स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

नेकपा (एकीकृत समाजवादी)प्रति जनताको आकर्षण बढेको छः अध्यक्ष नेपाल

SHARE:

कास्की । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थापनाको छोटो समयमै आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको बताउनुभएको छ ।

file photo

मुस्लिम इत्तेहाद सङ्गठनको गण्डकी प्रदेश स्तरीय भेलाको पोखरामा उद्घाटन गर्दै उहाँले आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले पार्टीलाई देशैभर थप स्थापित गर्ने बताउनुभयो । संविधान र लोकतन्त्र जोगाउन तथा समग्र परिवर्तनको रक्षाका लागि पार्टी स्थापना गरिएकाले समेत जनतामा पार्टीप्रति उत्साह बढेको उहाँको भनाइ छ ।

अध्यक्ष नेपालले पार्टीका नेता–कार्यकर्तालाई सङ्गठन निर्माण गरेर चुनावको तयारीमा लाग्न र जनतामा जान निर्देशन दिनुभयो । उहाँले गठबन्धनका दलले एक्लै बहुमत ल्याउँछु भनेर घमन्ड र अहङ्कार नदेखाउन समेत आग्रह गर्नुभयो ।

गत स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित सफलता प्राप्त गर्न नसके पनि पोखरा महानगरपालिका र हेटौँडा उपमहानगरपालिकामा प्रमुख पदमा जित्न सफल भएको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले धेरै स्थानमा पार्टीको चुनाव चिह्न जनतालाई चिनाउन नसकेको र धेरै मत बदर भएकाले समेत अपेक्षित नतिजा प्राप्त हुन नसकेको बताउनुभयो ।

नेपालमा मुस्लिम समुदायमा रहेको गरिबी अन्त्य गर्नुपर्ने खाँचो रहेको बताउँदै अध्यक्ष नेपालले राज्यको तर्फबाट पिछडिएको वर्गका लागि विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद कलिला खातुन, पोखरा महानगरका प्रमुख धनराज आचार्य, मुस्लिम इत्तेहाद सङ्गठनका अध्यक्ष ताज महमद मियाँ लगायतले मुस्लिम समुदायको हक–अधिकारका बारेमा राज्य जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
रासस


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: नेकपा (एकीकृत समाजवादी)प्रति जनताको आकर्षण बढेको छः अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)प्रति जनताको आकर्षण बढेको छः अध्यक्ष नेपाल
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/07/madhav-kumar-nepal-1.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/08/blog-post_89.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/08/blog-post_89.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content