Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बारा जिल्लामा अालुको उत्पादनमा यसपालि वृद्धि हुन्न सक्ने तर हानिकारक किरा कारण किसान त्रसित "

 श्री गढीमाई संवाददाता । कलैया ,बारा । "बारा जिल्लामा अालुको उत्पादनमा  यसपालि वृद्धि हुन्न सक्ने तर हानिकारक किरा कारण किसान त्रसित ...

 श्री गढीमाई संवाददाता ।

कलैया ,बारा ।

"बारा जिल्लामा अालुको उत्पादनमा  यसपालि वृद्धि हुन्न सक्ने तर हानिकारक किरा कारण किसान त्रसित "

नेपाल कृषि प्रधान देश हो ।जहाँ खाधान्न बालीको लागि प्रख्यात मानिन्छ ।तर नगदे बालीको रुपमा रहेको अालुको उत्पादन देश भरि नै हुने गरेको छ ।नगदे बालीमा सुर्ती ,उखु ,जुट कपास ,रबर र तेलहन बालीलाई लिने गरिन्छ ।जसमध्ये अालु तरकारीबाली अन्तर्गत पर्दछ ।अालु सबैको मा पाक्ने गर्दछ ।साना होटल देखि ५ स्टार होटल सम्म अालुको विभिन्न प्रकार र भराईटीले सबैको मन छुने नै गर्दछ ।त्यसैले तरकारीको राजा भनेर अालुलाई लिईन्छ ।अालु बाह्रैमास बजारमा सजिलै पाउने भएकाले यसको बिक्रीवितरण वितरण गर्न सजिलो हुने गरेको छ।बाराको १६ पालिकामा नै अालु खेती गर्ने गरेको कृषि ज्ञान केन्द्र बाराले जानकारी दिएका छन्  ।बाराको सुवर्ण गाउँपालिका ,पचरौता  नगरपालिका ,सिम्रौनगढ नगरपालिका र अादर्श कोतवाल गाउँपालिकामा अालु खेतीको लागि प्रख्यात मानिएको अगुवा कृषक अशोककुमार यादवले बताउनुभयो ।बाराको क्षेत्र नम्बर -१ र २ मा चाकलाबन्दी अर्थात व्यावसायीरुपले  अालु खेती हुने गरेको अगुवा कृषक अशोककुमार यादवले बताउनुभयो।देशभरि नै २ दुई लाख हेक्टर भन्दा बढी क्षेत्रफलमा अालु खेती हुने गरेको कृषि तथा पशु विकास मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।अालु सबै ठाउँमा सहज ढंगले रोप्न सक्ने भएको खेती तर्फ किसान अाकर्षित भएको सुवर्ण गाउँपालिका -४ का किसान उमेश यादवले बताउनुभयो ।अरुको सालको तुलनामा यसपालि बारामा अालुको उत्पादन बढन सक्ने किसानहरुले बताएका छन् ।तर  अालुमा लाग्ने  हानिकारक किरा कारणका अाफुहरु त्रसित भएको बरेली किसानहरुले बताएका छन् ।बाराको विभिन्न पालिकामा लगाएको अालुमा विभिन्न रोग देखा समेत परेको छ ।अालुमा खास गरि फेद काट्ने लाभ्रे(Cut worm),रातो कमिला (Red ant),खुम्रे(White grub) ,थोप्ले खप्टे (Epilachna ),कागे खप्टे, अालुको किरा र लाहि किराले अालु खेतीमा बढी नोक्सानी गर्ने गरेको कृषिविज्ञहरुले बताएका छन् ।बाराको विभिन्न पालिकामा करारका कर्मचारीहरुले कृषि शाखा चलाउदै अाएकाले उनीहरूलाई यस सम्बन्धि विस्तृत जानकारी समेत नभएको कृषिविज्ञहरुले बताएका छन् ।अालु बालीको मुख्य रोगको रुपमा डढुवा रोग जसले पातको टुप्पा वा किनारमा सानो खैरो भिजेको जस्तो देखापर्यो भने यो डढुवा रोग लागेको किसान महेन्द्र प्रसाद कुशवाहाले बताउनुभयो।यस्तै ऐजेरु रोग जसले अालुको दानामा स-साना खटिराहरु देख्नु ,अोईलाउने /पिप चक्के रोग र दादे रोग मुख्य रोग नै अालुको भएको किसानहरुले बताएका छन्  ।बारामा यसपालि सुहाउँदो वातावरण भएकोले अालुको उत्पादनमा वृद्धि  हुन सक्ने अनुमान गरिएको भएपनि रोग कारण अालु किसानहरु त्रसित भएको बताईएको छ ।बाराको सबै किसानले अहिले अालुमा सिंचाइ गरिरहेको केही दिनमा नै अर्थात माघ देखि अालु बजारमा अाउने किसान रामेश्वर साहले बताउनुभयो ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content