Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

विश्व हिन्दू महासंघ को अध्यक्षमा भण्डारी सर्वसम्मत निर्वाचित

वीरगंज, २ पुस । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा अस्मिता भण्डारी सर्वसम्मत निर्वाचित हुनु भएको छ । विश्व हिन्दु महासंघ ...

वीरगंज, २ पुस । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा अस्मिता भण्डारी सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियकाे ११ ओैं महासम्मेलन एवम् महासभा विश्व हिन्दु महासंघ तथा जानकी मन्दिर जनकपुरधामकाे तत्वाधानमा जानकी मन्दिर प्रांगणमा भएको महासम्मेलनले अस्मिता भण्डारीलाई सर्वसम्मतिले अन्तर्राष्ट्रिय अध्यक्षमा निर्वाचित गरेकाे हो ।

जानकी मन्दिर जनकपुरधामका महन्त श्रीरामतपेश्वर दास बैष्णव ज्यू प्रमुख संरक्षक रहनु भएको साे सम्मेलनकाे उद्घाटन प्रमुख अतिथि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र महन्त रामतपेश्वरले संयुक्तरुपमा गर्नु भएको थियोे ।

हिन्दु अधिराज्यकाे पुन: स्थापनाकाे उद्घाेष गर्दै शाेभा यात्रा जानकी मन्दिरबाट शाेभा यात्रा गरि जनकपुर नगर परिक्रमा गरि महासम्मेलन शुभारम्भ गरिएको थियोे । बिश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय शाखाहरु भारत, नेपाल, अमेरिका, बेलायत, अष्ट्रेलिया, थाइल्यान्ड, बंगलादेश लगायतका मुलुकहरुबाट सहभागीता रहेको थियोे ।

भारत उत्तरप्रदेश, गाेरखनाथ मन्दिर लगायत सबै प्रदेशका अध्यक्षहरु सहित भारत च्याप्टरका सहभागीहरुकाे उपस्थिति रहेको थियोे ।

अस्मिता भण्डारीकाे अध्यक्षतामा सम्पन्न उक्त महासम्मेलनमा जानकी मन्दिरका उत्तराधिकारी महन्त श्रीराम राेशन दास, राप्रपाका वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ तथा नेपाल-भारतका दर्जनौँ सन्तगणकाे उल्लेख्य सहभागिता रहेको थियोे ।

महासचिवकाे प्रतिवेदन, काेषाध्यक्षकाे प्रतिवेदन लगायत विभिन्न प्रस्तावहरु प्रस्तुत तथा पारित भए पछि बिश्व हिन्दु महासभाबाट अध्यक्ष पदकाे निर्वाचन सम्मपन्न गर्नका लागि उच्च अदालत पाटनका पूर्व मुख्य न्यायाधीश शम्भु बहादुर खड्काकाे संयाेजकत्वमा, अधिवक्ता सुशीला ढकाल (नेपाल) र एड्भाेकेट आर . एन् चाैधरी(भारत) निर्वाचन समिति खडा गरिएको थियोे ।

अध्यक्ष पदमा एक जना बाहेक अन्य कसैको उम्मेदवारी पर्न नआएकोले अन्तर्राष्ट्रिय अध्यक्षमा अस्मिता भण्डारीलाई सर्वसम्मतिले निर्वाचित भएको निर्वाचन समितिले घाेषणा गरेकाे छ । यससँगै बिश्व हिन्दु महासंघले अध्यक्षमा महासंघको ईतिहासमा पहिलाे पटक महिलाकाे अध्यक्षता प्राप्त गरेको छ। संयुक्त राष्ट्रसंघद्वारा मान्यता प्राप्त नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा अध्यक्षता गर्ने महिलामा सम्भवत: अस्मिता भण्डारी पहिलो महिला हुनुहुन्छ ।
यूएनमा आवद्ध अन्तर्राष्ट्रिय संस्था विश्व हिन्दु महासंघको सो महासम्मेलनमा महासंघका अन्तर्राष्ट्रिय शाखाहरु भारत , नेपाल, अमेरिका, बेलायत, अष्ट्रेलिया, थाइल्यान्ड, बंगलादेश लगायतका मुलुकहरुबाट सहभागिता रहेको थियोे । 
अध्यक्ष पदमा निर्वाचित भएपछि भण्डारीले एक विज्ञप्ती जारी गर्दै महासम्मेलनमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । अध्यक्ष भण्डारीले जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ, " जानकी मन्दिरका उत्तराधिकारी महन्त श्रीराम राेशन दास , राप्रपाका अध्यक्ष माननीय राजेन्द्र लिङ्देन ज्यू, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ तथा नेपाल -भारतका सम्पूर्ण सन्तगण, निवर्तमान कार्यकारिणी समिति , प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग गर्नु हुने सम्पूर्णमा साथै नेपाल सरकार, स्थानीय प्रशासन समाजसेवी, बुद्धिजीवी, स्वयंसेवक, सहयोगी सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

हिन्दु अधिराज्य पुन: स्थापनाका निम्ति सकृय समान बिचार र दृष्टिकोण राख्ने सम्पूर्ण संघ, संस्था दल र अभियानहरुलाई आगामी दिनमा एकजुट भई सहकार्य गर्दै अगाडि बढ्नका निम्ति हार्दिक आव्हान पनि गर्दछु । "

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content