अजय यादव वियोगी
कलैया ,बारा ।
"श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय धर्मनगरमा विधालय सचेतना कार्यक्रम सम्पन्न "
राष्ट्रिय हातिपाईले रोग निवारण कार्यक्रम अन्तर्गत विधालय सचेतना कार्यक्रम कलैया उपमहानगरपालिका -१२ मा रहेका श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय धर्मनगरमा सम्पन्न भएका छन् ।विधालयका प्रधानाध्यापक भरत प्रसाद केशरीको अध्यक्ष्ातामा नै भएको कार्यक्रमको बारे प्रभा घिमिर र रागनि चौधरीले प्रकाश पारेकि थिईन ।कक्षा -७ देखि १० सम्म अध्ययनरत बिधार्थीहरुलाई हातिपाईले रोग सम्बन्धि जानकारी दिईएको फिल्ड अधिकृत रहेकि रागनि चौधरीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताईन ।बारा र झापामा हातिपाईले रोग देखा परेका कारण विभिन्न गैरसरकारी संस्थाको सहयोगमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले यस्तो अभियान चलाएको प्रशिक्षिका प्रभा घिमिरेले बताएकि छन् ।
प्रतिक्रिया