स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

द्वन्द्वकालीन घटनाका पीडितलाई चाँडै न्याय दिलाउँछु : प्रधानमन्त्री देउवा

SHARE:

२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चाँडै न्याय दिलाउने प्रतिवद्धता व्‍यक्त गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित ७३औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चाँडै न्याय दिलाउने बताए ।

उनले नेपालमा मानव अधिकारसम्बन्धी धेरै अधिकार दिएको बताउँदै राम्रोसँग क्षतिपूर्ति दिएर भए पनि द्वन्द्वकालीन घटनाका पीडितहरुलाई न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरे । प्रधानमन्त्री देउवाले नेपालले गरिरहेको कामको प्रशंसा सारा संसारले नै गरेको भन्दै मानवअधिकारसम्बन्धी आवश्यक काम गर्न सरकार तयार रहेको बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘मानव अधिकारसम्बन्धी धेरै अधिकार हामीले दिएका छौँ । पछाडि परेका, महिला, दलित, जनजाती सबैलाई हामीले आरक्षण दिएका छौँ, अधिकार दिएका छौँ । मानव अधिकारसम्बन्धी धेरै कुराहरु नेपालमा भएको छ । जुन द्वन्द्व पीडितहरु, द्वन्द्वबाट जो मानिस दुःखी छन्, अहिलेसम्म पनि टीआरसी, सत्यनिरुपण लगायतका कुराहरुमा पनि हामीले अवश्य नै न्याय गर्नेछौँ ।’

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, नेपालका अध्यक्ष तपबहादुर मगरले राष्ट्रिय मानव अधिकार आयोगमा वर्तमान पदाधिकारी नियुक्तिपछि आयोगले सन् २०२१ देखि २०२६ सम्मका लागि रणनीतिक योजना निर्माण गरेको बताए ।

उनले उक्त योजनाले संघ, प्रदेश तथा स्थानीय तहमा मानव अधिकार संरक्षण तथा संवद्र्धनका लागि कार्य गर्न आयोगलाई दिशानिर्देश गरेको बताउँदै व्यवसाय र मानव अधिकार, जलवायु परिवर्तन र मानव अधिकार, भ्रष्टाचार र मानव अधिकार, दिगो विकास लक्ष्य र मानव अधिकार राष्ट्रिय कार्ययोजनाको अनुगमन लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए ।

अध्यक्ष मगरले नेपालमा ३० प्रतिशत नागरिकमा मात्रै खोपको पहुँच पुगेको भन्दै सरकारले खोपको मात्रमा वृद्धि गर्दै सबै नागरिकको पहुँचमा पुर्‍याउनु पर्ने बताए। उनले भूकम्प तथा बाढी पीडितको पुनस्र्थापना र राहत कार्यक्रहरु वृद्धि गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने भन्दै भूकम्पले भत्काएको आयोगको भवन नबन्दा काम प्रभावित हुने गरेको गुनासो समेत गरे ।

अध्यक्ष मगरले भने, ‘कोरोना महामारीको कारण विश्व नै ग्रसित भएको अवस्थामा यसबाट बच्न विश्वको नै प्रयास जारी छ ।कोरोना बिरुद्धको खोप पनि आइसकेको छ । तर अझै पनि ७० प्रतिशत नेपाली नागरिकहरु खोपबाट वञ्चित भएका छन् । सबै नागरिकको लागि खोप पहुँच वृद्धि गर्नेतर्फ, भूकम्प तथा बाढी पीडितको पुनस्र्थापना र राहत कार्यक्रहरु वृद्धि गर्नेतर्फ नेपाल सरकारको ध्यान केन्द्रित गर्न चाहन्छु । भूकम्पबाट भत्किएको आयोगको भवन निर्माण ढिलाइ हुँदा काम प्रभावित भएका छन् । आयोगको लागि दिगो भवनको व्यवस्थाको माग गर्दछु ।’

अध्यक्ष मगरले दिगो विकासका १७ वटा लक्ष्यहरु मानव अधिकारसँग सम्बन्धित भएकोले यसलाई जनताले अनुभूति गर्ने गरी कार्यान्वयन गर्न पनि आग्रह गरे । उनले मौलिक हकको कार्यान्वयन तथा मानव अधिकारसँग सम्बन्धित नीतिहरुको कार्यान्वयन अवस्थाको पनि समीक्षा गर्न आवश्यक रहेको बताए ।

अध्यक्ष मगरले विदेशी कामदारको रुपमा विभिन्न मुलुकमा रहेका नेपाली नागरिकले यातनालगायत मानव अधिकारको उल्लंघनका घटनाबाट पीडित हुनुपरेको कुरा सार्वजनिक भइरहेको भन्दै विदेशस्थित कूटनीतिक नियोगहरुले यी कुराहरुमा चासो राख्नुपर्ने बताए ।



प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: द्वन्द्वकालीन घटनाका पीडितलाई चाँडै न्याय दिलाउँछु : प्रधानमन्त्री देउवा
द्वन्द्वकालीन घटनाका पीडितलाई चाँडै न्याय दिलाउँछु : प्रधानमन्त्री देउवा
https://www.onlinekhabar.com/wp-content/uploads/2021/12/tap-bahadur-Magar.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2021/12/blog-post_99.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2021/12/blog-post_99.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content