श्री गढीमाई राष्ट्रिय दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

neelambads

रामपुर अस्पतालमा नयाँ भवनबाट सेवा सुरु

955 SHARE:

फाइल तस्बिर

रामपुर (पाल्पा) । भवन अभावकै कारण खुम्चिएर सेवा दिँदै आएको रामपुर अस्पतालले नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको छ ।

सानो र पुरानो भवनमा सेवा दिन बाध्य रहेको अस्पतालले नयाँ भवनको तल्लो तलामा अस्थायी रूपमा बहिरङ्ग कक्ष व्यवस्थापन गरी सेवा दिइएको छ । 

बन्दै गरेको नयाँ भवनबाट सेवा दिन थालेपछि अहिले अस्पतालमा सेवाग्राहीको चाप बढेको अस्पताल प्रमुख नेत्रनारायण पोखरेल बताउनुहुन्छ । उहाँका अनुसार नयाँ भवनमा बहिरङ्ग सेवा सुरु भएपछि हाल एक सयभन्दा बढी सेवाग्राही थपिएका छन् । साँघुरो भवनको बाहिर घण्टौँसम्म लाइन लागेर बिरामी पालो कुरेर बस्नुपर्थ्यो । कतिपय बिरामी पालो पर्खन अप्ठ्यारो मानेर स्वास्थ्य जाँच नै नगरीकन पनि फर्कन्थे । 

“नयाँ भवनमा सेवा सुरु गरेपछि बिरामीको चाप ह्वात्तै बढेको छ, पुरानो सानो भवनमा रहँदा चिकित्सकलाई सेवा दिन र सेवाग्राहीलाई सेवा लिन अप्ठ्यारो स्थिति रहेको थियो, अहिले अस्पताल भित्रै सेवाग्राहीलाई बस्ने व्यवस्था मिलाइएको छ”, अस्पताल प्रमुख पोखरेलले भन्नुभयो ।

नयाँ भवनको पहिलो तलामा सञ्चालन भएको सेवा नागरिकले सहज रूपमा लिन पाएका छन् । बिरामीलाई आरामदायी बस्ने व्यवस्था, टिभी, खानेपानी लगायतको सुविधा उपलब्ध छ । यसले गर्दा बिरामी धैर्य गरेर पालो पर्खेर स्वास्थ्योपचार सकेर फर्कने गर्दछन् । 

पुरानो भवनमा दैनिक दुई सयदेखि दुई सय ५० बिरामी आउने गरेकामा हाल नयाँ भवनमा सरेपछि तीन सयदेखि तीन सय ५० सम्म बिरामी उपचाररत रहेको अस्पतालले जनाएको छ । 

आकस्मिक सेवामा पनि बिरामी बढिरहेका छन् । दैनिक ३० देखि ४० आउने गरेको पाइएको छ । सेवाग्राहीलाई सहज रूपमा सेवा दिन अस्पतालका चिकित्सक, कर्मचारी र समितिको समन्वयमा भवनको पूरा काम नसकिँदै सेवा पुनः सञ्चालन गरेको अस्पताल विकास समिति अध्यक्ष रामप्रसाद ढकाल बताउनुहुन्छ । 

“भिडियो एक्स–रे, फिजियोथेरापी, परामर्श सेवा, शल्यक्रियामार्फत प्रसूति सेवा लगायतका यहाँबाट दिने सेवालाई प्रभावकारी रूपमा सञ्चालन गरिएको छ, बिरामीले सेवा लिन समस्या भयो भन्ने गुनासो नआउने गरी काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

यस अस्पतालमा हाल ६ जना मेडिकल अधिकृत, एक जना कन्सल्टेन्ट डाक्टरबाट सेवा प्रवाह भइरहेको छ । अस्पतालले चौबिसै घण्टा आकस्मिक, फार्मेसी र उपचार सेवा दिइरहेको छ । नियमित रूपमा भिडियो एक्स–रे सेवा भएकाले पनि बिरामी दैनिक जसो बढ्दै छन् । 

दैनिक २० देखि २५ जनाले भिडियो एक्स–रे सेवा लिँदै आएका छन् ।  अस्थायी रूपमा भएपछि नयाँ भवनबाट सेवा सञ्चालन भएपछि सेवाग्राहीले राम्रोसँग सेवा पाएको र सेवा लिन आउँदा पहिला जसो अप्ठ्यारो परिस्थिति नरहेको बताउनुहुन्छ, अस्पताल विकास समितिका पूर्व उपाध्यक्ष तथा स्थानीयवासी फणेश्वर गौतम ।

“पहिला अस्पतालभित्र बिरामीलाई बस्ने ठाउँ थिएन, ठुलो चाप हुँदा अस्पताल प्राङ्गणमा बाहिर टन्टलापुर घाममा उभिएर बस्नुपर्ने समस्या थियो, अहिले भने यी समस्या छैन, नयाँ भवनमा ओपिडी सेवा सुरु भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको छैन”, उहाँले भन्नुभयो । 

यहाँ शल्यक्रियामार्फत प्रसूति सेवा दिन थालेपछि सदरमुकाम तानसेन, बुटवल, पोखरा लगायतका स्थानमा प्रसूति हुन जाने क्रम घट्दै गएको छ । एक महिनामा चार जनासम्म शल्यक्रियामार्फत प्रसूति हुने गरेको नर्स सुनिता गौतम बताउनुहुन्छ । 

यसअघि प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा सञ्चालित हुँदै आएकामा औषधोपचार सेवाको दायरा बढाउन विसं २०७२ मा ५० शय्याको अस्पतालका रूपमा स्तरोन्नति भएको हो । 

भौतिक पूर्वाधार लगायतका सेवा अभावका कारण भने विशेषज्ञ सेवा दिन भने समस्या परेको छ । यहाँ निर्माणाधीन भवन समयमा नै सम्पन्न नहुँदा विशेषज्ञ सेवा प्रभावित बनेको हो ।

भौतिक संरचना अभावमा साँघुरो संरचनामा बसेर सेवाग्राहीलाई सेवा दिन समस्या परेको पटक–पटक कर्मचारी तथा सेवाग्राहीले आवाज उठाउँदै आएका थिए । भवनको काम पूरा सम्पन्न नभए पनि पहिलो तलाबाट अस्थायी रूपमै भए पनि अस्पतालले सेवा दिन थालेपछि उपचारमा समस्या झेल्नु नपरेको सेवाग्राहीको भनाइ छ ।

१५ शय्याको क्षमतामा सञ्चालित रामपुर अस्पतालमा घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले क्षमता बढाएर ५० शय्याको सुविधा सम्पन्न भवन निर्माण कार्य थालनी गरिएको हो । 

स्वास्थ्य क्षेत्र नागरिकको पहिलो प्राथमिकता भएकाले काली गण्डकी बेँसीका पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर गरी चार जिल्लाका नागरिकलाई लक्षित गरी विगत छ वर्षअघि ५० शय्याको अस्पताल निर्माण अगाडि बढाइयो । निर्माणको समय लम्बिँदै गए पनि अस्पताल भवनको संरचना निर्माण कार्य भने सुस्त गतिमा हुँदा नागरिकले सास्ती खेप्नु प¥यो ।

विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भई रामपुरमा स्वास्थ्य उपचार सेवा सञ्चालनमा ल्याइएको हो । प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि यहाँका नागरिक त्यस समय औधी खुसी थिए । 

स्वास्थ्य सेवाबाट टाढा रहेका पाल्पाको पूर्वी क्षेत्रका नागरिकलाई यहाँको स्वास्थ्य केन्द्रबाट सेवा उपभोग गर्न पाउँदा ठुलै स्वास्थ्योपचार सेवा पाएको आभास हुन्थ्यो । ज्वरो, रुघाखोकी, टाउको दुख्ने जस्ता सामान्य उपचारका लागि सदरमुकाम तानसेन पैदल हिँडेर जानुपर्ने समस्या त्यस समयदेखि क्रमशः ः कम हुँदै गयो । 

गाउँमा प्राथमिक स्वास्थ्य केन्द्रबाट औषधि उपचार सेवा सुरु भएपछि घरायसी उपचारमा आश्रित नागरिकहरू स्वास्थ्य केन्द्रमा धाउन थाले । सेवाको क्षेत्रलाई विस्तार गरी ०६७ मा १५ शय्यामा स्तरोन्नति भई सेवा दिँदै आएको यस अस्पताल ०७२ मा ५० शय्याका रूपमा स्तरोन्नति भई हाल अस्पतालका रूपमा सञ्चालन हुँदै आएको छ । 

सरकारको रु २२ करोड २२ लाख पाँच हजार तीन सय ८३ को अनुमानित लागतमा बोलपत्र आह्वान भएकामा रबिना कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग करिब रु साढे १८ करोडको लागतमा सम्झौता भई सो भवन निर्माण भइरहेको छ । 

आर्थिक वर्ष २०७२÷७३ को पुसबाट निर्माण कार्य सुरु गरिएको हो । आगामी असोजभित्रमा निर्माणको काम सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि महम्मद अन्सारु बताउनुहुन्छ । 

विसं २०७५÷०७÷१६ गते नयाँ भवन निर्माणको काम सम्पन्न गर्ने अन्तिम मिति रहे पनि समयमा नै निर्माणको कार्य सम्पन्न हुन नसकेपछि पटक–पटक म्याद थप हुँदै आएको छ । ट्रस्ट, बाहिरी भागमा टायल लगायतको काम बाँकी छ ।

अस्पतालमा नौ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । प्रसूति, बच्चा बच्चीको उपचार सेवा, रेडियोलोजिष्ट (एक्स–रे), जनरल फिजिसियन, एनसथेसियालोजिष्ट (शल्यक्रिया गर्दा बेहोस बनाउने), कन्सल्टटेन अर्थो सर्जन, कन्सल्टटेन सर्जन, कन्सल्टटेन साइक्याट्रिक्स (दिमागसम्बन्धी) जस्ता विशेषज्ञ सेवा तोकिएको छ । भवनकै कारण दरबन्दी अनुसारका चिकित्सकको अभावमा विशेषज्ञ सेवा दिन सकिएको छैन । अस्पतालमा एघारौँ तह (एक जना प्रमुख मेडिकल सुपरिटेन्डेन्ट) चिकित्सकको दरबन्दी छ । 

अस्पतालमा निर्माणाधीन भवन समयमा नै सम्पन्न नहुनु अर्कोतर्फ भूगोलका हिसाबले ग्रामीण भेग । पाल्पाको सदरमुकाम तानसेनदेखि ग्रामीण भेगमा पर्ने रामपुर करिब ६५ किलोमिटर पूर्वमा अवस्थित हुँदा विशेषज्ञ चिकित्सक यहाँ आएर नागरिकलाई सेवा दिन झट्ट तत्पर हुँदैनन् । अस्पतालमा विशेषज्ञ सहितको सेवा उपभोगमा भूगोल र भवन अभाव बाधक हो । रासस


COMMENTS

 


thedesigners7
Name

news,1026,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,8,समाचार,7,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: रामपुर अस्पतालमा नयाँ भवनबाट सेवा सुरु
रामपुर अस्पतालमा नयाँ भवनबाट सेवा सुरु
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/02/rampur-hospital-1-1024x682.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/08/blog-post_31.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/08/blog-post_31.html
true
8891381760893256154
UTF-8
अन्य अपडेटसहरु केही भेटिएन सबै हेर्नुहोस् विस्तृतमा पढ्नुहोस उत्तर Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy