Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

व्यापार छाडेर खुर्सानी खेतीमा रमाउँदै भट्ट

२ मंसिर, गोरखा। गण्डकी गाउँपालिका–४ फुजेलका जीतबहादुर भट्टको बारीमा अहिले धमाधम अकबरे खुर्सानी टिप्ने बेला भएको छ । उनले २०७६ चैतमा ११७ रोपन...

२ मंसिर, गोरखा। गण्डकी गाउँपालिका–४ फुजेलका जीतबहादुर भट्टको बारीमा अहिले धमाधम अकबरे खुर्सानी टिप्ने बेला भएको छ । उनले २०७६ चैतमा ११७ रोपनीमा लगाएको खुर्सानी टिप्न दिनमा १० जना खटिन्छन् ।

सबै खुर्सानी मुग्लिनको थ्रीसिस्टर अचार कम्पनीमा बिक्री गर्छन् । ‘वाईवाई कम्पनीले मागेको थियो, उनीहरुको माग अनुसार दिन नसक्ने भयौ, अहिले मुग्लिनमा बेच्दै आएका छौं, त्यहाँ पनि मागेजति दिन सकेको छैन’ भट्टले भने । उनले प्रतिकिलो २ सय ७५ मा बिक्री गरेका छन् ।

उनले हालसम्म पाँच क्वीन्टल खुर्सानी बिक्री गरिसकेका छन् । खुर्सानी रोपेकामध्ये १६ रोपनी उनको आफ्नै हो, बाँकी भाडामा लिएका हुन्। ‘यसअघि यी जग्गाहरु बाँझै थिए, प्राविधिकबाट माटो परीक्षण गराएर खेती सुरु गरेको हुँ,’ भट्टले भने। उनले ती जग्गाको भाडावापत वार्षिक दुई लाख ५७ हजार रुपैयाँ तिर्नुपर्छ ।

यसबर्ष बेमौसमी बर्षाले खुर्सानीको धेरै फुल झारिदिएका कारण भट्टले धेरै क्षति व्यहोर्नुपर्‍यो । मौसमले साथ दिएको भए ३० लाख रुपैयाँको खर्सानी बिक्री गर्न सकिने उनी बताउँछन् ।

आगामी दिनमा खुर्सानी खेतीलाई थप विस्तार गर्दै लैजाने भट्टको योजना छ । ‘सुरुमा १४ लाख रुपैयाँ लगानी गरेर कृषि पेशामा प्रवेश गरेको हुँ, अहिले लगानी ५१ लाख रुपैयाँ पुगिसक्यो, अझै खेती विस्तार गर्दै लाने सोचमा छु,’ उनले भने ।

बाख्रापालनबाट कृषि पेशा सुरु गरेका उनले खुर्सानी खेती पछि थालेका हुन् । ‘२०७५ सालमा बाख्रापालन गरेँ, ८६ वटा बाख्रा थिए तर ५६ वटा बाख्रा एकैपटक मर्‍यो, अनि खुर्सानी खेतीमा हात हालेको हुँ,’ उनले भने । उनको खोरमा २६ वटा बोयर जातको बाख्रा छन् ।

व्यापारीबाट किसान

नेपाली सेनाबाट २०५६ सालमा अवकाश पाएपछि भट्टले तनहुँको आँबुखैरेनीमा किराना पसल राखे । व्यापार राम्रै फस्टाइरहेको थियो ।

विभिन्न कम्पनीका थोक बिक्रेता रहेका उनले दिनमै डेढ लाख रुपैयाँसम्मको व्यापार गर्थे । तर २०७२ सालको भूकम्पका कारण भने उनको व्यापार चौपट भयो । ‘करिव ६ लाख रुपैयाँको आइसक्रिम त्यसै बिग्रेर गयो, केही महिना व्यापार नै भएन,’ उनले भने ।

भूकम्पको एक वर्ष नपुग्दै सुरु भएको नाकाबन्दीले उनी आजित भएर २०७४ सालमा व्यापार छाडिदिए । व्यापारमा ठूलो घाटा व्यहोरेपछि केही समय उनी फुर्सदिला बने ।

गाउँको कालिका कृषक समूह मार्फत २०७६ सालबाट बाख्रापालन सुरु गरे । तर त्यो पनि उनलाई फापेन । ५६ वटा बाख्रा एकैपटक मरेपछि उनी निराश भए। अनि खुर्सानी खेतीतर्फ लागे । खेतीलाई विस्तार गर्दै खुर्सानीको पकेट क्षेत्र बनाउने योजनामा लागेका छन् उनी ।

सरकारले कृषकलाई प्रोत्साहन गर्ने र राहतका कार्यक्रम नल्याएकामा उनको गुनासो छ । ‘बेमौसमी बर्षाले त्यत्रो क्षति पुर्‍यायो तर क्षतिपूर्ति केही पाइएन, न वडाले हेर्‍यो न गाउँपालिकाले वास्ता गर्छ ।’ भट्टले भने। बाँझो जमिनमा उपयोग गरेवापत कृषि ज्ञान केन्द्रबाट भने भट्टले केही अनुदान पाएका छन् ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content