स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

नेकपा एमाले र जसपाको संयुक्तरुपमा सिम्रौनगढको रानीवास बजारमा दिपावली र छठको शुभकामना अादानप्रदान कार्यक्रम सम्पन्न

SHARE:

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"नेकपा एमाले र जसपाको संयुक्तरुपमा सिम्रौनगढको रानीवास बजारमा दिपावली र छठको शुभकामना अादानप्रदान कार्यक्रम सम्पन्न "


बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर -२ मा रहेको एेतिहासिका मन्दिर रानीवास मन्दिरको अगाडिको चौरमा नेकपा एमाले र जसपाको संयुक्तरूपमा शुभ दिपावली र छठको शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न भएको छ।नेकपा एमालेका नेता महेन्द्र प्रसाद जयसवालको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका नेता एवम् पुर्वमन्त्री पुरुषोत्तम पौडेल रहनु भएको थियो।विशिष्ट अतिथिहरु नेकपा एमालेका पोलिट ब्युरो सदस्य एवम् बारा निर्वाचन क्षेत्र नम्बर -१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अच्युत मैनाली ,जसपाका नेता ,मधेस प्रदेशका पुर्व सभामुख एवम् क्षेत्र नम्बर -१ "ख" (२) बाट उम्मेदवार सरोज प्रसाद यादव ,जसपाका केन्द्रीय सदस्य रामबाबु प्रसाद यादव लगायतका रहनु भएको थियो।यस्तै जिल्ला समन्वय समिति बाराका जिल्ला सदस्य चन्देश्वर प्रसाद यादव , निजगढ नगरपालिकाका मेयर सुरथ पुरी ,बारागढी गाउँपालिका अध्यक्ष अशोक प्रसाद जयसवाल ,नेकपा एमालेका नेता केवट चौधरी ,नेकपा एमालेका समानुपातिक तर्फका उम्मेदवार अञ्जु नेपाल ,एमालेका नेता प्रमान्नद सहनी ,जसपाका यूवा नेता रुपेन्द्र प्रसाद कुशवाहा ,एमालेका नेता एवम् प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा ,नेता ताराचन्द साह  ,ढुण्डीराज उप्रेती ,सुनिल पाल,मोतिम अंसारी ,राजेश यादव ,जंगबहादुर यादव मुदर्शन कोईराला ,जसपाका जिल्ला सचिव एवम् यूवा नेता मुरतुजा अंसारी ,नेकपा एमालेका यूवा नेता राकेश यादव ,कुमार पोखरेल ,सुनिल कुशवाहा,विनोद पटेल ,रमेश पासवान ,रामजन्म मुखिया ,बृजकिशोर चौधरी ,नेकपा एमालेका नेता रामेश्वर प्रसाद यादव उमेश साह ,नेकपा एमाले सिम्रौनगढका ईन्चार्ज गगनदेव कुशवाहा ,अादर्श कोतवाल गाउँपालिकाका पुर्व अध्यक्ष मुस्तुफा अंसारी ,अब्दुल रजाक अंसारी लगायतकाको सहभागिता रहेको थियो।अहिलेको सरकार गरिब जनताको हितमा नभएको र जनताको हकहितमा काम गर्न



नसकेको नेकपा एमालेका नेता ,पुर्वमन्त्री एवम् प्रमुख अतिथि पुरुषोत्तम पौडेलले बताउनुभयो ।मंहगी पहिला भन्दा बढेको र सरकारले केही गर्न नसकेको प्रमुख अतिथि पौडेलले अारोप लगाउनुभयो।किसानको समस्या जेवको तेव छ,तर सरकार अनभिज्ञ भएको वहाँले बताउनुभयो।मधेसमा एमाले र जसपाको चुनावी तालमेल भएको सोही अनुरुप बाराको क्षेत्र नम्बर -१मा एमाले र जसपाको गठबन्धन भएको बताउनुभयो।मधेशको विकास हुन नसकेको ,र सबैभन्दा बढी राजश्व मधेश प्रदेशबाट जाने भएको अबको चुनावमा यदि एमाले र जसपाको गठबन्धनको उम्मेदवार विजयी भएपनि कायापल्ट गरिदिने समेत प्रमुख अतिथि पौडेलले ठोकुवा गर्नुभयो ।बारा निर्वाचन क्षेत्र नम्बर -१का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् एमालेका नेता अच्युत मैनालीले देशको ढुकुटीबाट अहिले चापाकाल वितरण गरेर चुनावी प्रचारप्रसार लागेको र देशमा खानेपानीको स्वच्छतामा प्रति प्रश्न उठेको भएपनि समाधान हुन सकेको छैन। सत्ता गठबन्धनका नेतालाई ईंकित गर्दै देशभरिको खानेपानीको रकम अाफ्नो क्षेत्रमा खर्च गरिरहेकाले जनताले अब त्यहीँ चापाकलमा भ्रमित हुन दिन नअाएको

प्रतिनिधि सभाका उम्मेदवार मैनालीले बताउनुभयो।अाफू एक्लै चुनावमा घुमेको भएपनि अाफ्ना प्रतिद्वन्द्वीले एक्लै घुम्न स्थिति नभएको र जनताले अाफुलाई सद्भभाव भएको कार्यक्रममा बताउनुभयो।यस्तै क्षेत्र नम्बर -१ को "ख"(२) बाट जसपाबाट प्रदेश सभाका उम्मेदवार एवम् मधेस प्रदेशका पुर्व सभामुख सरोज यादवले अाफू अहिले मधेश प्रदेशको भावि मुख्यमन्त्री दावेदार भएकोले अाफूलाई नै जिताउन पनि अाग्रह गर्नुभयो।सभामुख भएको बेला अाफ्ना क्षेत्रका सबै वडामा नै प्रदेशको रकम पठाएको ,सडक ,विधालय ,अस्पताल ,मन्दिर ,मस्जिद ,भौतिक पुर्वाधारका काम भएको र सिम्रौनगढ देखि कोल्हबी सम्मको बाटोलाई लाईफ लाईनको रुपमा राखेको समेत बताउनुभयो।यदि जनताले जिताए भने भावि मुख्यमन्त्रीको रुपमा अाफू नै दावेदार भएको सोही अनुरुपको काम क्षेत्र नम्बर -१ "ख" मा गर्न सकिने पनि वहाले बताउनुभयो। २०७९ को शुभ दिपावली र छठको  शुभकामना नेता कार्यकर्ताहरुलाई अादानप्रदान गरेका थिए।स्वागत मन्तव्य पन्नालाल कुशवाहा र कार्यक्रमको सञ्चालन सियाराम यादवले गरेका थिए।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: नेकपा एमाले र जसपाको संयुक्तरुपमा सिम्रौनगढको रानीवास बजारमा दिपावली र छठको शुभकामना अादानप्रदान कार्यक्रम सम्पन्न
नेकपा एमाले र जसपाको संयुक्तरुपमा सिम्रौनगढको रानीवास बजारमा दिपावली र छठको शुभकामना अादानप्रदान कार्यक्रम सम्पन्न
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEimi7-kgcyx76mTlcLDbBXXVqtNmvpkGXX2AgGOUM7pjtzdwDJDTcvhYp_rTHQ4JBheSo7FB0gze2IF_qe6jqtfNoVS506cApAGEQJ2EecgBgC1PmF0K8mSsEtIRZroU4j7x_uNVqVz6pnilOlK9OsTodlrijVpmRza--jE8jOCpag5KjHYfHq1dlKJHQ/s320/received_3355397324779270.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEimi7-kgcyx76mTlcLDbBXXVqtNmvpkGXX2AgGOUM7pjtzdwDJDTcvhYp_rTHQ4JBheSo7FB0gze2IF_qe6jqtfNoVS506cApAGEQJ2EecgBgC1PmF0K8mSsEtIRZroU4j7x_uNVqVz6pnilOlK9OsTodlrijVpmRza--jE8jOCpag5KjHYfHq1dlKJHQ/s72-c/received_3355397324779270.jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/10/blog-post_142.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/10/blog-post_142.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content