अजय यादव वियोगी
कलैया ,बारा ।
"कलैया उपमहानगरपालिका -१२ धर्मनगरमा बर्थिङ्ग सेन्टरको उद्घघाटन कार्यक्रम सम्पन्न "
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -१२ मा रहेको धर्मनगर स्वास्थ्य चौकीमा अाज एक कार्यक्रमको बिच बर्थिङ्ग सेन्टरको उद्वघाटन कार्यक्रम सम्पन्न भएको छ ।वडा नम्बर -१२का वडाध्यक्ष राजेश्वर प्रसाद केशरीको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका मेयर एवम् नेपाली काँग्रेस बाराका जिल्ला सभापति राजेश राय यादव रहनुभएको थियो ।विशिष्ट अतिथिहरुमा कलैया
उपमहानगरपालिकाका उपमेयर रहिमा खातुन , पुर्व भौतिक राज्यमन्त्री कलावती देवी पासवान ,कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु प्रसाद साह रहनु भएको थिए ।अतिथिहरुमा नेपाली काँग्रेस क्षेत्र नम्बर -२ का सभापति एवम् यूवा नेता रामप्रवेश प्रसाद यादव ,श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय धर्मनगरका प्रधानाध्यापक भरतप्रसाद केशरी ,प्रशासकीय अधिकृत मुुस्तुफा अंसारी ,धर्मनगर स्वास्थ्य चौकीका ईन्चार्ज सनोज कुमार जयसवाल ,सशस्त्र प्रहरी मटिअर्वाका सई चन्द्रबहादुर क्षेत्री लगायतका रहनु भएको थियो ।शिव शम्भु गिरी ,गीता पासवान ,सुमित्रा देवी केशरी सिला देवी ,भवरिया देवी ,अनुप यादव ,हरिन्द्र यादव लगायत स्वास्थ्य स्वयंसेविकाहरुको पनि विशेष उपस्थिति रहेको थियो ।बर्थिङ्ग सेन्टरको उद्वघाटन गर्दै प्रमुख अतिथि राजेश राय यादवले दक्षिणी भेगको नमुना बर्थिङ्ग सेन्टर रहेको यसको सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।कलैयाबाट नजिकै रहेको धर्मनगरमा बर्थिङ्ग सेन्टर स्थापनाले धर्मनगर गाउँका अासपासका जनता लाभान्वित हुने प्रमुख अतिथि यादवले बताउनुभयो ।बर्थिङ्ग सेन्टरले धर्मनगरका स्थानीयबासीलाई फाईदा भएको तथा पहिलो बच्चा गराउने परिवारलाई पाँच हजार पाँच सय रुपैयाँ अाफूले निजी रुपले सहयोग गर्ने वडा नम्बर -१२ का वडाध्यक्ष राजेश्वर प्रसाद केशरीले उक्त अवसरमा घोषणा गर्नुभयो ।कार्यक्रमको सञ्चालन वडा सचिव अाशुतोष पाण्डेले गरेका थिए ।
प्रतिक्रिया