श्री गढीमाई संवाददाता
रौतहट ,
"कक्षा -१० अध्ययनरत बिधार्थीको बिदाई कार्यक्रम सम्पन्न "
रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर -४ मा रहेको श्री सरस्वती माध्यमिक विधालय हर्दिया पल्टुवामा कक्षा -१० मा अध्ययनरत बिधार्थीको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।विधालयका प्रधानाध्यापक ब्रह्मनारायण राय यादवको अध्यक्ष्ातामा उक्त बिदाई कार्यक्रम सम्पन्न भएको हो । बिदाई कार्यक्रममा विधालयका सम्पूर्ण शिक्षक ,शिक्षिका तथा अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।विधालय प्रशासनले बिधार्थीको मनोबल बढाउनको लागि प्रत्येक साल बिदाई कार्यक्रम गर्दे अाएका छन् ।२०७८ सालको एस.ई.ई. दिने बिधार्थीको बिदाई भव्यता साथ गरिएको विधालय प्रशासनले जानकारी दिएका छन् ।कक्षा -१० का अध्ययनरत बिधार्थी कुशल प्रधानाध्यापक ब्रह्मनारायण राय यादवको कार्यप्रति अाफूहरु नस्तमस्तक समेत भएको बताएका थिए ।विधालयको वातावरण राम्रो भएकाले कुनै कठिनाई महशुस नभएको कक्षा -१० का बिधार्थीहरुले बताएका छन् ।रौतहट जिल्लामै यो विधालयले अलग पहिचान बनाउदै गएका छन् ।
प्रतिक्रिया