श्री गढीमाई राष्ट्रिय दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

neelambads

कामनपा प्रमुख शाहद्वारा ठमेलको फोहर व्यवस्थापनमा चासो

955 SHARE:

काठमाडौँ ।राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलको फोहरमैला व्यवस्थापन तथा सौन्दर्यकरणका लागि काठमाडौँ महानगरपालिका (कामनपा) ले चासो देखाएको छ ।

महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले शुक्रवार ठमेल क्षेत्रको स्थलगत अवलोकन गर्दै त्यस क्षेत्रमा रहेका समस्या समाधानका लागि सरोकारवालासँग छलफल गर्नुभएको हो । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा बिहान ठमेल भ्रमण गर्नुभएका नगरप्रमुख शाहले ठमेलको छाँया सेन्टर परिसरको सडकमा पर्यटन व्यवसायी तथा घरधनीसँग अन्तरक्रिया गर्नुभएको छ ।

सो अवसरमा परिषद्ले ठमेलको प्रमुख समस्याको रुपमा रहेको फोहर व्यवस्थापन, तार तथा होर्डिङ बोर्ड, सिसी क्यामरा व्यवस्थापन, ढल, सडक तथा सडकबत्ती व्यवस्थापनलगायत समस्या समाधानका उपायसहित १० बुँदे ज्ञापनपत्र नगरप्रमुख शाहलाई बुझाएको छ । परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल सुधार्ने माग र सुझावसहितको ज्ञापनपत्र नगरप्रमुख शाहलाई हस्तान्तरण गर्नुभयो । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख शाहले ठमेल क्षेत्रको समस्याबारे कामनपाले वडा कार्यालयसँगको समन्वयमा थप अध्ययन गरेर समस्याको समाधान गरिने विश्वास व्यक्त गर्नुभयो ।

परिषद्का अध्यक्ष शर्माले ठमेल क्षेत्रको समग्र समस्याको अध्ययन गरी ज्ञापनपत्र बुझाइएको बताउनुभयो । नगरप्रमुख शाहलाई ठमेलको स्थलगत रुपमा समस्याको अवगत गराइएको थियो । ज्ञापनपत्रमा सडक बालबालिका, सडकमा माग्ने र ठेलागाडा व्यवस्थापन, सार्वजनिक शौचालय व्यवस्थापन, ठमेल सडक महोत्सव, परिषद्को भवन निर्माण गर्न जग्गा व्यवस्थापन, तालिमलगायत माग सम्बोधन गरिदिन महानगरलाई आग्रह गरिएको छ ।


COMMENTS

 


thedesigners7
Name

news,986,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,8,समाचार,7,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: कामनपा प्रमुख शाहद्वारा ठमेलको फोहर व्यवस्थापनमा चासो
कामनपा प्रमुख शाहद्वारा ठमेलको फोहर व्यवस्थापनमा चासो
https://onlineradionepal.gov.np/wp-content/uploads/2022/07/Balen-sabha-griha-1024x546.webp
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/07/blog-post_124.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/07/blog-post_124.html
true
8891381760893256154
UTF-8
अन्य अपडेटसहरु केही भेटिएन सबै हेर्नुहोस् विस्तृतमा पढ्नुहोस उत्तर Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy