प्रदेशका पुर्व भौतिक तथा पूर्वाधार मन्त्री जितेन्द्र प्रसाद सोनल रहनु भएको थियो।विशिष्ट अतिथिहरुमा जसपाका महासचिव एवम् पुर्व वनमन्त्री रामसहाय प्रसाद यादव , जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख एवम् प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल ,नेकपा माअोवादीका नेता एवम् पुर्व संविधानसभा सदस्य शिवचन्द्र प्रसाद कुशवाहा , जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटी , श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका उपाध्यक्ष, चर्चित समाजसेवी एवम् महागढीमाई नगरपालिका वडा नम्बर -२ का वडाध्यक्ष विश्वनाथ प्रसाद कुशवाहा , जसपाका नेता एवम् पुर्व प्रदेश सभा सदस्य बच्चा राउत अहिर ,लोसपाका नेता एवम् गढीमाई सञ्चालन समितिका पुर्व सचिव मोतीलाल कुशवाहा लगायतका रहनु भएको थियो।
यस्तो अतिथिहरुमा महागढीमाई नगरपालिका वडा नम्बर -८ का वडाध्यक्ष अोहाब अंसारी ,वडा नम्बर -१० का वडाध्यक्ष चन्दन साह ,लोसपाका चर्चित यूवा नेता एवम् पचरौता नगरपालिकाका मेयर प्रत्यासी श्यामप्रसाद गुप्ता ,युवा नेता मुन्ना अंसारी,नेकपा एमालेका प्रभावशाली नेता बलविर प्रसाद चौधरी ,यूवा नेता रामकिशोर प्रसाद यादव , यूवा समाजसेवी नरेश जयसवाल ,श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका सदस्यहरु नरेन्द्र प्रसाद कुशवाहा ,कृष्ण यादव ,त्रिपुरारी साह लगायतका रहनुभएको थियो।श्री गढीमाई मन्दिरको अा.व.२०७८/०७९ को बार्षिक प्रतिवेदन श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका कोषाध्यक्ष एवम् यूवा नेता महेश जयसवाल प्रस्तुत गरेका थिए ।कोषाध्यक्ष जयसवालले ८९ लाख ६८ हजार ९ सय ८५ रुपैयाँ (८९,६८,९८५.०४) कारोबार भएको सार्वजनिक गर्नुभयो।सुन चाँदी पनि भेटि चढाईएको सो अवसर सार्वजनिक गर्नुभयो।जसमध्ये बिन्दी सोनाको २५ थान ,छत्री १४ थान र चाँदी अाँखाको ३२ थान भएको कोषाध्यक्ष जयसवालले सार्वजनिक गर्नुभएको थियो ।प्रमुख अतिथि जितेन्द्र प्रसाद सोनलले गढीमाई विकासमा सहयोगको अावश्यकता रहेको बताउनुभयो।कार्यक्रमको सञ्चालन समितिका सह-सचिव सोनालाल प्रसाद साहले गरेका थिए ।
प्रतिक्रिया