बारा, ३० जेठ ।
प्रहरी चौकी गंजभवानीपुर बाराले महागढिमाई न.पा. वडा नं १० गंजबवानीपुर स्थित एउटा मदिराभट्टीमा तोडफोड गरी मदिरा नष्ट गरेको छ ।
आज बिहान साढे ९ बजे प्र.ब.ना.नि नारायण साहको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले प्रभु महतो र भोला रामले लुकाई छिपाई संचालन गरेको मदिरा बनाउने भट्टि फुटाई सो भित्र रहेको कच्चा पदार्थ तयारी मदिरा भाडा कुडा नियन्त्रणमा लिई नष्ट गरेको छ ।
प्रहरीले सो ठाउँबाट कच्चा पदार्थ – ७७५ लिटर र तयारी मदिरा ४५ लिटर नष्ट गर्नुका साथै तामाको मेशिन– २ थान नियन्त्रणमा लिएको छ ।
यसैगरी ई.प्र.का.अमलेखगन्जले विभिन्न सामान नियन्त्रणमा लिएको छ ।
जेठ २९ गते राति साढे १० बजेतिर बारा जितपुरसिमरा उ.म.न.पा.२१ पुर्ब पश्चिम लोक राज मार्ग सडकखण्डमा भैरहवाबाट मिर्चैया जादै गरेको ना.५. ख.७७०५ न.को ट्रक चेक जाँच गर्दा रोडा भेटर ९ थान र अन्य पार्ट पुर्जाहरू समेत गरी तेह्र लाख छयासी हजार बराबरको सामान नियन्त्रणमा लिएको जिप्रका, बाराले जनाएको छ ।
प्रतिक्रिया