Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

यी हुन् अस्वाभाविक मात्रामा चाँदी आयात गर्ने कम्पनी

३० कात्तिक, काठमाडौं । सरकारले थालेको छानबिनमा केही कम्पनी तथा फर्महरुले नेपालमा अस्वाभाविक रुपमा चाँदीको आयात गरेको भेटिएको छ । कतिपय कम्प...

३० कात्तिक, काठमाडौं । सरकारले थालेको छानबिनमा केही कम्पनी तथा फर्महरुले नेपालमा अस्वाभाविक रुपमा चाँदीको आयात गरेको भेटिएको छ ।

कतिपय कम्पनीले तीन महिनामा १० हजार किलोग्राम भन्दा धेरै चाँदी नेपाल भित्र्याएको अनुसन्धानमा संलग्न अधिकारीहरुले जनाएका छन् । सरकारको प्रारम्भिक अनुसन्धानमा यस्ता ६ वटा कम्पनी र फर्म फेला परेका छन् ।

दुबई र हङकङबाट खरिद गरिएको उक्त चाँदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल ल्याइएको थियो । चाँदीको उक्त कारोबारको वैधताबारे सरकारले छानबिन गरिरहेको छ ।

चालु आर्थिक वर्ष ०७८/०७९ को तीन महिना र गत आर्थिक वर्ष ०७७/०७८ मा यी कम्पनीको चाँदी आयात अस्वाभाविक देखिएको छानविनमा संलग्न एक अधिकारीले बताए ।

‘चाँदीको शंकास्पद कारोबारमा परेका धेरै फर्म र कम्पनीबारे छानबिन भइरहेको छ, हामी अस्वाभाविक कारोबार गहिराइमा पुगेर हेर्दै छौं,’ स्रोतले अनलाइनखबरसंग भन्यो । चाँदी आयात गर्न पाइन्छ तर यसलाई नेपालमा वैध रुपमा बिक्री गरियो कि गरिएन भनेर अहिले आफुहरुले छानबिन गरिरहेको ती सरकारी अधिकारीले बताए ।

को हुन् आयातकर्ता ?

अनलाइनखबरलाई प्राप्त विवरण अनुसार प्रारम्भिक चरणमा ६ वटा फर्मको चाँदी आयात शंकाको घेरामा परेको छ । सुन चाँदीको गहना तथा सजावटका वस्तु बिक्री तथा निर्यात गर्ने उद्देश्य बोकेकादेखि घरजग्गा र धागो कारोबारमा संलग्न व्यक्तिहरुसम्म पनि चाँदी आयातमा जोडिएका छन् ।

काठमाडौंको नक्सालमा रहेको नोभा सिल्भर यस्तो छानबिनको घेरामा छ । यो फर्म सलिम अन्सारी नामक व्यक्तिको नाममा रहेको पाइएको छ ।

बालुवाटारमा रहेको स्वीस सिल्भर प्रालि पनि चाँदी आयातमा ठूलो कारोबारी रहेको अनुसन्धानमा देखिएको छ । यो कम्पनीले छोटो अवधिमा १० पटक भन्दा बढी हजारौं किलो चाँदी आयात गरेको पाइएको छ । सुन चाँदीको कारोबार गर्ने उद्देश्यले स्थापित यो फर्म सुरेन्द्र कलवारको नाममा छ ।

काठमाडौं थापाथलीमा रहेको नवदुर्गा टे«ेडिङ पनि चाँदी आयातको काममा ठूलो हिस्सेदार देखिएको छ । ज्योति कुमारी सरावगी यो फर्मको सञ्चालकको रुपमा छिन् । यो फर्मले धागोको कारोबार पनि गर्छ । यसको कारोबार पनि नेपालमा औसत चाँदी आयातमा संलग्नहरु भन्दा कयौं गुणा धेरै रहेको पाइएको अनुसन्धानमा संलग्न अधिकारीहरुले बताएका छन् ।

यस्तै, ललितपुरको बालकुमारीमा रहेको शास्ता ट्रेडिङ प्रालि चाँदी आयातमा संलग्न अर्को प्रमुख कम्पनी हो । महेन्द्र गोयलको यो फर्मको चाँदी आयात छोटो समयमै हजारौं किलोमा छ ।

काठमाडौं ज्ञानेश्वरमा रहेको युरिका इन्भेष्टमेन्ट कम्पनीले पनि चाँदीको कारोबार गर्ने गरेको पाइएको अधिकारीहरुले बताएका छन् । वित्त क्षेत्रमा पनि लगानी गर्ने यो कम्पनीले पनि छोट्टो समयमा धेरै परिमाणको चाँदी आयात गरेको छ । फर्म राजेन्द्र न्यौपानेको नाममा छ ।

उता विराटनगरको टेक्नोजय ज्वेलरी प्रालि पनि ठूलो मात्रामा चाँदीको कारोबारमा संलग्न रहेको पाइएको छ । चाँदीको आयातमा संलग्न यो फर्म विजय राठीको नाममा छ ।

तीन महिना अस्वाभाविक आयात

चालु आर्थिक वर्षको तीन महिनामा १० करोड ७९ लाख १० हजार १६२ ग्राम अर्थात १ लाख ७ हजार ९१० किलो चाँदी नेपाल भित्रिएको छ । सो चाँदी आयात गर्न १० अर्ब १७ करोड १४ लाख ३८ हजार रुपैयाँ मुलुकबाट बाहिरिएको छ । यो उच्च आयातमा माथि उल्लेखित ६ कम्पनीसहितका अन्य फर्महरु प्रमुख रुपमा सामेल देखिएको अनुसन्धान अधिकारीहरुले बताएका छन् ।

एक कम्पनी वा फर्मको आयात परिणाम हजार भन्दा बढी किलोमा रहेको पाइएको छ ।

‘चालु आवको तीन महिनाको चाँदीको आयात गत आर्थिक वर्षको पुरै आयात भन्दा झण्डै ३६ हजार किलो धेरै देखिन्छ । गत वर्ष ७१ हजार ७४६ किलो चाँदी नेपाल भित्रिएको अनुसन्धानमा देखिएको छ’ एक अनुसन्धान अधिकृत थप्छन्, ‘अनुसन्धान जारी नै रहेकाले थप रहस्य खुल्दै जानेछ ।’



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content