स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

परराष्ट्र नीति संविधानमा उल्लेखित मापदण्डद्वारा निर्देशित छ : प्रधानमन्त्री देउवा

SHARE:

फाइल तस्बिर

काठमाडौँ ।प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको परराष्ट्र नीति संविधानमा उल्लेखित मापदण्डहरूद्वारा निर्देशित रहेको बताउनुभएको छ । साथै उहाँले संयुक्त राष्ट्र सङ्घको वडापत्रमा उल्लेखित सिद्धान्त, असंलग्नता, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्य–मान्यता हाम्रो परराष्ट्र नीतिको सार भएको स्पष्ट पार्नुभएको छ ।

नीति अनुसन्धान प्रतिष्ठानद्वारा शुक्रबार आयोजित ‘अन्तर्राष्ट्रिय सम्बन्ध : नेपाल र विश्व व्यवस्था’ विषयक सम्मेलनको उद्घाटन कार्यक्रममा उहाँले नेपालले सधैँ न्यायपूर्ण, समतामूलक, समावेशी र सबैका लागि निष्पक्ष विश्व व्यवस्थाको कुरा गर्दै आएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “हामी संयुक्त राष्ट्र सङ्घको वडापत्रमा उल्लिखित सिद्धान्तहरूको सम्मान गर्ने विश्व व्यवस्थाको लागि आह्वान गर्छौँ । हामी संयुक्त राष्ट्र सङ्घको केन्द्रमा रहेको बहुपक्षीयतामा दृढ विश्वास गर्छौँ ।”

कोभिड–१९ महामारीले विश्वमै जीविकोपार्जन र अर्थतन्त्रलाई बाधा पु¥याएको बताउँदै उहाँले हालको इन्धन, खाद्यान्न र रासायनिक मलको मूल्य वृद्धिले नेपाललगायत विकासोन्मुख देशहरूमा आर्थिक मन्दीका साथ आपूर्ति शृङ्खलामा संकट उत्पन्न भएको र लागत बढेको धारणा व्यक्त गर्नुभयो । सार्वभौम समानता, क्षेत्रीय अखण्डता, पारस्परिक हित र पारस्परिक लाभले हाम्रो वैदेशिक सम्बन्धको आचरणमा मार्गदर्शन गरेको बताउँदै उहाँले दुवै छिमेकीसँग सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्ध राख्छौँ भन्नुभयो ।

छिमेकी मुलुक, ठूला शक्तिहरू, विकास साझेदारहरू र आप्रवासी कामदारहरूको गन्तव्य देशहरूसँगको सम्बन्ध परम्परागत रूपमा मैत्रीपूर्ण र सहयोगात्मक रहेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय शान्तिमा नेपालको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो ।

नेपालका लागि इजरायलका राजदूत हनन गोदेरले नेपालसँग इजरायलको सम्बन्ध ऐतिहासिक तथा मैत्रीपूर्ण रहेका बताउँदै त्यसयता द्विपक्षीय सहयोग आदानप्रदान हुँदै आएको उल्लेख गर्नुभयो । नेपालस्थित संयुक्त राज्य अमेरिकी दूतावासका कार्यवाहक उपप्रमुख मिसन मार्क टेम्पलरले अमेरिका सदैव नेपालको लोकतन्त्र, मानवअधिकार र आर्थिक समृद्धिमा हातेमालो गर्न चाहन्छ भन्नुभयो । प्रतिष्ठानका निर्देशक डा दीपककुमार अधिकारी र सम्मेलन आयोजक समिति सदस्य सन्दिप रानाले सम्मेलनका उद्देश्य बारेमा अवगत गराउनुभएको थियो ।

आजदेखि तीन दिनसम्म हुने सम्मेलनमा नेपाल र भारतका ४० वर्षभन्दा कम उमेरका सरकारी तथा गैरसरकारी संस्थामा महत्त्वपूर्ण भूमिकामा रहनुभएका करिब एक सय विज्ञ युवाको सहभागिता रहेको बताइएको छ । सम्मेलनमा विज्ञहरूले आफ्ना कार्यपत्रहरू प्रस्तुत गर्ने प्रतिष्ठानका निर्देशक अधिकारीले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा नवीनतम विचार युवा पुस्ताको मस्तिष्कबाट आओस् भन्ने सम्मेलनको मुख्य उद्देश्य रहेको छ । नयाँ पुस्ताले यस विषयमा जे विचारहरू प्रस्तुत गर्नुहुनेछ भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्धका लागि पथपर्दशन बन्नेछ भन्ने आयोजकको विश्वास छ । निर्देशक अधिकारीले नेपालले भविष्यमा कस्ता नीतिहरूको आधारमा विश्वलाई हेर्ने भन्ने विषयमा यस कार्यक्रमले गहन विषयवस्तुको प्रकाशन गर्ने उल्लेख गर्नुभयो ।

सेमिनारमा वातावरण, संस्कृति, विश्व राजनीति, सुरक्षा, शान्ति, स्थिरता, व्यापार, प्रविधिलगायतका विषयमा बेग्लाबेग्लै सत्रमा छलफल हुनेछ । आजको युवा मस्तिष्कले के सोचेको छ र भविष्यमा त्यसलाई कसरी कार्यान्वयन गर्ने लक्ष्य युवाहरूका मनमा रहेको छ भन्ने कुराको यस कार्यक्रमबाट समाजले थाहा पाउने अवसर हुनुपर्दछ भन्ने आयोजकको ध्येय छ । सम्मेलनको समापन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले यही भदौ १२ गते गर्ने तय भएको छ ।


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: परराष्ट्र नीति संविधानमा उल्लेखित मापदण्डद्वारा निर्देशित छ : प्रधानमन्त्री देउवा
परराष्ट्र नीति संविधानमा उल्लेखित मापदण्डद्वारा निर्देशित छ : प्रधानमन्त्री देउवा
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/07/RoS-KTM-PMDeubaSambodhanc-1024x682.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/08/blog-post_786.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/08/blog-post_786.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content