वीरगंज, २७ फागुन ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै एमालेले देशव्यापी रूपमा पार्टीमा अरू दलका नेतारकार्यकर्तालाई प्रवेशको अभियान चलाइरहेको छ। त्यसका लागि एमाले अध्यक्ष ओली देश दौडाहमा छन। पार्टीमा प्रवेश गर्नेहरूको संख्या धेरै हुने भएकाले एक दिनको कार्यक्रमलाई दुर्ईरतीन दिनसम्म लम्ब्याउनु परेको एमालेका नेताहरूको दाबी छ। यही क्रममा एमाले अध्यक्ष ओली शनिवार बारा जाने तयारीमा छन। त्यहाँ आमसभा छ। त्यसपछि वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई एमालेमा प्रवेश गराउने कार्यक्रम पनि तयार हुँदैछ। सरावगी र ओलीबिच केही समययता घनीभूत संवाद चल्दै आएको एमाले वृत्तमा चर्चा छ।
प्रतिक्रिया