Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

चितवनमा ‘स्मार्ट स्वीच’ उत्पादन

चितवन । युवाहरूले चितवनमा विद्युत्को ‘डिजिटल स्मार्ट स्वीच’ प्रविधिको उत्पादन सुरुआत गरेका छन् । नवलपुरको गैँडाकोटमा अवस्थित अक्स्फोर्ड कलेज...

चितवन । युवाहरूले चितवनमा विद्युत्को ‘डिजिटल स्मार्ट स्वीच’ प्रविधिको उत्पादन सुरुआत गरेका छन् । नवलपुरको गैँडाकोटमा अवस्थित अक्स्फोर्ड कलेजबाट बीई इलेक्ट्रिकल इञ्जीनियरिङ पढेका तीन युवाले विद्युत्को डिजिटल स्मार्ट स्वीच बोर्डको उत्पादन सुरु गरेका हुन् ।

स्वीचलाई विभिन्न तीनवटा माध्यमबाट नियन्त्रण गर्न सकिने गरी प्रविधि विकास गरिएको सञ्चालक जीवन दबाडीले बताउनुभयो । डिजिटल स्मार्ट स्वीचलाई औँलाले छोएर, रिमोर्टबाट तथा मोबाइल एप्समार्फत विद्युतीय उपकरणको सञ्चालन तथा बन्द गर्न सकिने उहाँको भनाइ छ । एडभान्सटेक इन्डस्ट्रिज प्रालिमार्फत ती युवाले डिजिटल स्मार्ट स्वीच बोर्डको ‘डिजाइन तथा सफ्टवेयर’को विकास गरेका हुन् ।

भरतपुर–१६ मोहनपुरमा जग्गा भाडामा लिएर २८ लगानीकर्ताको रु १० करोडभन्दा बढी लगानीमा डिजिटल स्मार्ट स्वीच बोर्डको उद्योग सञ्चालन गरिएको उद्योगका अध्यक्ष सुनीलकुमार यादवले बताउनुभयो । अहिले उद्योगले घरायसी प्रयोजनका लागि डिजिटल स्मार्ट स्वीच बोर्डको उत्पादन गरेको भए पनि चाँडै नै उद्योग तथा व्यवसायसहित सम्पूर्ण स्थानमा प्रयोग हुने गरी उत्पादन थालिने उहाँको भनाइ छ । उद्योगको अहिले दैनिक दुई हजार पाँच सय डिजिटल स्मार्ट स्वीच बोर्डको उत्पादन गर्ने क्षमता रहेको जनाउँदै उहाँले जनशक्ति थप गरेर उत्पादनसमेत वृद्धि गरिने जानकारी दिनुभयो ।

उद्योगले पहिलो चरणमा नौ थरिका स्वीच बोर्ड बजारमा ल्याएको छ । अध्यक्ष यादवले फरक दुई आकारका आकर्षक स्वीच बोर्ड उत्पादन भएको जानकारी दिनुभयो । करिब पाँच वर्ष परीक्षण तथा अनुसन्धानपछि उत्पादनलाई बजारमा लैजान लागिएको जनाइएको छ ।

विसं २०७४ मा कलेजको बीई अन्तिम वर्षको ‘प्रोजेक्ट वर्क’ गर्दा माडीका जीवन दबाडी, सप्तरी राजविराजका सुनिलकुमार यादव र बारा निजगढका सागर तिमिल्सिनाको समूहले स्वीच बोर्डको अवधारणाबारे ‘प्राजेक्ट’ बनाउनुभएको थियो । अध्ययनकै सिलसिलामा सिकेका कुरालाई व्यवहारमा उतार्न उद्योगको रूप दिइएको उहाँहरूको भनाइ छ । उद्योगका उत्पादन प्रमुख दबाडीले फाइभ जी टेक्नोलोजीमा आधरित स्वीच बोर्डले विस्तारै उपभोक्ताको मन जित्ने बताउनुभयो ।

बत्ती, पङ्खा, फ्रिज, टिभीलगायतका सम्पूर्ण विद्युतीय उपकरणलाई मोबाइल एप प्रयोग गरी फोनको सहायताले चलाउन वा बन्द गर्न मिल्ने सुविधासमेत स्मार्ट स्वीचमा रहेको उहाँको भनाइ छ । आकर्षक डिजाइनमा तयार रहेका स्मार्ट स्वीच बोर्डको बजारीकरण कार्य शनिबारदेखि नै सुरु भएको जनाइएको छ ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले विद्युतीय बजारमा नयाँ प्रविधि भित्रिएको बताउनुभयो । आर्थिक केन्द्रका रूपमा विकास भइरहेको चितवनबाटै पहिलोपटक स्मार्ट स्वीच बोर्डको व्यावसायिक उत्पादन सुरु हुनु खुसीको कुरा भएको उहाँको भनाइ छ । चितवन उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले घरायसी तथा उद्योग, व्यवसायमा नयाँ प्रविधिको आवश्यकता भएको बताउनुभयो । स्मार्ट स्वीचले सहजता ल्याउने उहाँको भनाइ छ ।

नेपाल विद्युत् व्यवसायी महासङ्घ नेपालका निर्वतमान अध्यक्ष तेजनारायण खरेलले आंशिकरूपमा नेपालमा स्मार्ट स्वीच बोर्ड प्रयोगमा आए पनि पहिलोपटक उत्पादन सुरु भएकामा खुसी व्यक्त गर्नुभयो । समयसापेक्ष डिजिटल स्वीच बोर्ड उत्पादन चितवनबाट हुनु गौरवको विषय भएको उहाँले बताउनुभयो । बजारीकरणमा विद्युत् व्यवसायीले सघाउने प्रतिबद्धता जनाउनुभयो । उत्पादित डिजिटल स्मार्ट स्वीच बोर्डको रु चार हजारदेखि आठ हजार पाँच सयसम्म रहेको छ । रासस


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content