श्री गढीमाई संवाददाता
कोल्हबी ,बारा ।
"बाराको कोल्हबीमा अखिल महिला संघले ११२अौँ अन्तर्राष्ट्रिय नारी दिवस भव्यरुपले मनाए"
"सामाजिक न्याय र लैङ्िगक समानता दिगो विकासको सुनिश्चितता " भन्ने नाराका साथ नेपालमा भव्यरुपले अन्तर्राष्ट्रिय नारी दिवस मनाएझै बाराको कोल्हबीमा पनि मनाईएको छ ।अखिल महिला संघ कोल्हबीको अायोजनामा भव्यरुपले कोल्हबी नगरपालिकाको वडा नम्बर -५ माछा गाउँले प्रख्यात मधुवनको विधालय प्राङ्गणमा मनाएका छन् ।अखिल महिला संघ कोल्हबीकि रामबलिया देवी मुखियाको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा माअोवादी केन्द्र कोल्हबीका नेता रामचन्द्र सफि(बैठा) रहनुभएको थियो ।विशिष्ट अतिथिहरु नेकपा माअोवादी केन्द्र कोल्हबीका कोषाध्यक्ष एवम् जिउँदो माछा व्यावसायी संघका केन्द्रीय अध्यक्ष जंगबहादुर साह ,अखिल महिला संघ कोल्हबीका उपाध्यक्ष संगीता ढकाल रहेकि थिईन ।कार्यक्रममा अमृत जिया ,सिवगोविन ,सत्यनारायण यादव र उदयनारायण सिँह लगायत २०० दुई सय भन्दा बढीको सहभागिता रहेको थियो ।महिलाको सम्मान भए मात्र समाजको उन्नति हुने भन्ने वक्ताहरुले अाफ्ना धारणा राखेका थिए ।नारी दिवसको कार्यक्रम भव्य र सभ्य ढंगले भएको कोल्हबी नगरका कोषाध्यक्ष जंगबहादुर साहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।कार्यक्रमको सञ्चालन किशोर बस्नेत गरेका थिए ।
प्रतिक्रिया