अजय यादव वियोगी
कलैया ,बारा ।
बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिकाको १४ अौँ नगरसभा भव्यताका साथ सम्पन्न भएको छ ।प्रमुख प्रशासकीय अधिकृत बसन्तराज जोशीको अध्यक्ष्ातामा भएको नगरसभाका प्रमुख अतिथि पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँह रहनु भएको थियो ।विशिष्ट अतिथिहरु वडा नम्बर -५का वडाध्यक्ष एवम् पालिका प्रवक्ता लक्ष्मी यादव ,७ नम्बर वडाका वडाध्यक्ष बनारसी मुखिया बिन ,३ का वडाध्यक्ष धेनुक पटेल ,वडा नम्बर -९ गगनदेव यादव ,वडा नम्बर -६ का मकबुल मियाँ लगायतका अन्य वडाका पनि वडाध्यक्षहरु उपस्थिति रहेको थियो । शिक्षा सह -संयोजक मुकेश कुमार सिँहको पनि विशेष उपस्थिति रहेको थियो ।
प्रतिक्रिया