अजय यादव वियोगी
कलैया ,बारा ।
"बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -७ मा चट्याङ लागेर एक यूवक मृत्यु "
बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -७ सनफुलवामा चट्याङ लागेर एक युवकको मृत्युु भएको छ ।बाबुलाल प्रसाद यादवको छोरा अन्दाजी २० बर्षिय धिरज कुमार यादवको अाज दिउँसो १:०० बजेको समयमा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो । साथै चट्याङबाट सोही ठाउँ बस्ने २८बर्षिय नेतालाल पंडित र भरोस प्रसाद यादवको ८ बर्षिय छोरी रुबी कुमारी यादव समेत घाइते प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता थापाले बताउनुभयो ।घाइते दुवै जनाको स्थानीय मेडिकलमा उपचार भईरहेको समेत प्रवक्ता थापाले बताउनुभयो ।जिल्ला प्रहरी कार्यालय बाराबाट गएको टोलीले मृतकको बारेमा मुचुल्का समेत उठाएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन् ।सुवर्ण गाउँपालिका वडा नम्बर -७ सनफुलवामा चट्याङ लागेर युवक धिरज कुमार यादवको मृत्यु खबर सुन्ने बितिकै सान्त्वना दिन सुवर्ण गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादव ,नेपाली काँग्रेसका युवा नेता सतेन्द्र यादव ,वडा नम्बर -७ का
वडाध्यक्ष जितेन्द्र प्रसाद यादव ,समाजसेवीद्वय कन्हैया प्रसाद यादव ,संतोष केशरी ,सुवर्ण गाउँपालिकाका कार्यपालिका सदस्य विजय सिँह ,सनफुलवाका स्थानीय नेता रामप्रवेश प्रसाद यादव लगायतको टोली नै घरमा पुगि अाफन्तजनलाई सान्त्वना दिएका छन् ।सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादवले पालिकाबाट सक्दो सहयोग गर्न अाफू तयार रहेको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।दुखद घटना घटेको छ ,यसप्रति म अाफै धेरै दुखि भएको छु ,साथै सुवर्ण गाउँपालिकाका लागि अतुलनीय क्षति भएको गाउँपालिका अध्यक्ष यादवले बताउनुभयो ।विपत्त बाजा बजाएर नै अाउँदैन तर यसबाट परेको अतुलनीय क्षतिले वडा नम्बर -७ सनफुलवामा सनाटा नै छाएको भएपनि दैविक प्रकोपलाई कसैले रोक्न नसक्ने गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादवले बताउनुभयो ।सुवर्ण गाउँपालिकाको हरेक जनता काममा अगाडि बढेर ईतिहास नै बनाउन खोजेको र घटनाको खबर प्राप्त हुनेबित्तिकै नै सबै जना त्यहाँ पुगेको नेपाली काँग्रेसका यूवा नेता सतेन्द्र यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।मानवको सेवाभन्दा अर्को कुनै सेवा नै नभएको दुख सुखमा सधै साथ रहने यूवा नेता यादवले बताउनुभयो ।यस घटनाले सुवर्णगाउँपालिकाबासी चिन्तित भएका छन् ।
प्रतिक्रिया