
पोखरा । गण्डकी प्रदेशमा जारी नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज आइतबार विभिन्न खेलहरू हुँदैछन् ।
राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार ९० खेलहरू हुने तालिका रहेको छ ।आज हुने खेलमा एथलेटिक्स पोखरा रङ्गशाला, ब्याडमिन्टन पोखरा रङ्गशालाको कभर्ड हल, महिला क्रिकेट पोखरा रङ्गशाला, पुरुष फुटबल गोस्टेघाट/पोखरा रङ्गशाला, महिला फुटबल वालिङ, टेनिस पोखरा रङ्गशाला, बक्सिङ पोखरा रङ्गशाला, पुरुष भलिबल पोखरा रङ्गशाला, महिला भलिबल म्याग्दी र सफ्ट टेनिस पोखरा रङ्गशाला हुनेछ ।
यस्तै स्क्वास पोखरा रङ्गशाला स्क्वास हल, उसु पोखरा रङ्गशाला कभर्डहल ,पुरुष बास्केटबल पोखरा रङ्गशाला, महिला बास्केटबल तनहुँ, आर्चरी पोखरा रङ्गशाला, शारीरिक सुगठन पोखरा सभागृह र पौडी फिस्टेल एकेडेमी पोखरामा हुनेछ ।
गण्डकी प्रदेशका मनाङ, मुस्ताङ र लमजुङ बाहेकका जिल्लामा जारी राष्ट्रिय प्रतियोगितामा बुद्दिचाल गोर्खा, टेबल टेनिस कोल्माबाहकोट पोखरा, सेपाकताक्रो महिला/पुरुष नवलपुर कावासोती, भारोत्तोलन उद्योग वाणिज्य संघ पोखरा, सुटिङ काठमाडौँ, साइक्लिङ रानीबन पोखरा, प्याराग्लाइडिङ पोखरा सारङकोट, रग्बी महिला/पुरुष भण्डारढिक खेलमैदान पोखरा र कुस्ती गैँडाकोट नवलपुरमा हुनेछ ।
राष्ट्रिय प्रतियोगिता अन्तर्गत नै कबड्डी केसी पोखरा क्याटरिङ, तेक्वान्दो म्याग्दी कभर्डहल, खो खो पोखरा ह्यान्डबल एकेडेमी, आइटिएफ तेक्वान्दो बागलुङ कभर्ड हल, कराते कुश्मा पर्वत, फुलकन्ट्याक्ट कराते पोखरा रङ्गशाला , महिला हक्की गण्डकी बोर्डिङ स्कुल र पुरुष हक्की गौरीशंकर खेल मैदान पोखरामा हुनेछ ।
प्रतिक्रिया