स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्दै

SHARE:

लण्डन । बेलायतको कन्जरभेटिभ पार्टीकी नेतृ लिज ट्रसलाई प्रधानमन्त्री बोरिस जोन्सनको उत्तराधिकारीका रूपमा उहाँको दलबाट निर्वाचित गरिएसँगै आर्थिक सङ्कटको सामना गर्न ‘साहसिक’ कदम चाल्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

थेरेसा मे र मार्गरेट थ्याचरपछि ४७ वर्षीया ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री हुनुहुनेछ । बेलायती महारानी एलिजाबेथ द्वितीयासमक्ष वर्तमान् प्रधानमन्त्री जोनसनले राजीनामा बुझाएपछि उहाँले औपचारिक रूपमा पदभार ग्रहण गर्नुहुनेछ ।

विदेश मन्त्री ट्रसले आफ्नो नयाँ जनादेशलाई पुष्टि गर्न राजनीतिक रूपमा खतरनाक समयपूर्व चुनावको दबाबको पनि प्रतिरोध गर्दै ‘२०२४ मा कन्जरभेटिभ पार्टीलाई ठूलो विजय प्रदान गर्ने’ प्रतिज्ञा गर्नुभएको छ ।

एक लाख ७० हजारभन्दा बढी कन्जरभेटिभ सदस्यले गरेको ग्रीष्मकालीन प्रतिस्पर्धामा ट्रसले आफ्ना प्रतिद्वन्द्वी पूर्व अर्थमन्त्री ऋषि सुनकलाई ५७ प्रतिशत मत ल्याएर पराजित गर्नुभएको हो ।

“मैले एक कन्जरर्भेटिभ दलको रूपमा अभियान चलाएँ, र म दलको कम कर र व्यक्तिगत जिम्मेवारीको टोरी मूल्यमान्यताहरूप्रति प्रतिवद्ध भई देशलाई नेतृत्व गर्नेछु,” उहाँले भन्नुभयो । ट्रसले कर कटौती र ऊर्जा सङ्कटलाई सम्बोधन गर्न ‘साहसिक योजना’ को प्रतिज्ञा गर्दै आगामी दिनमा यसको विस्तृत योजना अघि सार्ने समेत बताउनुभएको छ ।

यसैबीच प्रधानमन्त्री जोनसनले ट्रसलाई निर्वाचित भएकोमा बधाई दिँदै ट्वीटरमा लेख्नुभएको छ, “मलाई थाहा छ कि उहाँसँग जीवनयापनको लागतको सङ्कटको सामना गर्ने, हाम्रो पार्टीलाई एकताबद्ध गर्ने र हाम्रो देशलाई एकताबद्ध गर्ने र समावेशी बनाउने महान् कार्यलाई जारी राख्ने सही योजना छ ।” उहाँले थप्नुभयो, “अब सबै कन्जरभेटिभहरूले उहाँको शतप्रतिशत समर्थन गर्ने समय आएको छ ।”

गत जुलाईमा सुनकसहित मन्त्रीहरूले जोनसनको कामप्रति असन्तिुष्टि जनाउँदै सरकारबाट राजीनामा दिने घोषणा गरेपछि उहाँले पनि पदबाट हट्ने इच्छा व्यक्त गर्नुभएको थियो । उहाँको राजिनामाको घोषणासँगै नेतृत्वको प्रतिस्पर्धा सुरु भएको थियो ।


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्दै
ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्दै
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/09/Mantri-0.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/09/blog-post_5.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/09/blog-post_5.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content