बाराका दुई उपमहानगरपालिका भ्रष्टाचारमा पहिलो र दोस्रो
चैत १० गते ।
कलैया , बारा । बाराको जितपुर सिमरा र कलैया दुई उपमहानगरपालिका भ्रष्टाचारमा पहिलो र दोस्रो स्थानमा रहेका छन् ।
अख्तियार अनुसन्धान आयोग हेटौंडाले बाराको कलैयामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धन अन्तर्क्रियामा सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धि उजुरीको तथ्यांकमा मधेश प्रदेशमै बाराको जितपुर सिमरा र कलैया दुई उपमहानगर पहिलो र दोस्रो स्थानमा रहेका हुन् ।
उल्लेखित तथ्यांकको आधारमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जितपुर सिमरा उपमहानगरको ७६ भ्रष्टाचारका उजुरीमध्ये ३७ वटा फर्छ्यौट भएको र बाँकी गम्भीर प्रकृतिका तथ्य सहितको उजुरी रहेकोले अनुसन्धानको क्रममा रहेको छ भने कलैया उपमहानगरको ५४ उजुरी मध्ये २९ उजुरी फर्छ्यौट भएको र २५ उजुरी फर्छ्यौट हुन बाँकी रहेको जनाइएको छ ।
यसअघि प्राकृतिक श्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मुल्यांकनमा सबैभन्दा कम अंक ल्याउने पालिकामध्ये जितपुर सिमरा उपमहानगर दोस्रो स्थानमा रहेको र कलैया उपमहानगरले ५० अंक समेत ल्याउन नसकेको तथ्यांक सार्वजनिक भइसकेको छ ।
प्रतिक्रिया