स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

बारा र रौतहटमा दुर्घटना हुँदा ५ को मृत्यु 

SHARE:

वीरगंज । बारा र रौतहटमा भएका छुट्टाछुटै दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । 

वीरगंज कलैया सडक खण्डको सिसहनिया चोकमा गएराति भारतीय नम्बरको बीआर ०५ ए आर ५१५१ नम्बरको स्कारपियोले वीरगंजबाट कलैया आउँदै गरेको ना ८ प ८८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं डिएसपी राजेश थापाले बताउनुभयो ।

दुर्घटनामा गम्भीर घाइते मोटर साइकल चालक कलैया उपमहानगरपालिका वडा नम्बर ५ निवासी ४० वर्षीय नरेश साह र ५५  वर्षीय सितल साहको उपचारको क्रममा गएराति नै वीरगंज स्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरी प्रवक्ता थापाले बताउनु भयो । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी रौतहटको गरुडा नगरपालिका–४ बैरिया गाउँमा गएराति ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गढीमाई नगरपालिका ८ का १९ वर्षीय महम्द अलताफ आलम र २४ वर्षीय रवि साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । 

गरुडाबाट मलाही टोल जाने क्रममा उनीहरू सवार मोटरसाइकल दुर्घटना भएको थियो । घाइते दुवै जनालाई उपचारका लागि रौतहटको ग्राण्डी अस्पतालमा लैजाने क्रममा बिच बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

यसैगरी रौतहटको फतुवा विजयपुरमा रोकी राखेको ट्याक्टर अचानक ओरालो तर्फ ब्याक हुँदा  ट्याक्टरले किचेर ४ वर्षीय नाबालकको ज्यान गएको छ । 

रौतहटको फतुवा विजयपुर ९ बडहरवा टोलमा आज बिहान १०  बजे अनटेस्ट नम्बरको सोनालिका ट्याक्टरले किच्दा स्थानीय सनोज यादवको ४ वर्षीय छोरा यश यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय लक्षमिनिया रौतहटका प्रहरी निरीक्षक विष्णु विश्वकर्माले जानकारी दिनुभयो । 

ट्याक्टरको चालक मनोज यादवले आफ्नो घर अगाडी ट्याक्टर रोकेर काम विशेषले घर भित्र गएको र रोकी राखेको ट्याक्टर अचानक ब्याक भई सडकमा खेली रहेका बालकलाई किच्दा उनको घटना स्थलमै ज्यान गएको प्रहरी निरीक्षक विश्वकर्माले बताउनु भयो । घटना पछि ट्याक्टरको चालक फरार भएको र मृतक बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको विश्वकर्माले बताउनुभयो ।  


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: बारा र रौतहटमा दुर्घटना हुँदा ५ को मृत्यु 
बारा र रौतहटमा दुर्घटना हुँदा ५ को मृत्यु 
https://onlineradionepal.gov.np/wp-content/uploads/2021/07/accident-6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c-1024x576.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/01/blog-post_268.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/01/blog-post_268.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content