Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाराको कलैयामा रहेको दही बजारमा ,दहीको व्यापारमा कमि "

  सन्दिप प्रसाद यादव  कलैया ,बारा । "बाराको कलैयामा रहेको दही बजारमा ,दहीको व्यापारमा कमि " बारा जिल्ला दहीका लागि प्रख्यात जिल्ला...

 



सन्दिप प्रसाद यादव 

कलैया ,बारा ।

"बाराको कलैयामा रहेको दही बजारमा ,दहीको व्यापारमा कमि "

बारा जिल्ला दहीका लागि प्रख्यात जिल्ला नै हो ।त्यसमा पनि कलैयाको दहीको नाम देशभरि नै छ ।कलैयामा अाउने जोसुकैले पहिला कलैयाको दही नै खाने गरेका छन् ।स्वदेशी पर्यटक होस् अथवा विदेशी सबैलाई बाराको कलैयामा रहेको दहीको स्वादले नै मनमुग्द बनाई दिन्छ ।दही सबैलाई मनपर्छ ।तर जाडोमा दहि जमाउन कठिन काम रहेको छ ।गर्मी मौसममा दही जमाउनु सामान्य काम भएतापनि अहिले जमाउनु भनेको धेरै अप्ठ्यारो हुने गरेको कलैयाका दही व्यावसायीहरुले बताएका छन् ।कलैयाको तरकारी बजारको ठिक उत्तरपट्टि दही बजार बिक्रीवितरण हुने गरेको छ ।त्यसलाई नै दही बजार भनिन्छ ।विगत धेरै लामो समय देखि उक्त स्थानमा दही बिक्रीवितरण हुने भएका त्यसलाई दही बजारले नै नामाकरण गरिएको कलैयाका स्थानीयबासीहरुले बताएका छन् ।दहीको बिक्रीवितरणमा सहज नै भएको छ ।बाराको सदरमुकाम कलैया नै हो ।त्यसमा पनि पुरानो बजार भएकाले बिक्रीवितरण गर्न सजिलो भएपनि जाडो मौसममा दहीको बिक्री हवातै घटेको छ ।प्रतिदिन २ क्विन्टल भन्दा बढी बिक्री हुने दही अहिले मुश्किलले १ क्विन्टल समेत हुन नसकेको कलैयामा धेरै दिन देखि दही बेच्दै अाएकि ब्रह्मपुरीकि सुनिता देवीले बताईन ।अहिले जाडोको समय दही किन्नेको संख्यापनि कम रहेको वहाँले बताईन ।कलैयाको दही कलैया मात्र सिमित छैन ।छिमेकी जिल्ला पर्साको बिरगंजमा धेरै जान्ने गरेका छन् ।बिरगंजका अधिकाँश मानिसले कलैयाको दही नै रुचाउने गरेका छन् ।कलैयाको दही असली हुन्छ ,स्वादिष्ट पनि त्यसैले बिरगंज समेत जाने गरेको कलैयाका स्थानीय बासी महेश खडकाले बताउनुभयो ।हामी सानो छँदा देखि कलैयाको दहीको नाम हुन्थ्यो ।कहाँ -कहाँबाट मानिसहरुले दही किन्न कलैया अाउने गर्दथ्यो ।अहिले त कम भएको छ स्थानीयबासी खडकाले बताउनुभयो ।काठमाडौं ,पोखरा ,विराटनगर ,नेपालगन्ज ,सुर्खेत ,बुटवल ,भैरवहवा लगायतका कोही बारामा अायो भने सबैभन्दा पहिला कलैयाको चर्चा नै गरेको स्थानीयबासी महेश खडकाले बताउनुभयो ।अधिकाँश दहीको व्यापार यादव जातिले गर्ने गरेका छन् ।बाराको कुल जनसंख्याको अाधा भन्दाबढी जनसंख्या यादवको नै रहेको छ ।त्यसपछि मुस्लिमको रहेको छ ।त्यसैले बाराको प्रत्येक ठाउँमा स्थानीय स्तरकै दही सहज ढंगले उपलब्ध हुने गरेका छन् ।ग्रामिण भेगबाट दही लिएर कलैयाका दही बजारमा अाउने अधिकाँश ,ब्रह्मपुर ,गंगापुर ,बैराटपुर ,मोतिसर ,सिसहनिया ,लंगडा टोला ,कलैयाको पुरानो गाउँ ,मझौलिया ,दोहरी ,उत्तर झिटकैया ,गम्हरिया ,दक्षिण झिटकैया लगायतको गाउँबाट दही अाउने गरेका छन् ।गाउँ -गाउँमा दूध संकलन गर्ने व्यापारी भएका कारण दही जमाउने संख्या पनि घटदै गएका छन् ।अधिकाँश महिलाहरु माटोको हडियामा दही जमाउने गरेका छन् ।दही स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।प्रत्येकको दिनको खानामा दही खानाले पेट सम्बन्धि रोग नलाग्ने डाक्टरहरुको भनाइ रहेको छ ।अहिले कलैयामा प्रति केजी १ सय देखि १ सय २० रुपैयाँमा बिक्रीवितरण हुने गरेका छन् ।दहीले मानिसको यात्रा शुभ रहने गरेको छ भने धार्मिक विश्वास रहेको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content