स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

प्रादेशिक अस्पताल कलैयामा कुरुवा घर र डिप बोरिङ नहुँदा सेवाग्राहीहरुमा मारमा ,सम्बन्धित निकाय मौन

SHARE:

 सन्दिप यादव  

कलैया ,बारा 

"प्रादेशिक अस्पताल कलैयामा कुरुवा घर र डिप बोरिङ नहुँदा सेवाग्राहीहरुमा मारमा ,सम्बन्धित निकाय मौन"


स्वास्थ्य नै धन हो ।यो भनाई प्रचलित हो ।तर अहिले अरुको स्वास्थ्य राम्रो बनाउन अाउने अाफै अस्वस्थ भएर जाने स्थिति बाराको प्रादेशिक अस्पताल कलैयामा रहेको छ ।जिल्ला अस्पतालबाट प्रादेशिक अस्पतालमा उन्नति गरिएका अस्पतालको अवस्था खस्दो अवस्थामा रहेको छ ।मधेस प्रदेश सरकारले प्रादेशिक अस्पताल कलैया नाम दियो तर त्यही जिल्ला कै बजेट ।मधेस प्रदेश सरकारले अस्पताललाई अहिले मेडिकल सुपरिटेन्डेन्ट उपलब्ध गराउन सकेको छैन ,निमित्त मेडिकल सुपरिटेन्डेन्टको भरमा अस्पताल सञ्चालनमा रहेका छन् ।प्रादेशिक अस्पताल कलैयामा कुरुवा  घर र डिप बोरिङ अति अावश्यकता भएपनि अाश्ववास बाहेक केही नभएको अस्पताल प्रशासनका प्रमुख केबिन्द्र प्रसाद यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।अस्पतालमा अधिकाँश   करारको कर्मचारीले तलब पुगिरहेको छैन ,त्यसमा पनि अहिले कुरुवा बस्ने घर कहाँबाट बनाउने भने अस्पताल प्रशासनले सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराएको भएपनि अहिले सम्म कहिकतैबाट सहयोग नपाएपछि कुरुवालाई राति अस्पतालमा बस्न धेरै कठिन हुने गरेको ,कहिलेकाही बस्ने स्थिति सृजना हुने गरेकोले अस्पतालकै ठुलो समस्याको रुपमा रहेकाले यसतर्फ सम्बन्धितको ध्यान जानू जरुरी रहेको प्रशासन शाखा प्रमुख यादवले बताउनुभयो ।यस्तै अस्पतालमा डिप बोरिङको अति अावश्यकता छ तर हामीले बारा जिल्लाकै अहिले केन्द्रीय खानेपानी मन्त्री भएका उमाकान्त चौधरी कहाँ भेटेर नै मन्त्रालयमा सबै जानकारी गराउँदा मन्त्रीबाट बजेट सम्बन्धमा अाश्ववासनको पत्र बाहेक केही उपलब्ध हुन नसकेको प्रशासन शाखा प्रमुख केबिन्द्र प्रसाद यादवले बताउनुभयो


।अस्पतालमा अहिले पानीको समस्याले प्रसुति गृह देखि लिएर सबै वार्डमा सरसफाइ गर्न समस्या हुनुको साथै अधिकाँश काम बाँकी रहन थालेको समेत प्रशासन शाखा प्रमुख यादवले बताउनुभयो ।अस्पताल विकास समिति विहिन रहेका बेला अस्पताललाई अहिले झन् अार्थिक संकट अाई परेको समेत प्रशासन शाखा प्रमुख यादवले बताउनुभयो ।केन्द्र र प्रदेश सरकारले समयमा अस्पतालमा जनशक्तिको पूरा गर्न नसक्दा १८ घण्टा सम्म डाक्टर खटिने अवस्था सृजना समेत भएको छ ,तर सम्बन्धित सरोकारवालाको ध्यान गएको छैन ,दिनहुँ ४ सय देखि ५ सय सम्म पुर्जी काटिने गरेको हप्तामा ३हजार देखि ४ हजार सम्मको बिरामीको व्यवस्थापन गर्नु चानचुने कुरा नभएको प्रशासन शाखा प्रमुख यादवले बताउनुभयो ।तर बाराबासीको स्वास्थ्य स्थिति मजबुत बनाउन अाफूहरुले कार्य तालिकाभन्दा बढी नै काम गर्ने गरेको बताउनुभयो ।मेडिकल सुपरिटेन्डेन्ट गएको अवस्था ,विकास समितिको अध्यक्ष नभएको तथा यस क्षेत्रका साँसद ,विधायकको ध्यान नगएका कारण अहिले जिल्लाबासीको ध्यान जानु जरुरी रहेको अस्पताल प्रशासन शाखाले जानकारी दिएका छन् । बारा जिल्लाको क्षेत्र न. ३ को "ख " का माननीय  पारस  प्रसाद साह द्रारा अस्पतालमा दात चेक गर्ने मेसिन सामाग्री उपलब्ध गराउनु भएका थियो ।बारा जिल्लाको क्षेत्र न. ३ का प्रतिनिधि सभा सदस्य माननीय  रामबाबु कुमार यादव को पहलमा स्वास्थ मन्त्रालय बाट एउटा गाडी उपलब्ध गराउनु भएको थियो  । बारेमा केहीदिन अगाडि समाचार प्रकाशन भएपछि अस्पतालका अधिकाँश गतिविधि बाहिर अाउन थालेका छन् ।करोडौंको बजेट अाउने अस्पतालको अवस्था यस्तो अाएकोमा दुख भएको सेवाग्राही मालती देवी महतोले बताईन


।जिल्ला भरिका मानिस अस्पतालमा अाउँछ तर राति कुरुवालाई बस्ने ठाउँ नहुनु अाफै लज्जास्पद रहेको समेत सेवाग्राही महतोले बताईन ।अहिले अस्पतालको निमित्त डाक्टर विकेश पाण्डेयले कार्यभार सम्हालेर अस्पताल सञ्चालन गरिरहेका छन् ।ईमर्जेन्सी वार्डमा केही दिन अगाडि काम गर्ने कर्मचारीले गल्ती गरेको कुरा सार्वजनिक भएपछि अस्पताल प्रशासनले अहिले सबै कर्मचारी तथा डाक्टर माथि कडाई गरेको समेत अस्पताल प्रशासनले जानकारी दिएका छन् ।सम्बन्धित निकायको ध्यान नगए अस्पतालको अवस्था डमाडोल हुने स्वास्थ्य क्षेत्रका विज्ञहरुको भनाई रहेको छ ।समयमै सम्बन्धित निकायको ध्यान पुगोस्  ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: प्रादेशिक अस्पताल कलैयामा कुरुवा घर र डिप बोरिङ नहुँदा सेवाग्राहीहरुमा मारमा ,सम्बन्धित निकाय मौन
प्रादेशिक अस्पताल कलैयामा कुरुवा घर र डिप बोरिङ नहुँदा सेवाग्राहीहरुमा मारमा ,सम्बन्धित निकाय मौन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhbH7NaUmUaadRJWXsyKOx3gzm-1TZ_LyUZIaXqoQJJA4HbSEzY9xrqY4cs7Uy9dhF-OZewSnOmHMV0TtLdgrsB-4ZTLbi2377a1KqIOkiPgiXP9Ywhf_MRkYcPn15vLgQp3O-Mx28miUmzxHcj6qZyPnJMfVD1gw_VA4-KIHF7LWUsx9X2lG_SYXM24Q/s320/image4__02.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhbH7NaUmUaadRJWXsyKOx3gzm-1TZ_LyUZIaXqoQJJA4HbSEzY9xrqY4cs7Uy9dhF-OZewSnOmHMV0TtLdgrsB-4ZTLbi2377a1KqIOkiPgiXP9Ywhf_MRkYcPn15vLgQp3O-Mx28miUmzxHcj6qZyPnJMfVD1gw_VA4-KIHF7LWUsx9X2lG_SYXM24Q/s72-c/image4__02.png
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/08/blog-post_174.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/08/blog-post_174.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content